नेपाली न्याय इतिहासमै यति लामो सजाय भएको यो पहिलो घटना हो । चेलिबेटी बेचबिखनसँग सम्बन्धित मुद्दामा यति लामो कैद सजाय सुनाएर न्यायधीश अनन्तराज डुम्रेले एउटा नजिर कायम गरेको छ । सिन्धुपाल्चोक स्थायी बसोबास भएको ३७ बर्षिय बजिरसिंह तामाङमाथि लागेको आरोपको पुष्टि गर्दै अदालतले यो फैसला सुनाएको हो ।
तामाङसगै उनका सहयोगीकारुपमा चेलिबेटी बेचबिखन गर्ने सुकमान दोङलाई १६ बर्ष र टेकबहादुर सुनारलाई साढे बाह्रबर्षको कैद सजाय सुनाएका छन् । त्यस्तै तामाङलाई कैदसजाय बाहेक १३ लाख रुपैयाँ जरिवाना गराएका छन् भने हरेक पिडितलाई डेढलाखका दरले क्षतिपूर्ति दिन पनि फेसलामा आदेश दिएको छ ।
१७० बर्षको कैद सजाय पाएका तामाङ नेपाली चेलीलाई भारतमा लगी बेच्ने मात्रै हैन, भारतमा आफ्नै कोठी पनि सञ्चालन गरेका थिए । उनी नेपाल प्रहरीले सर्वाधिक खोजी गरिएका व्यक्तिको सूचीमा रहेका थिए । यसैक्रममा उनलाई मंसिर १४ गते राजधानीमा पक्राउ गरिएको थियो । सार्वजनिक अपराध मुद्दामा प्रहरी प्रभाग सोह्रखुट्टेले उनलाई पक्राउ गरी प्रहरी परिसर हनुमानढोकालाई बुझाएको थियो । पक्राउपछि अनुसन्धान गर्दै जाँदा उनी चेली बेच्ने गिरोहका नाइके भएको खुलासा भएपछि मुद्दा रहेको जिल्ला सिन्धुपाल्चोक ल्याइएको हो । बेश्यालय सञ्चालक र दलालबीच नेपाली चेली झिकाउने सुत्राधारको काम गर्दै आएका उनी विरुद्ध मानव बेचविखन तथा ओसापसारका चार वटा मुद्दा थिए ।
चेलिबेटी बेच्ने तामाङको कर्तुतबारे प्रकाशित लेखको केही अंश तल पढ्नुहोस्
‘प्रलोभनमा पारेर भारतमा ल्याइने हरेक चेलीको अस्मिता पहिले उसैले लुट्थ्यो। सुरुमा केही दिन आफैंसँग राखेर अघाउन्जेल खेलवाड गरेपछि मात्र कोठीमा लग्थ्यो। हामीलाई पनि यसैगरी खतम पार्यो। भनेको नमाने चिर्पट र रबरको कोर्रा खानुपर्थ्यो। रक्तमुच्छेल भइसक्दा पनि छाड्दैनथ्यो। राम्री लागेकी चेलीसँग नाटकी बिहे गरेर आठ-दस महिनापछि कोठी लगेर छाडिदिन्थ्यो। कतिपयलाई त बेचिदिउँ कि मसँग बिहे गर्छेस् भनेर धम्क्याउँदै सुत्न बाध्य बनाउँथ्यो।’ चेलीबेटी बेचबिखनका ‘नाइके’ बजिरसिंह तामाङद्वारा बेचिएका छजना चेलीको सामूहिक चित्कार हो यो। गत साता लगातार चार दिन जिल्ला अदालतमा बयान दिँदा उनीहरु यसैगरी पीडादायी अतीत सम्झँदै थिए। (पुरा पढ्न यहाँ क्लिक गर्नुस्)
नोट : तस्विर साभार : topcultured.com


नेपाल मा कानुन भन्ने चिज मरी सके जस्तो लाग्थ्यो / तर जिउदै रहेछ / यदि सबै न्यायधीसहरु यस्तै हुने हो भने यो हाम्रो सुन्दर देसको दुर्गन्ध फाल्न कति समय लाग्थ्यो र ?
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मनमा रमाइलो लाग्यो । आनन्द लागेर आयो salute न्यायधीश अनन्तराजलाई ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
कुहियोस् साला जेलमा । यसलाई सर्वस्वहरण पनि गराउँनु पर्थ्यो । तर जे भएपनि न्यायधीशले छोरीचेली बेच्ने अपराधीलाई तह लगाउँन सकिने गरिको नजिर बनाएका छन् । यस्ता न्यायधीशले अरु अरु जस्तै भष्ट्राचारका केसमा पनि नजिर बसाउँन् ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
साले लाई फासी दिनु पर्ने जेल मात्र र
कमेन्ट कस्तो लाग्यो ?:
0
0