संविधानसभाको म्याद सकिन पुरा २ दिन पनि बाँकी छैन अब । यसैले सबैको चासो छ, संविधानसभा भवन छेउछाउमा कस्तो भइरहेको होला । अझ मिडियाहरुले संविधानसभा वरपर तनाव, प्रहरी छ्याप्छ्याप्ती, नाराजुलुस जस्ता समाचार सम्प्रेषण गर्न थालेपछि चासो थप बढेको छ । वास्तवमा कस्तो थियो त आज संविधानसभा भवन छेउछाउमा ? तस्विर र भिडियो हेर्न भित्र आउँनुहोस् ।
संविधानसभाको चारैदिशाका सडकहरुमा जनजाती लगायतका समूहहरुको प्रदर्शन हुदै थियो । जसले गर्दा सडकमा कुनै पनि सवारी साधन चलेका थिएनन् । संविधानसभा भवन पट्टीको सडकको आधा भागबाट मानिसहरुलाई हिड्न निषेध गरिएको थियो । निषेधित क्षेत्र भएर पनि सायद कसैलाई उभिन पनि दिएको थिएन । वरिपरि भएका प्रदर्शनमा धेरै मानिसहरु नभएपनि प्रहरीहरु भने निकै खटाइएको थियो ।
तल तस्विरहरु हेर्नुहोस्
भवनको दक्षिण पूर्वीभागमा भने फरक फरक समूहको प्रदर्शन कायम थियो ।
भिडियोमा हेर्न तल क्लिक गर्नुहोस् ।
ब्लगमा प्रयोग भएका भिडियो र तस्विरहरु मैले आफैले खिचेको हुँ । क्यामेराको गुणस्तर कम भए पनि सकेसम्म राम्रा तस्विरहरु प्रस्तुत गर्ने कोशिस गरेको छु । अन्यथा भए माफ पाउँ ।









संविधानसभा भित्र चै कस्तो देखिदैछ, तस्विरमा यसरी नै देखिए मज्जा आउँथ्यो हेर्न
कमेन्ट कस्तो लाग्यो ?:
0
0
संविधानसभा भवन अगाडी जतिसुकै कडा सुरक्षा भएपनि संविधान सभाको म्याद सकिनलाई जोगाउँन सक्ने होइनन् । यीनै प्रहरीलाई फकाएर सबै नेता जतिलाई थुन्न लाउँनु पर्ला । केटाकेटी कुरो नि ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
यसो सुरक्षा व्यवश्था देख्दा त केही निकै नराम्रो हुने सम्भावनाको तयारी जस्तो देख्दैछु । पापी मन नराम्रो मात्रै सोच्छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
के हुन लाग्या हो । निकै खतरै भए जस्तो छ त । कुकुर लिएर हिड्दैछन् प्रहरीहरु । बानेश्वरतिर नजानु है कोही पनि ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0