एकीकृत माओवादीको यो विस्तारित निकै अनौठो भयो । सुरुका दिनदेखि नै अजब-गजबका घटनाहरु भइरहे । केहीसमय अगाडीसम्म नेतृत्वले भने पछि ‘मार्न र मर्न’ तयार हुनेहरु तिनै नेतृत्वलाई ‘पैसा कहाँ गयो’ भन्दै सवाल गरिरहेका थिए । नेतृत्वको जवाफले तिनीहरुको चित्त मानिरहेको थिएन । नेतृत्वको कुरा सुन्नु त परै जाओस् । तिनले सांकेतिक शैलीमा सबैसँग भएको पैसा बटुलेर ‘नपुगेको भए यो पनि खाओ’ भन्दै नेतृत्वका अगाडी राखिदिए । त्यतीले मात्र नपुगेर अरु भद्रगोल गर्न खोजे । र, अन्तत: दुईटा आयोग बनाएर अहिलेलाई भद्रगोल सामसुम पारियो । फेरि गुटका कुरा उठे । तानातान, हानाहान र कुर्सी फ्याकाफ्याक सम्म भयो ।
तर आज अन्तिम दिनको बैठक भने शान्त रह्यो । हानाहानको त कुरा नभएको मात्र हैन, कसैले चर्को कुरा पनि गरेनन् । बरु अचम्म! माओवादीका नेताहरु पार्टीका लागि जे गर्न पनि तयार हुन सहमत भए । प्रचण्डले त सबै सम्पती पार्टीलाई जिम्मा लगाएर जोगी हुने पो कुरा गरेछन् ।
विस्तारित बैठकको समापनमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले अब आफुले सबै सम्पती पार्टीलाई बुझाउँने घोषणा गरेका हुन् । उनले आफ्नो मात्र हैन, मलाई पनि भयो सम्धीलाई पनि भयो भन्ने शैलीमा उपाध्यक्ष द्धय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशको चलअचल सम्पत्ति पार्टीलाई बुझाउने घोषणा गरिदिए ।
अब चाँडै उनी हाल चढिरहेको महंगो गाडी र लाजिम्पाटको निवास पनि छोड्छन् रे । तर महल र गाडीको बानी लागेकाले चटक्कै त्यो सुविधा त्याग्लान् भनेर मान्न चै कति गार्र्हो लाग्ने है ! पत्याइहाले पनि अब चाँडै प्रचण्डलाई बानेश्वर जानु पर्ने भो भन्दै बसपार्कमा गाडी पर्खिदै गरेको देखिएला भन्नै चै नसोच्नु होला नि । उनले सरकारले पूर्वप्रधानमन्त्रीलाई दिने सुविधा भने उपयोग गर्छन् रे ।

अब जोगीहरुको नयाँ पार्टी खोल्ने होला नि / कि फेरि हाम्रा नेतासँग केही पनि सम्पती छैन, सम्पति किन्न पर्यो भनेर चन्दा संकलन गर्ने हो कि जोडतोडले /
कमेन्ट कस्तो लाग्यो ?:
0
0
साँच्चै प्रचण्डले गल्ति सुधार्न खोजेकै हुन् जस्तो लाग्यो । अब यसको पुष्टि गर्न उनले लाजिम्पाट दरबार त्यागे भने अबको चुनावमा माओवादीको दुईतिहाइ पक्का
कमेन्ट कस्तो लाग्यो ?:
0
0
son le ni nakai kati diyo aba aba jogi bane ni vayo ni k kam neta bina kam ko gau jau vane gaule harule marxa ani hhehehe
कमेन्ट कस्तो लाग्यो ?:
0
0
के को जोगी हुने नि प्रचन्डे कम्तिको बाठो छ र ? फेरी अर्को नया नाटक गरेर सोझा नेपाली जनता को आँखा मा छारो हाल्न खोज्दै छ ……..
कमेन्ट कस्तो लाग्यो ?:
0
0