राम्रो कुरो, तर लागू होला त ?

-माधवरत्न ख्वबी-
चुनावमा पार्टीका शिर्षनेताहरुले हारिन्छ कि भनेर दुई ठाउँबाट लड्ने गर्छन् । एक ठाउँबाट हारे पनि अर्कोबाट कसो नजितिएला भन्ने उनीहरुको सोचाइ नै यस्को एकमात्र कारण हो । तर यो सोच निसकोंच आफै प्रतिको अविश्वास हो । यसर्थ आफुमा हिम्मत र इमान्दारिता छ भने एकै ठाउँबाट उठे पनि चुनाव जित्न सकिन्छ तर आफैप्रतिको अविश्वास र डरछेरुवा पाराले जति ठाउँबाट चुनावमा उठे पनि मरिगए जित्न सकिदैन ।

फेरि दुई ठाउँबाट चुनावमा उठेकाहरुले दुबै ठाउँबाट जिते एक ठाउँ छोड्नु पर्ने हुन्छ र सो ठाउँमा पुन: उपचुनाव गर्नु पर्ने हुन्छ । यसो गर्दा समय र पैसा दुबैको बर्बादी मात्रै हुन्छ । प्रचण्ड, शेरबहादुर देउवा, उपेन्द्र यादव र विजयकुमार गच्छेदारले संविधानसभामा दुबै क्षेत्रबाट जितेपछि सोही ठाउँमा फेरि गरिएको चुनावको हैरानीले पनि प्रस्ट पार्छ ।

अहिले निर्वाचन आयोगले यस्तै बर्बादी र समस्यालाई मध्यनजर गर्दै अब उप्रान्त कुनै पनि उम्मेदवार एक ठाउँभन्दा बढीबाट चुनाव लड्न नपाउँने प्रावधान प्रस्ताव गरेको छ । जसका लागि निर्वाचन आयोग ऐन २०६३, मतदाता नामावली ऐन २०६३, संविधानसभा सदस्यता ऐन २०६४ संशोधन गर्न लागेको जानकारी समेत उसले दलहरुलाई गराइसकेको छ ।

यो एकदमै सकारात्मक कुरा हो । यसले गर्दा चुनावकै लागि मुलुकलाई दोहोरो भार पर्दैन । यसलाई तत्काल कार्यान्वयन गर्नु पर्छ ।

तर योसँगै केही बिरोधका स्वरहरु पनि सुनिएका छन् । पार्टीका अध्यक्षलाई वा पदाधिकारीलाई भने दुई ठाउँबाट चुनाव लड्न दिनु पर्ने भन्दै कराउँनेहरु पनि छन् । तर यो त ठुलालाई चैन, सानालाई ऐन भने जस्तै भएन र ? लोकतन्त्रमा पक्कै यस्तो हुने छैन ? आशा गरौं, अबको चुनावमा दोहोरो चुनावको झन्झट गरिरहनु पर्दैन ।

यो कुरा तपाईलाई कस्तो लाग्यो ? तल कमेन्टमा लेख्नुहोस् है ।

2 comments to राम्रो कुरो, तर लागू होला त ?

  • मानव बिष्ट

    नेपालमा यो मात्र हैन धेरै राम्रा कुराहरु आउँने गर्छन् प्रस्तावका रुपमा . तर कार्यान्वयन त उही हो . आफैलाई घाटा हुने कुरा पनि गर्छन् कसैले ? यो कार्यान्वयन गरे नेताहरुलाई नै घाटा हुन्छ

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • nabin nepal

    आफैप्रतिको अविश्वास र डरछेरुवा पाराले जति ठाउँबाट चुनावमा उठे पनि मरिगए जित्न सकिदैन ।.(((((.उधाहरण को लागि माकुने लै हेरुम न पनि लेखेको भा सुन मा सुगन्ध हुन्थो नि गणेश जी ..:D

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

6 Users Online