फोटो हेरेर भन्नुस् त, के हो यो ?

वास्तवमा यो लास हो, अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिन पुलमुनि लडिरहेको अवस्थामा गत आइतबार भेटिएको । झट्ट हेर्दा यो सुँगुर जस्तो देखिन्छ । तर अचम्म यसका चारै खुट्टामा मानिसको जस्तो पञ्जा छ । यसैले धेरैले यसलाई पानीबाट निस्किएको राक्षस वा भुत भनेर हल्ला मच्चाउँदैछन् । त्यस्तै कतिले प्रयोगशालामा परिक्षणको क्रममा उत्पन्न भएको जनवार हो सम्म भन्दैछन् । सरकारी अधिकारीले भने यो कुनै त्यस्तो अलग्गै जनवार नभएर सामान्य सुँगुर मात्र रहेको बताएको छ । तर मानिसको हत्केला जस्तो खुट्टा भएको सुँगुर आजसम्म कसैले कहिँ देखेको छैन । यसैले सरकारी अधिकारीका कुरामा सबै सहमत छैनन् । उनीहरु प्रश्न यही हो, सुँगुरको खुट्टामा मानिसको जस्तो पञ्जा हुन्छ ? तपाई पनि फोटो हेरेर भन्नुस् त, के हो यो ? तस्विर हेर्न भित्र आउँनुस्

[फोटोग्राफर डेनाइज गिन्लेले आइतबार कुहिन थालेको, बालुवाले ढाकिएको उक्त सुँगुर जस्तै जनावरको लासको फोटो पहिलोपटक खिचेकी थिइन् । बजार जाने क्रममा पुलमुनि अनौठो जनावर मरिरहेको देखेपछि ब्वायफ्रेन्डसँग हिँडिरहेकी उनले उक्त जनावरको नजिकै गएर समेत केही फोटो खिचिन् । त्यसपछि उनले उक्त फोटो साथीभाइलाई देखाइन् र स्थानीय एक पत्रिकामा समेत छपाइन् । त्यसपछि उक्त जनावरको बारेमा निकै हल्लीखल्ली भयो ।(स्रोत)]


सम्बन्धित समाचार : http://www.telegraph.co.uk/news/newstopics/howaboutthat/9429010/Monster-washes-up-on-New-York-beach.html
http://www.thesun.co.uk/sol/homepage/news/4454911/Beast-of-Brooklyn-washed-up-in-New-York.html
तस्विर साभार : गुगल इमेज

4 comments to फोटो हेरेर भन्नुस् त, के हो यो ?

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

4 Users Online