लोग्नेको जात

-कृष्ण बजगाईं-
दुई आइमाईले विवाह गरे ।

“आइमाईको विवाह ?”

हजूर पारपाचुके गरेर बसेका आइमाईले एक आपसमा विवाह गरे । अर्थात समलिङ्गी विवाह ।

“किन गरेको समलिङ्गी विवाह ?”

पत्रकारले अदालत अगाडि सोधे ।

“लोग्नेको शासन खप्नु भन्दा त आइमाई कै कमारी हुनु बेस ।” दुवैले एकै स्वरमा भने ।

वैवाहिक तथा ब्यावहारिक जीवनमा एकजनाले पुरुषको र अर्कीले स्त्रीको भूमिका त निभाउनै पर्दथ्यो ।

सोही क्रममा खटनपटन गर्दै आदेश दिँदा र जिम्मेवारी पुरा गर्दागर्दै त्यस मध्ये कि एक महिलामा क्रमशः पुरुष प्रकृति देखा पर्दै गयो ।

उसको पुरुष प्रकृति अर्कीलाई सह्य भएन ।

एक दिन उसले मुख खोलेरै भनी “यो लोग्ने भन्ने जात संसारका सबै उस्तै हुँदा रहेछन ।”

“रोडम्याप” लघुकथासंग्रहबाट

4 comments to लोग्नेको जात

  • Min Bahadur Rai

    nice story about modern same sexual…

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Min Bahadur Rai

    nice story about modern same sexual…

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • विकाश

    महिलाहरुले बुझ्नु पर्छ, प्रकृति र समाजले नै महिला र पुरुषको हैसियत निर्धारण गरेको छ । यसलाई तोड्नु जति नै तर्क गरे पनि अप्राकृतिक हो । अप्राकृतिक हो ।

Leave a Reply

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

3 Users Online