छोरीले एसएलसी पास गर्नु के थियो, घरमा देउसी भैली खेल्नेहरुको जस्तो लावालस्कर सुरु भयो । मानौं यी सबै कन्यार्थी वर हुन् । एउटा टोली घरबाट निस्कन पाएको छैन, अर्को टोली थपक्क आइपुग्छ । छोरीलाई आफ्नो कलेज भर्ना गर्न तानातान गरेको देखेर म आजित भइसकेँ । एउटा टोलीले उज्यालो हुन नपाई ढोका ढक्ढक्यायो । भित्रैबाट कराएँ, ‘छोरीको मार्कसिट आइपुगेको छैन । आएपछि म तपाईकोमा नै भर्ना गर्छु । प्रस्पेक्टस के के छन्, छोडेर जानुस् ।’
केहीदिन त मैले यिनको अफर पनि बुझेँ । त्यसपछि के निक्यौलमा पुगेँ भने यिनले पढाइलाई भन्दा पनि विद्यालयको सुविधा, ड्रेस, भवन, कम्प्युटर, खेलकुद, पार्किङ, स्विमिङ पुल, यातायात आदिको प्रलोभनमा विद्यार्थी तान्न खोज्दैछन् । एउटाले आफ्नो विद्यालयको कोठामा एसी र एट्याच बाथरुम भएको समेत बताउँन पछि परेन । मानौं यी पाँचतारे होटल हुन् । धेरैले आधाउधी अंग्रेजी मिसिएको नेपाली नै बोले । कसैले नास्ता पाइने, कसैले ड्रेस हालिदिने, कसैले औषधी उपचार गरिदिने, कसैले जुत्ता हालिदिने जस्ता कुरा गरेर अचम्मै पारिसके ।
सबैले नानाभाँतीका ललिपप देखाएर घरमा सुत्न, बस्न नपाउँने स्थिती भइसक्यो । छोरीका सम्बन्धमा बाबुलाई सजिलै सित भन्न नसकिने कुराहरु आमालाई चाँही भनियो । उसकी आमा पनि आजित भइसकी । छोरी देखाउँनै भएको छैन । अपहरणै पो गरेर लाने हुन् कि भन्ने भइसक्यो । छोरीले फ्रक, मिडी, हाफपाइन्ट जे लगाउँन खोजे पनि पाइने कुरा आइसक्यो । दिक्क भएपछि छोरीकी आमाले एउटा उपाय निकाली र भनि, ‘थपक्क लगेर एउटा एड्मिसन गरेपछि मात्र यीनीहरुको मेख मर्छ ।’
हो त नि भनेर मैले पनि भोलिपल्ट देखि नै शहरका विद्यालयहरु धाउँन सुरु गरिहालेँ । बाटैबाट देखियो पेन्टागन । त्यसपछि आइन्सटाइन रहेछ । जाँदै गर्दा फ्लोरिडा, गोल्डेन गेट, वासिङ्टन, नासा, चेल्सी, बार्सिलोना, पाइथागोरस, क्यारभान, चर्चिल, बार्सा, क्रिष्ट, जेभियर अनि के के हो के के । म त निकै फसाँदमा पो परेँ । अब कुन विद्यालयमा भर्ना गर्ने हो भनेर रिंगटै चल्ला जस्तो भयो । नेपाली नाम भएका विद्यालय त ओखती जस्तो गरेर खोज्नु पर्ने । खोज्दै गएको भए सायद कार्गिल, पेसावर, आणविक भट्टी, हिरोसिमा, नागासाकी जस्ता विद्यालय पनि भेटिन्थे कि ! भो, मैले कोशिस गरिन ।
पढाईमा भन्दा पनि नाम र दाममा प्रतिस्प्रधा गरेका यी कलेजहरुले मेरो सातो उडाए । एक विद्यालयमा लुसुक्क छिरेर छोरीको भर्ना गर्नु पर्र्यो भनेको त लोकसेवा आयोगको मौखिक परिक्षा जस्तो गरी मलाई पो सोधियो – कति बर्षकी छोरी छे, कस्ती छे, के/कस्तो लुगा लगाउँन मन पराउँछे, उचाई कति छ, उसका केटासाथी छन् कि छैनन् आदि इत्यादी । छोरीका बारेमा लामो मौखिक अन्तरवार्ता सकियो । सोध्दासोध्दा हुने पनि र नहुने पनि सोधिसकेपछि पालो आयो मेरो ।
किन यति सास्ती गर्नु हुन्छ, एकै पटक भर्ना गरे हुँदैन ? मैले अलिक रिसाएर सोधेँ ।
कहाँ त्यसरी हुन्छ ? तपाई शुल्क तिर्न सक्नु हुन्छ कि हुन्न ? तपाईको स्टाटस कस्तो छ, यो त बुझ्नु पर्र्यो नि । उत्तर पाएँ ।
शायद मेरो योग्यता र आम्दानी हेरेर छोरीलाई भर्ना गर्ने रहेछन भन्ने लाग्यो । अनि झनक्क रिस उठेर आयो ।
अहिले म बिखलबन्दमा परेको छु । अब कता लगेर छोरीलाई भर्ना गर्नु पर्ने हो । विद्यार्थीको योग्यताभन्दा बाबुआमाको आम्दानीलाई नै यीनीहरुले मुख्य विषयवस्तु बनाएका हुँदा रहेछन् ।
हेरौं, के हुन्छ अब ।


हाम्रो देश को बिडम्बना नै भन्नु पर्छ..एस्तो गर्ने लाई सरकार ले केही गर्न सक्दैन …college भनको पढ्न जाने हो थोडी bathroom ,swimming को लागि जाने हो र ??? नेपालको कानुन दैब जानुन् भन्छन..तर जैले सरकार को मुख ताकेर हुन्न ..अब सबै ले एकजुट भयर एस्तो हावा advertise दिने college लै बहिस्कार गर्नु पर्छ ..बरु त्यो नेपाल मा भाको school बास को भाटा बनको (समता school ) लाई college को पढाई पनि हुनुपर्छ
जय नेपाल …
कमेन्ट कस्तो लाग्यो ?:
0
0
तपाईको कुरा पनि ठिकै हो . तर सम्झनु होस् त यी नीजि कलेज नहुने हो भने कति विद्यार्थी धान्ला सरकारी कलेजले ? तेतीबेला तपाई नै बरु निजी क्षेत्रलाई देउ भन्न थाल्नु हुन्छ . यसरी गरिरहेको कामको अवमुल्यन नगर्नुस् अनि भाटाको बनको कलेजले चै राम्रै पढाउँछ त ? दोष इटाको पो हो तेसो भए ?
कमेन्ट कस्तो लाग्यो ?:
0
0
नेपालमा यो दश जोड दुईको पढाइ भनेको शिक्षाको स्तर उकास्नका लागि भएकै होइन । अन्तराष्ट्रिय कुरा पनि फगत गफ र बहाना मात्रै हो । यो त निजी विद्यालयलाई अझ भनौ साहुहरुलाई झन् धनी र गरिबलाई झन् गरिब बनाउँने चाल मात्रै हो ।
नत्र एउटा सरकारी कलेज छ कतै ? तेसैले यस्ता पसलहरुको बारेमा सकारात्मकता खोज्नु भनेको औला काटेर छोटो बनाएर लामो भएको भए ठोकिन्थ्यो भने जस्तो मात्रै हो । शैक्षिक स्तर बढाउँने हो भने निजी विद्यालय सबै बन्द गरेर त्यसका जनशक्ती सरकारीमा प्रयोग हुनु पर्छ । शिक्षाको यस्तो घटिया व्यापार तुरुन्त बन्द गर्नु पर्छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
बढी नै नकारात्मक भइयो कि !
कमेन्ट कस्तो लाग्यो ?:
0
0
राम्रो लेख्नु भयछ नेपालका कलेजहरु यस्तै छन् ठ्याक्कै
कमेन्ट कस्तो लाग्यो ?:
0
0