झागाँझोली दुर्घटना मेरा पतिले गराएको होइन

देवुकुमारी आले थापा (मृतक चालककी श्रीमती)
गत असोज २६ गते सिन्धुली जिल्लाको झाँगाझोली गाविसको गैरीपुछार भन्ने ठाउँमा बस दुर्घटना भई चालकसमेत ४१ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनाको छानविन गर्न नेपाल सरकारले गठन गरेको आयोगको प्रतिवेदन बाहिर आएको छ ।

त्यस आधारमा हामी पीडीत पक्षले थाहा पायौं, आयोगको प्रतिवेदनमा चालक र यात्रुबीच झगडा भएको, चालक माथि कुटपिट भएको, कुटाई पछि परिवारलाई म अब फर्किन्न भनेर चालकले फोन गरेको, आत्मघात गर्ने उद्देष्यले उनले गाडी अनियन्त्रित किसिमबाट चलाएको भन्ने उल्लेख रहेछ ।

आयोगले सत्यतथ्य बुझेर मात्र गर्नुपर्नेमा पीडीतको परिवारलाई झनै पीडित र मर्माहत बनाउँने किसिमले प्रतिवेदन तयार गर्नु दुखद छ । दुर्घटना हुनु अघि चालक र श्रीमतीबीच कुराकानी भएकै छैन । सहचालक, नजिक सिटमा बस्ने जिवित घाइतेहरुसँग बुझ्दा पनि सत्यतथ्य थाहा पाउँन सकिन्छ ।

गाडीभित्र बसेका अधिकांश यात्रुको मृत्यु भएको छ । छतमा बस्ने प्राय सबै यात्रु जिवित र घाइते छन् । यसबाट पनि प्रस्ट हुन्छ गाडी अनियन्त्रित किसिमबाट चलाईएको थिएन । चालक र श्रीमतीबीच म अब घर फर्किन्न भन्ने कुरा भएको भन्ने आयोगको प्रतिवेदनमा उल्लेख रहेछ । छानविन टोलीले हामीलाई भेटेकै छैन । आयोगले सिन्धुली जिल्ला प्रशासन कार्यालय पुगेर चालकका आत्मघाती कदमका कारण दुर्घटना भएको हो वा अन्य प्राविधिक कारणबाट भएको हो भन्ने सम्म नबुझी आयन्दा दुर्घटना हुन नदिन के के गर्नुभएको छ मात्र सोधपुछ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आयोगको प्रतिवेदन शतप्रतिशत झुटो हो । यसरी झुटो प्रतिवेदनले हामीलाई दुखमाथि दुख थपिदिएको छ । चालकले जानाजान दुर्घटना गराएको भन्ने प्रतिवेदन झुटको पुलिन्दा हो । यात्रु र चालकबीच पुरानो गाडीको बिषयमा झगडा भएको भन्ने पनि सरासर गलत हो ।

गाडीमा भाडा उठाउँने काम साहु आफैले गरेका थिए । पुरानो गाडीका कारण साहुसँग झगडा हुन सक्छ, मजदुरी गर्ने चालकसँग हुनै सक्दैन । त्यसैले पनि चालकको आत्मघाती चालाका कारण दुर्घटना भएको भन्ने सत्य होइन । ७०, ८० यात्रुलाई बचाउँछु र आफु पनि बाँच्छु भनेर लगाउँदा लगाउँदै ब्रेक नलागेको र प्राविधिक गडबडीका कारण कर्तव्य पालनको सिलसिलामा चालकको ज्यान गएको छ । घरमा ८० बर्षे वृद पिता, ससाना तीन छोरी र श्रीमतीलाई बिर्सेर चालकले आत्मघात गर्ने चिताउँन पनि सकिदैन ।

नेपाल सरकारले गठन गरेको आयोगका सदस्यहरुले हामीलाई भेट्नु भएकै छैन । हामीलाई भेट्दै नभेटी प्रतिवेदन बनाउँनु अनैतिकताको हद हो । दुर्घटना भनेको भवितव्य हो । त्यसको दोष कर्तव्य पालना गर्दागर्दै दिवंगत चालकको टाउकोमा थुपार्नु कहाँसम्मको न्याय हो ?

अन्त्यमा यसै लेख मार्फत नै असोज २६ गतेको दुर्घटनाबारेको आयोगको प्रतिवेदन तथ्यमा आधारित नभएको जानकारी गराउँन चाहान्छु ।
चालक प्रेम कुमार आले थापाकी श्रीमती
भद्रकाली-३, सिन्धुली

6 comments to झागाँझोली दुर्घटना मेरा पतिले गराएको होइन

  • प्रतिक महर्जन

    जो होचो त्यसको मुखमा घोचो भनेको यही नै हो । त्यसतो बाटोमा गाडी कुदाउँने साहु, कुदाउँन अनुमति दिने प्रशासन सबै चोखा तर बिचरा डाइभर दोषी । जानी जानी मान्छे मारेको हो भनेर हत्यारा करार दिएर उसका पुस्तालाई नै हत्याराको सन्तान बनाउँनु कतिको जायज छ ।

    परिवार नभेटी पनि कही प्रतिवेदन बन्छ । जे गरे नि हुने यो देशमा ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • मनिष लिम्बु

    भन्न सकिन्न । खै के खै के ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • मनिष लिम्बु

    भन्न सकिन्न । खै के खै के ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Prabin Ghorsane

    asko feri satya tathya khoji garinu parchha. asari hachuwako varma nikaaleko pratibedan amaanya vandai teska member harulai karbahi garnu parchha.

Leave a Reply

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

4 Users Online