नि:शुल्क भन्दै शुल्क ठटाउँने अस्पताल चिन्नुस् है !

नि:शुल्क भनेको पैसा तिर्नु नपर्ने, हामीले जानेको यही नै हो । शब्दकोष पल्टाउँने हो भने नि:शुल्क शब्दको अर्थ यस्तो भेटिदो रहेछ । नि:शुल्क – वि. [सं.] १. शुल्क नलाग्ने; तिरो तिर्नु नपर्ने;फिस बुझाउनु नपर्ने; नि:शुल्क । क्रि. वि. २. परिश्रमिक नलिईकन; विनावेतन । (नेपाली वृहत शब्दकोष) । तर दुखको कुरा, अस्पताल जस्तो संस्थाले नि:शुल्कको अर्कै अर्थ लगाइरहेको छ । नि:शुल्क भनेर नाम राखेको र प्रचार गरेको देखेर नि:शुल्क सेवा लिन गएका सोझासिधाहरुलाई मुर्गा बनाउँदो रहेछ । यसरी नि:शुल्क भन्दै शुल्क ठटाउँने अस्पताल चिन्नुस् है !

श्रीमतीलाई पिनासको शंका लागेकाले उपचार गराउँन नरदेवी आयुर्वेद अस्पताल गइयो । डाक्टरले एक्स रे को सिफारिस गरे । नरदेवी अस्पतालकै डाक्टरको सिफारिस अनुसार हामी छेत्रपाटीको छत्रपाटी नि:शुल्क चिकित्सालय पुगियो । सित्तैमा भएकाले पठाएछन्, छेत्रपाटी नि:शुल्क चिकित्सालयको गेटमै राखिएको नि:शुल्क सेवा बेहोराको बोर्ड पढेपछि सोचेकोथेँ । तर कहाँको अस्पताल नि:शुल्क हुनु, एक्स रे को शुल्क भन्दै १५० रुपैया तिर्नु पर्र्यो । १५० रुपैयाँ भनेको धेरै त हैन तर नि:शुल्क भनेर किन पैसा लिइयो ? यो त छलछाम भयो । मैले कुरा उठाएँ । काउन्टरका कर्मचारीले हामीलाई थाहा छैन, प्रशासनमा सोध्नु भनेर प्रशासन पठाए । प्रशासनमा पुगेपछि थाहा लाग्यो, नगदी रसिदको टुप्पोमा सानो अक्षरमा लेखिएको रहेछ, ‘दीन हीन असहायको लागि मात्र नि:शुल्क’ ।

हेर्नुस् न टुप्पोमा सानो अक्षरमा देख्लान कि भने झैं लेखिएको रहेछ ।

रसिदमा बेहोरा देखे पछि लौ मैले नै पो गल्ति गरेछु कि क्या हो भनेर फेरि बाहिरको बोर्ड हेर्न गएँ । बोर्डमा कतै पनि ‘दीन हीन असहायको लागि मात्र नि:शुल्क’ भनेर लेखिएको थिएन । सडकमा हिड्ने मान्छेहरुलाई मुर्ख बनाउँन खोजेको त हो नि, हैन र ?

हेर्नुस् त कतै छ त ?

वास्तवमा विज्ञापनको लागि र बिरामीहरुलाई मुर्गा बनाउँनका लागि निकै राम्रो तयारी गरिएको हो । रसिदमा मात्र लेखिएको छ, कस्तो शर्तमा नि:शुल्क हुन्छ भनेर । अन्य ठाउँमा कहिँ कतै छैन । उनीहरुले एक्स रे राख्न दिएको झोलामा खोजि हेरेँ, के को हुन्थ्यो त्याँ पनि । नियत नै ठग्ने भएपछि सकेसम्म नि:शुल्क कै हौवा जो पिट्नु छ ।

यसमा राखेर दिएका थिए एक्स रे, कतै शर्त खुलाएको छ त !

दिक्क लागेर आयो । अरु क्षेत्र त यस्तै भइहाले । स्वास्थ्य जस्तो क्षेत्रमा पनि यस्तो सस्तो प्रचार गर्ने । किन नि:शुल्क भन्नु पर्र्यो र, अरु भन्दा सस्तोमा उपचारका सेवाहरु दिने हो भने सहुलियत भन्दा भइगो नि । फेरि केही वर्ग विशेषलाई नि:शुल्क गरेको भन्दैमा मान्छेहरुलाई बल्छी थापे जस्तो नि:शुल्कको गुड्डी हाँक्नु पर्छ र ?

हैन, विज्ञापनको स्तर मापन गर्ने कुनै नियम वा निकाय छदै छैन नेपालमा ? जसले जसरी पनि मान्छेलाई मुर्गा बनाए हुन्छ ? अस्पताल जस्तो संस्थाले यस्तो घटिया तालले विज्ञापन गर्न हुन्छ ? तपाईलाई के लाग्छ ? कमेन्टमा लेख्नुहोस् है ।

3 comments to नि:शुल्क भन्दै शुल्क ठटाउँने अस्पताल चिन्नुस् है !

  • विकेश धिमाल

    अस्पताललाई पनि एनसेलको बिमारी लागेछ जसरी हुन्छ अनेक बाहानामा मान्छेलाई लुट्ने / यस्ता अस्पताल को सक्कल अनुहार देखाइदिनु भएकोमा गणेशजीलाई धेरै धेरै धन्यवाद /

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Jeevan A. Karn (Qatar)

    सबै खाले बिज्ञापन, चिट्ठा, उपहार आदि योजना हरु सरकार द्वारा अनुगमनित हुनु पर्छ |
    बिज्ञापन आदि हरु को जन गुनासो सुन्ने र कारवाही गर्ने निकाय हुनु पर्छ |

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

    • मेदनी अधिकारी

      हो नि सर अनुगमन त हुन्छ तर कर्मचारीहरु नेपालका कस्ता छन् भन्ने विर्सनु भएछ । अनुगमनमा केही तलमाथि रहेछ भने कतिसम्म दिन सक्छस् भनेर रस्साकस्सी गर्न लाग्छन् । अनि अनुगमनको के महत्व भयो ? जब सम्म मानिसहरु भष्ट भएपनि समाजमा बहिष्कृत नहुन छोड्दैनन् सबै कुरा यस्तै हो । अब अस्पताल जस्तो कुराले त यसरी प्रचार गर्छ भने बेकारमा कमाउँनै भनेर खोलिएका नीजि कम्पनिको के कुरा गर्नु र

      कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

7 Users Online