माओवादीले जातीयताको आधारमा संघीयताको मुद्दा उठायो । जनजाती र आदिवासीहरु ‘हो ! जातीयता र पहिचान सहितको संघीयता चाहिन्छ, चाहिन्छ’ भन्दै तीन हातमाथि उफ्रिए (कति डलर तह लगाउँन उफ्रिए, कति आफ्नो जातको राज्य भन्दै कुरै नबुझी उफ्रीए, कति वास्तवमै अधिकार पाइने भइयो भन्दै उफ्रिए) । मिडियामा आउँने गरि पक्षविपक्षका वकालतहरु धेरै भए (वैचारिक बहस चै लगभग शुन्य भने पनि हुन्छ) । दुवैले सक्दो आफ्नो बचाउ गरे र अर्कोलाई वर्जित गर्न खोजे । केहिदिन अघि भएको तीनदल र मधेसी मोर्चाको ११ प्रदेशको सहमतिले जातीयताका आधारमा राज्य नहुनसक्ने प्रशस्त आधार खडा गरेको थियो, जुन २४ घण्टा पनि टिक्न सकेन ।
र, नेपाली राजनीति जातीयता आधारकै संघीयतातर्फ भने उन्मुख भइरह्यो । हिजो सर्वोच्चले संविधानसभाको म्याद थप गर्ने प्रक्रिया नै रोक्न आदेश दिएर जातीयताका आधारमा संघीयतामा जाने सम्भावनालाई बल पुर्र्याएको छ । खुलेरै भन्ने हो भने नेपाली संघीयता जातीयताको आधारमा हुन्छ हुन्छ । आखिर कसरी त ?
कसरी मद्दत गर्यो सर्वोच्चको आदेशले ?
तरल नेपाली राजनीतिमा राजनीतिक गठबन्धन र प्रतिवद्धता पानी जस्तै नै हुन्छन् । आज कुनै एजेन्डाविशेष प्रतिवद्ध भएको दल भोली थपक्क प्रतिवद्धता फ्याँकेर अर्को एजेन्डा उठाउँछ । कसैलाई अस्वभाविक लाग्दैन पनि । भन्न खोजेको कुरा के हो भने जनजाती आदिवासीहरुको दबाबमा राष्ट्रिय राजनीति जातीयताका पक्षमा गइरहेको थियो, संविधानसभाको म्याद थप भएको भए समयसँगै यो एजेन्डाबाट पनि दलहरु मोडिन सक्ने सम्भावना कायम रहन्थ्यो । तर सर्वोच्चको यो आदेशले राजनीति त्यही अड्कियो ।
माओवादीको बैद्यपक्षले जातीयताका आधारमा संघीयता नभए पार्टी फुट्न सक्ने भन्दै ४० प्रतिशतको हस्ताक्षर लिइसकेको बताएको छ । यस्तो अवश्थामा पार्टीलाई फुट्न नदिन अध्यक्ष प्रचण्ड यही एजेन्डामा थप प्रतिवद्ध हुन कर लाग्छ । बरु संविधानसभा भंग हुन्छ तर माओवादी यो एजेन्डाबाट पर जाने देखिदैन । अर्को कुरा वर्तमान स्थितीको आंकलन गर्ने हो भने संविधानसभा भंग हुँदा माओवादीलाई फाइदै हुन्छ (यसबारे तल कुरा गरेको छु ।) । एमाले र कांग्रेसमा पनि जनजाती सभासदहरुको चर्को दबाब कायमै छ । मधेसी मोर्चाले त बरु संविधानसभा भंग होस् यो एजेन्डा त्याग्न सक्दैनौं भनिसकेको छ । र, जेठ १४ मा संविधानको फ्रेम जस्तो मात्रै पारित गरेर विस्तारै भर्दै जाने विकल्पबारे पनि चर्चा हुँदैछ । तर यसो भयो भने मान्दैनौं भन्ने जनजाती, माओवादी र मधेसी मोर्चाको अड्डिले यो विकल्प पनि कमजोर देखिन्छ ।
यसैले लोकतन्त्रको सबैभन्दा उच्च संस्था जोगाइराख्न नेपाली कांग्रेस र एमालेले पनि जातीयताकै आधारमा संघीयतामा जानेछौ भन्न कर लाग्ने देखिन्छ । यसो भएन भने संविधानसभा भंग हुन्छ । यहीकारणले संविधानसभा भंग हुँदा सबैभन्दा बढी फाइदा माओवादीलाई हुने देखिएको छ । कसरी त ?
संविधानसभा भंग भए माओवादीलाई सडकमा आउँन स्पष्ट बाटो खुल्छ । उसले भनिसकेको छ, संविधानसभा भंग भए हामी सडक र सरकार दुबैबाट आन्दोलन चर्काउँछौ । यसमा उसलाई जनजाती र मधेसी मोर्चाले साथ दिने देखिन्छ । यसका अतिरिक्त अहिलेसम्म मनमुटाव रहेको वैद्यपक्षसँग पनि सडकबाट आत्मियता बढ्नेछ ।
सरकारमा पनि माओवादीको वर्चस्व छ र रहिरहने छ । संविधानसभा भंग भएपछि नयाँ प्रधानमन्त्री चुन्ने आधिकारिक निकाय रहने छैन । यस्तो अवश्थामा अर्को चुनाव नहुञ्जेल बाबुराम या भनौ माओवादीकै सरकार रहिरहने छ । माओवादी नै सरकारमा र माओवादी नै सडकमा हुनेछ । कांग्रेस र एमालेले कि भिडन्तको राजनीति रोज्नु पर्यो होइन भने अहिले नै जातीयताका आधारमा संघीयतामा जान राजी हुनु पर्यो ।
तपाईले अरु कुनै उपाय देख्नु भएको छ कि ! कमेन्टमा लेख्नुहोस् है ।

गणेशजी तपाईको विश्लेषण राम्रो लाग्यो । एक्लो प्रचण्डले नेपाली नेतालाई मात्रै हैन नेपाली राजनीतिलाई नै फनफनी घुमायो । र उसले भने झै जातीयताका आधारमा संघीयता हुने जस्तै देखियो । प्रचण्ड शक्तिशाली छ र उसले भने झे गराउँन सक्छ भन्ने मानियो तर यो संघीयताले नेपाललाई फाइदा गर्दैन भन्ने चै प्रचण्डले कस्तो नबुझेको ?
कमेन्ट कस्तो लाग्यो ?:
0
0
जातीयताका आधारमा संघीयतामा जानु हुदैन / यो खराब हो तपाईले आउँछ भन्दा पनि मनमा नराम्रो लाग्यो /
कमेन्ट कस्तो लाग्यो ?:
0
0
यतिका बर्ष तिमी बाउनहरुले राज्य गर्दा भयो अहिले हामीले अधिकार माग्दा तिमीहरुलाई जातीयताका आधारमा संघीयता आउँने भयो भन्ने डर है / माओवादी जिन्दावाद भन्छुम् माओवादीले हामीलाई अधिकार दियो भने /
अनि तिमीहरुले अधिकार पाउँदा सिंगो नेपाल हुने / हामीले पाउँदा टुक्रिने झगडा हुने हामी नेपाली हैनौं जस्तो लाग्छ है तिमीहरुलाई /
कमेन्ट कस्तो लाग्यो ?:
0
0
संबिधान सभा भंग हुने भो बन्ने रे रुपान्तरित संसद ।
कागलाई बेल पाक्यो हर्ष न बिस्मत् ।।
यस्तै हो नेपालीको फुटेको किस्मत् ।।
६०१ लाई अझै पाल्नै पर्छ गर है हिम्मत् ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
सबैलाई समान अधिकार हुनु पर्छ
नेपाल भित्र कै नेपालीको पहिचानका आधारमा नाम राखेर के हुन्छ ?
सबैले पहिले बुझ्न आबस्यक छ
चाहे भन नेवा,ताम्सालिङ्ग,लिम्बुवान खुम्बुवान आदीको प्रस्ताब छ
ति सबै नेपाली हुन प्रान्तको नाम राखेर के फरक पर्नेछ ?
आफ्नो मस्तिस्कबाट सङ्किर्नता हटायर अब सोच
मात्र यती कुरा तिमी सधैं मनन गरेर अघी बढ
आफ्नो अस्तित्व खोज्दा अरुको अस्तित्व नखोस
ति राज्य भित्रका पिछडियका गाउ बस्ती धेरै छन
त्यहाका पिछडियका गाउ बस्तिको फेरी जात नखोज
त्यहा बस्ने हरेक नेपालीको समानताको बाटो रोज
कुनै धर्मको पक्ष लिदै,कुनै धर्मलाई गाली नगर
कुरा त्यही ठीक छ,जस्ले जे मा आस्था राख्छ
महत्वपूर्ण कुरा शान्ती हो नेपाल नेपालीले पाउनु पर्छ
अधिकार सबैले पाउनु पर्छ,कानुन भन्दा माथी कोही हुन हुन्न
भेदभाब हुने नहुने कुरा आज पनि नभयको पक्कै हैन
भोली फेरी त्यासैको निरन्तरता हुन हुँदैन
बिगतमा गल्ती गर्नेहरुलाई त्यसै नछोडिदिय
तिन्का गल्तिमा अरुलाई दोशी नभनि दिय
मलाई त लाग्छ
नेपाल भित्र कै नेपालीको पहिचानका आधारमा नाम राखेर के हुन्छ ?
सबैले पहिले बुझ्न आबस्यक छ
चाहे भन नेवा,ताम्सालिङ्ग,लिम्बुवान खुम्बुवान आदीको प्रस्ताब छ
ति सबै नेपाली हुन प्रान्तको नाम राखेर के फरक पर्नेछ ?
आफ्नो मस्तिस्कबाट सङ्किर्नता हटायर अब सोच
मात्र यती कुरा तिमी सधैं मनन गरेर अघी बढ
आफ्नो अस्तित्व खोज्दा अरुको अस्तित्व नखोस
ति राज्य भित्रका पिछडियका गाउ बस्ती धेरै छन
त्यहाका पिछडियका गाउ बस्तिको फेरी जात नखोज
कमेन्ट कस्तो लाग्यो ?:
0
0
नेपालमा हाम्रो माओबादीको बिजय भैसक्यो शान्ति वार्ता भए देखि नै/ अबका दिनहरु सबैमा माओबादी जसरी पनि जित हुन्छ / यदि जित भयान भने पनि नया विचार राखने पार्टी लाई चान्स दिनु पर्छ / अनि मात्र देसको विकास राम्रो सग छिटो हुन्छ / कांगेस र एमाले बाट देस विकास हुदैन उनीहरुको चाला हेरुसकियो हामी सबै नेपालीले ,,अब सायद अगिपछी जहिले भयपछी राम्रो हुन्छ नेपालमा
कमेन्ट कस्तो लाग्यो ?:
0
0
लिम्बु जी राज्य पाउना लाग्दा त तपाईमा यो अहम र हतारो छ भोलि पाई सके पछी के दीन पनि तेतिकै सहज र आबस्यकता ठान्नु होला त? किनकि तपाइको भागमा पर्ने राज्य मा म र हामीहरु ६० % अन्य जातिहरु पनि छौ है
कमेन्ट कस्तो लाग्यो ?:
0
0
सबैले नेपाली हौ भन्ने सोचे नाम जे राखे पनि केही फरक पर्दैन / यो राज्य मेरो भयो अब तिमीहरुको जातीको काम छैन भन्दै लखेट्नु र कर लाउँनु चै भए न /
कमेन्ट कस्तो लाग्यो ?:
0
0
जातीय पहिचानको आधार मा संघियता हुदा जाति जाति मा किचलो हुन्छ र देश टुक्रिन्छ भनेर हौवा फैलाउनु भनेको आफ्नो खाई पाई आएको भाग खोसिन्छ कि भनेर केटा केटि लाइ म्याउगुजिको डर देखएको जस्तो मात्र हो । पहिचान सहितको राज्य बनाउने भनिएको हो, अलग देश बनाउन खोजिएको त होइन नि ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मेरो भोलीको भविष्यबानी:
अब इनी नेताहरुलाई ठीक पार्नको लागी पाकिस्तान मा सैन्य ले “कु” गरेर सत्ता सुम्पेको जस्तो गर्नु पर्छ ! तेसईले म कुनै पनि देशभक्त नेता या पहुच भएको ब्यक्तित्वलाइ सत्ता आफ्नो हातमा लिनको लागी कोतपर्ब मच्चाउन अनुरोध गर्दछु ! कोही छ नया नेपाल निर्माण को लागी नया जंगबहादुर ? संभावना भएका टॉप टेन खिलाडी हरु: : ०१: छत्रमान गुरुंग ०२: पुष्पकमल दहाल ” प्रचंड” ०३. खिलराज रेग्मी ०४. बाबुराम भट्टाराई ०५.सुशिल कोइराला ०६.: मोहन बैध्य ” किरण” ०७.झलनाथ खनाल ०८: शेर बहादुर देउवा ०९: माधब नेपाल १०: ज्ञानेंद्र शाह …… गर्छ गर्न त नभय अन्य कुनै न कुनै ले त “कु” गरेरै छोड्छ किनकी देश अराजकता तिर बड़ी सक्यो जाग नेपाली जनता जाग किनकी अब देश बनाउने जिम्मा हाम्रो काधम़ा आएको छ ! सबै जनजाति लाई मिलाएर सबै प्रदेश लाइ जनजाति जाती छान १४ प्रदेशम़ा या त ५ बिकाश क्षेत्र लाइ ५ प्रदेश बनाएर अगाड़ी बड़े त हुन्थियो नि हैन र?
कमेन्ट कस्तो लाग्यो ?:
0
0