-प्रदिप बस्नेत, धरान-
संविधानसभा विघटन भयो । भित्री कारण के छ, हामी सामान्य नागरिकलाई थाहा हुने कुरै भएन । अस्ति भर्खरै विजयकुमार पाण्डेको दिशानिर्देश टेलिभिजनमा हेरेको सम्झिन्छु, कांग्रेस नेता मिनेन्द्र रिजालसँग उनी भन्दै थिए, ‘नेपालको राजनीति जान्ने जम्मा ९ जना जति नेता होलान् ।’ अब ति ९ जना नेपालका भाग्य वा दुर्भाग्य निर्माता नेताहरु को को होलान्, अनुमान लगाउँने जिम्मा तपाईलाई नै । तर सतहमा देखिएको मुख्य कारण चै राज्य पुनर्संरचना र राज्य पुनर्संरचनासँगै जोडिएर आएको एकलजातीय पहिचानको वा बहुजातीय पहिचानको राज्य भन्नै नै थियो । एकलजातीय पहिचानको सवालमा माओवादी र गैरमाओवादी दलहरुले आफ्नो आफ्नो अस्तित्वको कुरा जोडे । युद्धकालदेखि आफैले उठाएको मुद्दा त्याग्नु पहिचान र विश्वास दुवै गुमाउँनु हो भन्ने ठान्यो माओवादीले । अनि यसलाई मानेँ आफ्नो अस्तित्व खतरामा पर्ने मानेँ गैरमाओवादीले । फलत: संविधानसभाको निधन भयो ।
जातीयको मुलमुद्दामा निर्णयमा दलहरु नपुग्दा संविधानसभाको निधन त भयो नै, यसले जातीय आधारमा राजनीति गर्नेलाई भुमिका थप बलियो बनाउँने देखिदैछ । सरसर्ती हेर्दा हामी सर्वसाधारणले देख्ने गरेको राजनीतिको दिशा त्यतै गइरहेको छ, जहाँ जातीय पार्टीहरुको युग सुरु हुन्छ ।
ठुला दलहरुले नै तयार पार्दैछन् आधार
समग्र नेपालीको समस्याबाट मुक्तिका लागि भन्दै खोलिएका र जनमतले ठुला भएका दलहरु पनि स्वार्थबस जातीय राजनीति नै हावी हुन दिदैछन् । एउटाले रणनीति स्वरुप उठाएका मुद्दालाई काउन्टर दिन अर्को पार्टीले पनि सोही मुद्दा उठाएपनि अहिले जातीय आधारको राजनीतिमा रमाउँनेका लागि ठुला दलहरु नै आधार तयार गर्दैछन् ।
माओवादी
जनयुद्धकालमा वर्गीय आन्दोलनलाई जातीयतामा जोडेको माओवादीले संविधानसभाको चुनावमा पनि जातीयताको नारालाई भरपुर उपयोग गर्यो । हुन त उसले जातीय पहिचानमात्रै पहिचान हैन पहिचानका अन्य ऐतिहासिक तथा भौगोलिक पक्ष पनि उत्तिकै महत्वपुर्ण छ भनेर भनिरहेको छ तर जातीय पहिचानको जति अरुको छलफल भएकै छैन । उसले जती प्रशिक्षणहरु गरायो र पहिचानका लागि भन्दै मानिसहरुमा आँट भर्यो, त्यसबाटै मुलत: जातीय राजनीति गर्नेहरुले फाइदा उठाउँने देखिन्छ । यसैले जातीय पार्टीहरुको आधार तयार गर्न माओवादी नम्बर एकमा आयो ।
कांग्रेस र एमाले
यो सवालमा एमाले र कांग्रेसलाई फरक रुपमा हेर्न मिल्दैन । दुबैले नाम फरक फरक भनेर जातीय भातृसंगठन खोलेका भएपनि दुबै दलको नियत एकै छ । एकलजातीय राज्यको सवाल संविधानमा लेख्न गैरमाओवादी दल, खासगरि एमाले र कांग्रेस संकुचित भएपनि उनीहरुको दलगत संरचनामा जातीय संगठनको हावी प्रष्टै देख्न सकिन्छ । भलै त्यो केवल चुनावी रणनीतिमात्रै भएको पुष्टि भइसकेको होस् । तर चुनावी रणनीति र शक्ति सन्तुलनको लागिमात्रै भएपनि जातीगत संगठन निर्माणमा जोडतोडका साथ लागेका थिए उनीहरु पनि । जसले जातीगत आधारमा गुटबन्दीको आधार भने पक्कै तयार गर्यो । यसले देखाउँछ बहुजातीय पहिचानकै भएपनि र हिजोकै जस्तो शासन प्रणालीका लागि वकालत गरेपनि जातीयतालाई केही स्पेस भने पक्कै दिन चाहन्छन् कांग्रेस र एमाले लगायतका दलहरु । चुनावमा मत जो फकाउँनु छ ।
तर संविधान लेखनमा जातीय राज्यका सवालमा धोका दिएको भन्दै कांग्रेस र एमाले छोडेर जातीय पार्टी खोल्न गरिएका कसरत देख्दा लाग्छ यसमा कांग्रेस र एमालेको पनि उत्तिकै भुमिका छ ।
के जातीयताबाट मात्र अधिकार पाइने हो त ?
जसले जातीय आधारमा राजनीति गर्नका लागि गुट निर्माण गर्दैछ तिनीहरुले पनि आजको विश्वलाई बिर्सन खोजिरहेका छन् । जातीय पहिचान भन्दै बर्षमा एक दिन टुडिखेलमा जातीय पोसाक लगाएको जस्तो मात्रै हो तिनीहरुको राजनीति पनि । सबैलाई थाहा छ न त एक दिन टुडिखेलमा पोसाक लगाउँदैमा पहिचान जोगिन्छ न त आजको विश्व परिवेशमा मेरो जातको वेग्लै क्षेत्र बनाउँछु भन्ने कुरा नै सम्भव छ ।
अधिकारका कुरामा हेर्ने हो भने नेपालमा जातले भन्दा सम्पतिले ठुलो भुमिका खेलेको छ । सम्पति भएको कथित दलित र सम्पति नभएको कथित उपल्लो जातमा कसले बढि अधिकार उपयोग गर्न पाएको छ भन्ने कुरा एनजिओ र आइएनजिओको प्रतिवेदनमा नदेखिए पनि गाउँघरमा प्रष्टै देख्न सकिन्छ । यसैले नेपालको भुराजनीतिले जातकै आधारमा अधिकार पाउँने कुराको ग्यारेन्टी कदापि गर्न सक्दैन । त्यैपनि फलानो जातको भन्दै जातीय पार्टीहरु खुल्न सक्ने सम्भावना भने असाध्यै धेरै छ । र भोलीका दिनमा तिनै पार्टीहरु मुख्य नहोलान् भन्न सकिदैन ।
के जातीय पार्टीको युग सुरु भएकै हो त !
अरु दलहरुमा भन्दा पनि एमालेमा चर्किदो कलहले यस्तै सन्देश दिइरहेको छ । र संविधान निर्माणमा एक भएका जातीय राजनीति गर्ने टाउकेहरुको पृष्ठभुमि हेर्दा पार्टी खुल्न सक्ने पनि देखिन्छ । जसलाई सतहमा हेर्ने हो भने पुष्टि गर्ने निकै प्रमाण भेटिनेछन् । तर कुनै निश्चित स्थानमा मात्र एक जात विशेषको बाहुल्यता नभएका स्वयम नेतृत्व गर्नेहरु पनि पवित्र नदेखिएका जस्ता धेरै कारणहरुले भने यस्ता पार्टीहरुले नयाँ युग सुरु गर्लान् भन्ने आधार भने छैन भने जस्तै एकदमै कम देखाएको छ ।
तर स्मरण गर्नु पर्ने कुरा के हो भने नेपालमा जातीय सहिष्णुता अखण्ड छ । जसरी केही मिडियाहरुले उचालेका वा केही कथित विद्धानहरुले बताए जस्तो जातिय सदभाव खल्बलिएको भने कदापि छैन । यस्ता कुराहरु कुनै स्वार्थबश मात्र आएका हुन् । प्रमाण स्वरुप समस्त नेपाल हेर्नुहोला ।

मा अमेरिकामा छु तर एसको मतलब यो हैन कि मा नेपाल देखि भागेर यहाँ आएर ठुला कुरा गर्दैछु/ मैले फर्किने त अन्तिम मा नेपाल नै हो / तर या बाट हेर्दा नेपाल फर्किन लायक भएकै छैन/ अब तपाईले माने पनि वा नमाने पनि नेपालमा जातको कुरा निकै उठ्दैछ/ यो गृह युद्ध को स्तिथि सम्म नपुग्ला भन्ने आधार क र ?
कमेन्ट कस्तो लाग्यो ?:
0
0
कसैले भन्न सक्छ ? संविधानसभा फेरी बाँच्छ ? जातको कुरा त असो उठेको मात्रै हो यो लामो समय जादैन.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
यो सबै माओवादीका विरुद्धमा लगाउँने चाल हो/ मानिसहरुलाई अधिकारका लागि जाग्न माओवादीले सबैथोक गर्यो /तर अरुले उसलाई तह लगाउँन उसको प्रशिक्षणलाई गलत रुपले प्रयोग गर्दैछन्/ कुनै पनि हालतमा नेपालको जातीय आन्दोलन गलत दिशामा जादैन/
कमेन्ट कस्तो लाग्यो ?:
0
0