काठमाण्डौमा बन्दको विरोधमा सद्भाव र्याली निकाल्यो आज नेपाल उद्योग तथा वाणिज्य महासंघले । तर काठमाण्डौमा र्याली निकाल्ने महासंघकै नेतृत्वमा संखुवासभामा भने जेठ ४ देखि अनिश्चितकालिन बन्दको आवहान गरेको थियो । र, आफ्नै अगुवाईमा बिहानैबाट चोकचोकमा प्रदर्शन गराएर बन्द गरायो पनि । तर महासंघले काठमाण्डौमा भने निकै तामझामका साथ बन्दका विरुद्धमा मानिस सडकमा उतार्र्यो । बुझ्दा त महासंघले मानिसहरुलाई उसको अमुक स्वार्थका लागि प्रयोग गर्र्यो । साहुहरुको नाटकैमा परेर भएपनि निकै ठुलो भिड जम्मा भएको थियो दरवारमार्गमा । र्यालीका केही तस्विर भिडियो हेर्न भित्र आउँनुहोस् ।
केही तस्विरहरु
केही भिडियोहरु
र्यालीमा रामकृष्ण ढकालले बिहानै उठ्ने बित्तिकै गीत गाए । भिडियो हेर्न भिडियोमा क्लिक गर्नुहोस्
1974 एडीले गाएको जसो गर जे गर को भिडियो हेर्न भिडियोमा क्लिक गर्नुहोस्
नेपाल उद्योग वाणिज्य महासंघका आवद्ध साहुहरुको यो फोस्रो नाटकको पर्दाफास त भयो नै । तर आज भएको र्यालीले केही सकारात्मक सन्देश भने पक्कै दिएको छ । तर यसलाई हामीले उपयोग गर्र्यौं भन्ने शैलीमा महासंघका साहुहरुले बुझे भने भोली यही समूह उनीहरुको विरुद्धमा खनिन समय लाग्ने छैन । किनकी, यो समूह पवित्र मनले बन्दका विरुद्धमा ऐक्यवद्धता प्रकट गर्न आएको थियो । यसलाई देखेर बेलैमा सच्चिउन सबै ।
सम्बन्धित समाचार : तेश्रो दिन पनि संखुवासभा ठप्प


निकै ठुलो मानिसको समूह भेला भएछ . सबैको उमेर लगभग उस्तै . युवा पुस्ताहरु नै हुन परिवर्तनका कारक भन्ने कुरा फेरि पनि पुष्टि भयो .
कमेन्ट कस्तो लाग्यो ?:
0
0
यो भिडलाई प्रयोग गर्यो महासंगले । उसले झुठो कुरा बोलेर मानिसहरु त जम्मा गर्यो तर आफुले पनि संखुवासभा अनिश्चित कालिन बन्द गराएको कुरा भनेन । मानिसलाई यसरी झुक्याउँने । यो महासंघ र त्यसका भ्याटमाराको चाल मात्रै हो ।
युवा पुस्ता जो आफुलाई चेतनशिल मान्छ यस्ता लठ्ठक ढाँटहरुको बाँदर भएको देख्दा दया लाग्यो । कम्तिमा यसमा नेतृत्व गर्ने कतिका चोखा छन् भनेर बुझ्नु पर्ने हैन ? शान्ति र सदभाव भन्दै खेल्छन् यीनीहरु जनताको करसँग ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
यो सबै झुठो देखाउँने दाँत मात्रै हो । जति भेला भए सबै जनजाती र माओवादीका विरुद्धमा मात्रै कुरा गर्थे । प्रचण्डले जुन मुद्दा उठाए जनजातीलाई हक दिलाउँनु पर्छ भनेर त्यसको उछित्तो काटिरहेका थिए । तर कसैले पनि यी भ्याटमारा साहुहरुले पनि अनिश्चितकालिन बन्द गराइरहेका छन् भनेर
कमेन्ट कस्तो लाग्यो ?:
0
0
फेरि एक पटक देखाए सुकिला मुकिलाले शक्ती, तर आफै गिरेर
कमेन्ट कस्तो लाग्यो ?:
0
0
कुरीकुरी उद्योग महासंघ / तिमीहरु र जनजाती महासंघमा के फरक छ छुट्याउँने कोशिस गर्दैछु / मिठा कुरा गरेर कति सजिलै दुइटैले आफ्नो कालो लुकाउँछौ है
कमेन्ट कस्तो लाग्यो ?:
0
0
Anything happen in Nepal.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हाम्रो देस मा सबै नेता मरेपछि स्थानीय जनता को बारेमा कसले सोच्ने हामी सबै संखुवा सभा बासि जनता हरुले नेपाल उद्योग वाणिज्य महासंघ लाई सम्मान गर्दछ / बास्तवमा नेपालका जनता हरु ले सबै कुरा को पहिले जानकारी लियर मात्र कमेन्ट गर्ने कि कि कसो साथी हरु हो? जय संखुवासभा !!
संखुवा सभा टुक्राउन पाईदैन !!
संखुवासभालि एक हौ !!!!!
कमेन्ट कस्तो लाग्यो ?:
0
0