युरोकप -2012 हात्तीले गर्दैछे भविष्यवाणी

euro cup predictionकतिको सम्झनु भएको छ, २०१० मा भएको विश्वकपमा एउटा अक्टोपसले भविष्यवाणी गरेको र सबै मिलेको घटना ? खेल हुनु अघि नै कसले जित्छ भनेर ‘पल’ नामको अक्टोपसले गरेको भविष्यवाणी सबै मिलेको थियो । त्यसपछि, धेरै खेलहरुमा धेरै पाल्तु जनवारहरुबाट भविष्यवाणी गराइएपनि तिनीहरुले पल जत्तिको सफल भएर ध्यान खिच्न सकेका छैनन् । ति केवल मिडियामा आएर चर्चा कमाउँन गरिएका दाबी मात्रै सावित भए । तर ‘पल’को सिको गराउँने काम भने रोकिएको छैन । भोलीदेखि सुरु हुन लागेको युरोकपमा पनि जनावारहरुबाट भविष्यवाणी गराउँन सुरु गरिसकिएको छ । यसपाली भविष्यवाणी गराउँन इन्डियाबाट युक्रेन हुँदै पोल्याण्ड पुर्‍याइएकी ३३ बर्षेकी हात्ती ‘चिता’ लाई प्रयोग गरिएको छ ।

भविष्यवाणी गराइदै (तस्विर : क्राको चिडियाखाना)

विश्वकपमा पलले भविष्यवाणी गरेको भनिएको भिडियोहरु हेर्नु भएको भए तपाईलाई थाहा हुनु पर्ने हो, भविष्यवाणी कसरी गराइन्छ ! जनावारहरुले कुनै स्पष्ट संकेत गरेर फलानो देशले जित्छ है भन्ने चै हैनन् । पललाई भविष्यवाणी गराउँदा चै अलग अलग देशका झण्डा राखिएको दुईवटा बाकसमा एकै किसिमको खानेकुरा राखिन्थ्यो र जुन बाकसमा भएको खानेकुरा खान ‘पल’ जान्थ्यो, त्यही विजेता हुने भनेर भविष्यवाणी भएको मानिन्थ्यो । ‘पल’ को भाग्य, उसले जुन बाकसको खाना पहिले खान जान्थ्यो, तिनै ‘टिम’ले जित्थ्यो ।

हात्तीलाई भविष्यवाणी गराउँदा पनि लगभग यस्तै गरिएको थियो । पोल्याण्ड, खेल बराबर र ग्रीसलाई अंकित गरेर एकै लाईनको बराबर दुरीमा तीन ठाउँमा मेलन राखिएको थियो । मेलन खान मन पराउँने हात्ती चितालाई छोडिदिदा उ सिधै पोल्याण्ड भनेर अंकित गरिएको ‘मेलन’ खान गई । यसैलाई भोलीको खेलमा पोल्याण्डले बाजी मार्ने भन्ने भविष्यवाणी भयो भनिएको हो । यही हात्तीले च्याम्पियन्स लिगमा चेल्सीले जित्छ भनेर सही भविष्यवाणी गरेको थिइ रे । भोली हुने पहिलो खेलमा सहआयोजक पोल्याण्डले २००४ को च्याम्पियन ग्रीसको सामना गर्दैछ ।

च्याम्पियन्स लिग चेल्सीले जित्ने भविष्यवाणी गरेको भन्दै प्रकाशित फोटो (तस्विर : साभार)

अन्धविश्वासीहरुलाई भने पोल्याण्डले जित्छ भनेर पोल्याण्डका पक्षमा बाजी थाप्न सजिलो हुने भयो, हात्तीले जो भविष्यवाणी गरिसकेको छ !

विश्वकपमा पलले गरेको भविष्यवाणीको भिडियो हेर्न तल क्लिक गर्नुहोस्

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

12 Users Online