ज्ञानेन्द्र शाह घुमेर फर्किए । उनी जहाँ जहाँ पुगे, नेपाली मिडियाले उनलाई पछ्याइरह्यो । उनले यसो गरे, उसो गरे, यसरी बोले, यस्तो भने, जस्ता ज्ञानेन्द्र शाहसँग जोडिएका यावत् सन्दर्भहरु मिडियामा आइरहे । समाचारले सबै किसिमका तरङ्गहरु ल्यायो होला । कसैलाई हर्ष, कसैलाई विस्मात, कसैलाई अरु केही बेग्लै किसिमको अनुभव पनि भयो होला । यस्ता समाचारहरुसँग तटस्थ बस्नेहरुको जमात पनि सायद निकै नै ठुलै छ । समग्रमा समाचार बिक्यो । राजावादी जो अहिलेको परिवर्तनलाई स्वाहा पार्ने सपना देख्छन्, हरु मख्ख परे होलान्, आफ्ना प्रभुको मिडियामा चर्चा सुनेर ।
मलाई भने फरक कुराले तान्यो । कुनै पनि राजनीतिक परिवर्तनले सबैलाई समेट्दैन । सबैले त्यसलाई आत्मसाथ गर्छन् भनेर सोच्नु कोराकल्पनामात्र हुन्छ । जस्तै यो परिवर्तनलाई राप्रपा नेपालले आत्मसाथ गरेको छैन । यस्ता राजनीतिक परिवर्तन पहिला पनि भएका थिए नेपालमा । त्यसो भए राप्रपा नेपाल जस्तै अरु कुनै दलहरु पहिले थिए कि थिएनन् ? थिए भने ति कस्ता थिए ? पछि कहाँ पुगे ? परिवर्तनका सुरुवाती दिनमा ति कतिसम्म शक्तिशाली थिए ? जान्न मन लाग्यो र सोधखोजबाट केही कुरा थाहा पाएँ ।
राणाशासन फर्काउँनु पर्छ भन्ने पनि पार्टी रहेछ
२००७ सालको क्रान्तिले १०४ बर्षे राणाशासनलाई समाप्त पार्र्यो । तर नेपालको भू-राजनीतिका लागि राणाशासनमात्र सहि छ र अरु किसिमको शासनलाई नेपालले धान्न सक्दैन भन्दै राणाशासनको पुनर्वहालीको माग गर्ने केही समूहहरु थिए । यस्ता समूहको नेतृत्व गर्ने एउटा पार्टी रहेछ, गोर्खा परिषद् । जसलाई खुकुरी दल पनि भनिन्थ्यो । यही समूहले २००८ सालमा त्रिपुरेश्वरस्थित गृहमन्त्री निवासमा आक्रमण गरेको थियो । तत्कालिन गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला स्वयमले भीडमाथि पेस्तोल चलाएपछि भीड त्यहाँबाट भागेको थियो ।
२०१५ सालको आमनिर्वाचनमा सो समूह अर्थात गोर्खा दल अर्थात खुकुरी दलले १९ सिट जितेको थियो । दोस्रो ठुलो मत सहित सो पार्टी प्रमुख प्रतिपक्षीका रुपमा रहेको थियो । सत्र साल पछिको कुनै समयमा खुकुरी दल नेपाली कांग्रेसमा विलय गरेको घोषणा भएको थियो ।
राजावादीको कोशिस
राजावादीहरु समूहहरुका बारेमा भनिरहनु नपर्ला । यो हामीले देखिरहेकै र भोगिरहेकै समस्या हो । यसले बेला बेला आफुलाई नै अबको ठुलो शक्तिका रुपमा परिभाषित गर्छ र केही मानिसहरु सडकमा उतार्छ । लोकतन्त्रका नाममा नेताहरुको भाडतन्त्रबाट दिक्क भएकाहरुलाई ‘यो भन्दा त राजा नै बेश’ भन्दै धमिलो पानीमा माछा मार्न खोज्छ । यसको विगत तुलना गर्ने हो भने राणाशासन माग्ने खुकुरी दल जत्तिको पनि छैन । र, आगतका बारेमा कुरा गर्ने हो भने एकजना साथीले ट्विटरमा लेखेको कुराले नै सबै थोक बताउँन सक्छ । तल हेर्नुहोस्

थप म के भनुँ ? तपाईका विचारहरु तल कमेन्टमा लेख्नुहोस् है ।

मैले यस्तो पनि भेटे
भरतशमशेरको नेतृत्वमा खुकरी पार्टीले १९ सिट जितेको थियो ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले सत्ता कब्जामा लिएपछि भरतशमशेर पनि जेल परेका थिए । त्यसको केही समयपछि राजाको समर्थन गरेर उनी छुटे । र, इटलीको रोममा भएको सोसलिस्ट युनियनको सम्मेलनमा भाग लिएर भारत फर्किए । भारत आइपुगेपछि उनले राजाको कदमको विरोधमा वक्तव्य निकाले ।
यसको एक महिनापछि उनले आफ्नो पार्टी नेपाली कांग्रेसमा विलय गरेको घोषणा गरेको इतिहास छ । बबरशमशेरका नाति र मृगेन्द्रशमशेरका छोरा भरत साहित्यकार जगदीशशमशेरका दाजु हुन् । भारतको कोलकातामा बस्न थालेपछि उनले बिस्तारै राजनीति छोडे र फिल्मतिर लागे ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
यस्ता चैते पार्टीहरु हिसाब गर्ने नेपालमा कति छन् कति / गइसकेपछि म गएकै छैन म शक्ति सञ्चय गर्दैछु भन्नु पूर्वराजाको दिवास्वप्न मात्रै हो /
कमेन्ट कस्तो लाग्यो ?:
0
0
आज बिबिसीमा ज्ञानेन्द्रको अन्तर्वार्ता सुन्दा त माओवादीले नै राजाको हटाको रै छ भन्ने थाहा भो / अरु पार्टीहरु त खाली पहिलेको खुकुरी दल जस्ता पो रहेछन् / राजाबिनाको शासन व्यवश्था आउँछ भनेर पुराना दलहरुले संविधान बन्न नदिएको पो हो कि क्या हो ?
कमेन्ट कस्तो लाग्यो ?:
0
0
बेकारमा उचालेर
कमेन्ट कस्तो लाग्यो ?:
0
0