हाम्रो नेपालमा कलाकारमात्रै भनेर त के हुन्छ र !

कलाकारलाई के ले जोखिन्छ ? या भनौं कलाकारहरुलाई आपसमा तुलना गर्दा के को आधारमा तुलना गरिन्छ ? बडो आदर्शवादी भएर भन्ने हो भने पक्कै पनि कलाको आधारमा । हैन त ? तर, व्यवहारमा कुरा अर्कै छ । सत्य त यो हो कि कलाकारलाई तुलना गर्ने भनेको उनीहरुले प्राप्त गरेको नगद, उनीहरुको जीवनशैली र मुख्यत: आम्दानी नै हो । हो त, कुरा सामान्य लाग्छ । तर जब अनुभव गरिन्छ मनमा केही नमिठो अनुभव भने पक्कै हुँदो रहेछ । दायाँ तस्विरमा देख्नु भएको मानिस धर्मपथको रोडमा धुलाम्मे भएर एउटा मानिस सेतो ए फोर साइजको कागजमा सस्तो पेन्सिलले केही कोरिरहेको थियो । सँगै रहेको साथी विकल्प र म उभिएर केही बेर हेरिरह्यौँ । देख्दा देख्दै उसले कोरिरहेको कागजमा नारी आकृति भरिदै गयो । कति सजिलै देब्रे हातले चुरोटको सर्को तान्दै उसले चित्र बनायो । नारी आकृतिले पुरुषलाई अंगालोमा भरिरहेको ।

साँच्चै प्राकृतिक र अति सुन्दर चित्र बनिएको थियो । पाँच रुपैयाँ दिएँ । हतार हतार उसले टिपेर गोजीमा लुकायो । र, चित्र बनिसकेको कागज छेउमै राख्दै अर्को सेतो पानामा नयाँ चित्र बनाउँन थाल्यो । सडकमा हिडिरहेकाहरुको प्रायको ध्यान थिएन ।

त्यही साँझ काम बिशेषले पाटन कृष्ण मन्दिर परिसरमा पुगेथेँ । देखेँ, सुकिला मुकिला विदेशी पर्यटकहरु अग्लो ठाउँमा बसेर मन्दिरलाई हेर्दै चित्र कोरिरहेका थिए । उनीहरुको चित्र कोराई व्यवश्थित थियो । महगां पेन्सिल र क्लिपले अड्याइएको सेतो कागज । अग्लो ठाउँमा भर्‍याङ नै चढेर जानु पर्ने भएपनि हेर्ने मानिसहरुको भिड बाक्लिदै र पातलिदै गर्दै थियो । लाग्थ्यो, निकै भव्य कला प्रतियोगिता हुँदै थियो ।

वास्तवमा मलाई ति सुकिला पर्यटकहरुसँग गुनासो होइन, उनीहरुलाई कम आँक्न खोजेको पनि होइन । उनीहरुले कोर्दै गरेको चित्र विशिष्ट थियो या थिएन, अथवा, विशेष हुन सक्छ या सक्दैन, यो मैले उठाउँन खोजेको बिषय होइन ।
तर दुई स्थानमा कोरिदै गरेका चित्रहरु र उपस्थित भिडले यो प्रश्न उठाउँन मन लाग्यो कि आखिर कलाकार हुन पनि सुकिलो मुकिलै हुनु पर्ने रहेछ । कलाकार त कलाकार नै हन्छ नि, तर उसको महत्व स्थापना गर्न उसको पहिरन, कमाई सबै कुराले असर पार्दो रहेछ ।

धुलाम्मे भएर चित्र कोरिरहेका ति मान्छेको खुब माया लागिरहेको मात्र हो ।

2 comments to हाम्रो नेपालमा कलाकारमात्रै भनेर त के हुन्छ र !

  • mahesh mahesh

    कपडा र आसनको नेपालमा ठुलो अर्थ छ । सुिकला कपडा लगाएर गजप्प परेर बसेर गर्नुहोस् जे कुरा पनि बिक्छ । कलाकारको कुरामा पनि यही नियम त लागू हुन्छ नि ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 1 Thumb down 0

  • मनिष गौतम

    कुरा त ठिकै हो । तर सडकमा सुतेर पेन्टिङ गर्नेलाई त कसले गन्छ र भन्या

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 1

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

11 Users Online