खुमबहादुरको सजायबारे कांग्रेसको धारणा यस्तो छ

प्रेस विज्ञप्ति श्रावण ३२, २०६९

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो। आजको बैठकमा नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा, मनमोहन भट्टराई, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, महेन्द्र यादव, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, बद्री पाण्डे र रामचन्द्र तिवारीले आ–आफ्नो धारणा राख्नु भएको थियो।

बैठकको निर्णय देहाय बमोजिम छ—

प्रेस विज्ञप्तिको पुर्णपाठ तल हेर्नुहोस्

१. विशेष अदालतबाट सफाई पाएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट ठहर गरी पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई सजाय तोकेकामा हामीलाई आश्चर्यचकित र दुःखित तुल्याएको छ। सर्वोच्च अदालतबाट भएको उक्त अन्यायपूर्ण फैसला उपर कानून व्यवसायीहरुसँग सल्लाह गरी न्यायिक पुनरावलोकनको लागि पार्टीले सक्रिय पहल गर्नेछ।

वसन्तकुमार गौतम
मुख्य सचिव

6 comments to खुमबहादुरको सजायबारे कांग्रेसको धारणा यस्तो छ

  • krishna acharya

    अब देखि कुनै दिनमा कांग्रेसका नेता कार्यकर्ताले बिधिको शासन र स्वतन्त्र न्यायप्रणाली भनेको सुनेँ भने तिनका मुखमा नमुतेर !

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Jonita siwakoti

    खासमा कांग्रेसमा धेरै भ्रष्टाचारी भएर कांग्रेस फन्दामा परेको हो । पछि अरु पनि पर्लान् । यसो भन्दैमा कांग्रेसले न्यायलयको बिरोध गर्नु हुदैन । यो लोकतन्त्रको बिरुद्व हो ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • मदनमणि

    हैन कांग्रेसले खुमबहादुरसँगै सति जाने नै निर्णय गरेको हो कि क्या हो

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • suraj dhungana

    म माथिका कुनै पनि प्रतिक्रिया र अरुका प्रतिक्रिया सँग सहमत छैन । कांग्रेसले जे गर्दैछ ठिक गर्दृछ । यति नगरे कांग्रेसले कसरी आफ्ना कार्यकर्ता र नेता जोगाउँने । हैन कांग्रेसमा तलदेखि माथिसम्म भ्रष्ट्राचार नगर्ने को छ र>

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Tirtha

    विनाश काले बिपरित बुद्वी

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • rishi gautam

    अब यो देशमा कांग्रेसको दिनहरु समाप्त हुदैछ । अनि कांग्रेस खुम बहादुर खड्कासँगसँगै सति जाने निर्णय गर्दैछ । यो दुध चोरेर खान पल्केको बिरालो जस्तै देश लुटेर खान पल्केको पार्टी हो ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

8 Users Online

सातामा धेरै पढिएको