गुगल (google) लाई जिस्काउँने हो ?

मानिससँग मात्रै के जिस्किरहनु । त्यो पनि साथीहरुसँग मात्र । कहिलेकाँही मेसिनहरुसँग जिस्कन पनि मज्जा आउँछ । सानामा हातको घडीसँग जिस्किएर कति पल्ट घडी फोरेको छु । आज अनायास गुगलसँग जिस्किन पुगिएछ ।(गुगललाई मेसिन चै भन्न होइन है ।) तपाई पनि जिस्किने हो ? परेको चै म बेहोर्न सक्दिन नि । नडराउनुहोस्, त्यस्तो खतरनाक जिस्काइ होइन यो । तपाई यो स्टन्ड घरमा गर्न सक्नुहुनेछ ।

गुगलसँग जिस्कने पहिलो तरिका तल हेर्नुस्

पहिले भन्नुहोस् त, गुरुत्वको नियम कसले पत्ता लगायो । सारै सजिलो, न्युटनले । के यो सिद्धान्त बस्तुमा मात्र लागु हुन्छ ? होइन । सफ्ट्वेयरमा पनि लागु हुन्छ । नपत्याए हेर्नुहोस् न त ।

पहिले ब्राउजरमा www.google.com टाइप गर्नुहोस् ।

त्यसपछि गुगल खुल्छ । अनि सर्च गर्ने ठाँउमा Google Gravity टाइप गर्नुहोस् ।

र, अन्तमा ‘म भाग्यमानी अनुभव गरिरहेको छु’ वा (I am feeling lucky) मा क्लिक गर्नुहोस् । अनि देख्नुहुन्छ जादु ।

गुगलसँग जिस्कने अर्को तरिकाका लागि तलको लिंकमा क्लिक गर्नुस् ।

http://mrdoob.com/96/Google_Sphereदेख्नु भो ! अब गुगलमा केही कुरा सर्च गर्नुस् त, कस्तो देखिन्छ ?

पहिलै थाहा पाईसकेका साथीहरुका लागि चै यो ब्लग उपयुक्त नहुन सक्छ । तर जसले थाहा पाएको छैन, उसलाई भने केही बेर रमाइलो होला ।

तपाईले जानेका अरु केही यस्ता गुगलसँग जिस्किने कुरा थाहा भए तल सेयर गर्नुस् है ।

3 comments to गुगल (google) लाई जिस्काउँने हो ?

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

25 Users Online