बिरामी हुनुहुन्छ ? अब उपचार खर्च सरकारले ब्यहोर्नेछ

जनगणना २०६८ को अनुसार नेपालको जनसंख्या २ करोड ८६ लाख छ । दैनिक एक डलरभन्दा कम आम्दानी गर्नेहरुको संख्या ७१ लाख ५० हजार छ । यसरी हेर्ने हो भने नेपालको कुल जनसंख्याको करिब २५.४ प्रतिशत हिस्सा गरिबीको रेखामुनी नै रहेको छ ।

यती ठुलो नागरिकको हिस्सालाई दैनिक तथा आधारभुत आवश्यकता पुरा गर्न नै कठिन हुन्छ । यीनीहरुको मुख्य आयको स्रोत भनेकै शारिरिक बलबाट गर्न सकिने कामहरु हुन्छन् । यो जनसंख्यामा स्वास्थ्य बिग्रियो भने आय टुट्ने मात्र हुदैन, गरिबीको कारणले उपचार गरेर पुन: पहिलेकै अवश्थामा फर्किन पनि लगभग असम्भव जस्तै हुन्छ । यसैकारण साना भन्दा साना स्वास्थ्यका समस्याकारण यो हिस्साले ज्यानै गुमाउँने अवश्थाको श्रृजनासम्म हुन्छ । यसैले सरकारले नयाँ योजना ल्याउँने तयारी गर्दैछ । सरकारको यो योजना लागू भएपछि कम्तिमा धेरै नागरिकले रकम अभावले स्वास्थ्य सुविधा लिन नसकेर ज्यान गुमाउँनु नपर्ला ।

गरिबीको रेखामुनी रहेको नागरिकको स्वास्थ्य बिमा गराएर सबैलाई स्वास्थ्य सुविधा पुर्याउँन लागिएको हो । यसका लागि बिमा नियामक निकाय बिमा समितिले लघुबिमा नियमावली-२०६९ तयार पारिसकेको छ । यस अन्तर्गत भए हरेकको ३५ हजारका दरले स्वास्थ्य बिमा गरिनेछ जुन बिमा गर्दा वार्षिक रुपमा तिर्नु पर्ने सात सय बिमा शुल्कमध्ये ६ सय रुपैयाँ सरकारले व्यहोर्ने छ । बिमा गराउने परिवारले एक सय रुपैयाँ बिमा शुल्क तिरे पुग्छ । मन्त्रीपरिषद् नियमावली पारित गर्ने वित्तिकै समितिले स्वास्थ्य विमाको कार्यक्रम कार्यान्वयन हुनेछ ।

गरिबीले एकछाक खानका लागि पनि कठिन शारिरिक श्रम गर्नेहरुका लागि ल्याइन लागेको यो सुविधा पक्कै पनि निकै हितकारी हुनेछ, होइन त ?
सम्बन्धित समाचार : साढे ७१ लाख गरिबको स्वास्थ्य बिमा

2 comments to बिरामी हुनुहुन्छ ? अब उपचार खर्च सरकारले ब्यहोर्नेछ

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

11 Users Online