खेलको १४ औ मिनेटमा सेस फेर्विगासको सटिक पासलाई सदुपयोग गर्दै डेभिड सिल्भाले आकर्षक गोल गरेर टोलीलाई अग्रता दिलाए ।

त्यसपछी इटाली खेलमा फर्कनै पाएन । स्पेनिस टोलीका लागि जोर्डी अल्बाले ४१ औ मिनेटमा अर्को गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए ।
दोस्रो हाफमा इटालीको फितलो प्रदर्शनको मौका छोप्दै स्पेनिस खेलाडीले पोष्ट आक्रमणलाई निरन्तरता दिए । दोस्रो हाफमा सेस फेर्बिगासलाई प्रतिस्थापना गर्दै मैदान छिरेका टोरेजले ८४ औ मिनेटमा गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए ।
त्यसको ४ मिनेपछि नै स्पेनका जाउन माटाले टोलीका लागि चौथो गोल गरे ।

खेल सकिएको सिठ्ठी बज्दासम्म इटालीका निकै प्रहारहरु गोलमा परिणत हुन सकेन । इटाली अन्तत: युरो २०१२ मा दोस्रो स्थानमै रह्यो ।

सबै तस्विरहरु युरो २०१२ को आधिकारिक वेबसाइट eufa.com बाट साभार गरिएका हुन् ।


धेरै खुसि लग्यो पनि फोटो .काम बाट एस्तो लेट्स खबर हरु सुन्नु पौड.
धन्यवाद,
वान्ग्छु शेर्पा.
अबु धबी यु. ये. इ.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
च्याम्पियन भन्या च्याम्पियन नै हो क्या
कमेन्ट कस्तो लाग्यो ?:
0
0