अपडेट : रिपोटर्स क्लबमा भएको घटनाको बारेमा आदिवासी जनजाती महासंघको विज्ञप्ती हेर्न यहाँ क्लिक गर्नुस्
आज आदिवासी जनजाती महासंघको बन्द तुलनात्मकरुपमा बढी नै हिंस्रक र अराजक रह्यो । मैले बिहानै गौशालामा खाना खान होटलमा गएकाहरुलाई सडकबाट ढुंगाले हानेर जुठै हात बाहिर निकालिएको देखेको थिएँ । माफ गर्नुस् मैले तस्विर र भिडियो केही पनि उपलब्ध गराउँन सकिन । कारण, मलाई क्यामेरा अन गर्ने बित्तिकै नखिच्न भनेर धम्क्याइयो । मैले सबै गएपछि भने खाने मान्छे नभएर थाल भरिको खाना त्यसै टेवलमा छोडिएको तस्विर खिचेँ । सोचेको थिएँ, मलाई मात्रै होला धम्क्याइएको । हामी ब्लगरसँग न पत्रकारको परिचय पत्र हुन्छ न त हाम्रो बारेमा बोलिदिने कुनै आधिकारिक निकाय नै । यसैले चुपचाप बसेको थिएँ । तर आजदिन भर नै पत्रकारहरु माथि बन्द गर्नेहरु आक्रामक भएर लागेका रहेछन् । ठाउँ ठाउँमा पत्रकार कुटिए । पत्रकारका सवारीमा आगो लगाइयो । सञ्चारगृहहरु घेरिए ।
बिस्तारै बुझ्दै जाँदा लाग्यो यो नियोजितै हो । बन्द गर्ने संस्थाका पदाधिकारीले बोलेको र गरेको घटनाले नै थाहा हुन्छ, यो सबै नियोजितै हो भन्ने । जुन संस्थाका अध्यक्ष र महासचिव नै खुल्लमखुल्ला पत्रकारलाई धम्क्याउँछन्, तिनका पछि लाग्नेहरुको मनस्थिती झन् कस्तो आततायी होला ! यीनीहरुले आमजनतालाई गर्ने व्यवहार कस्तो होला ! पहिले बन्द गर्ने संस्था आदिवासी जनजाती महासंघका अध्यक्ष राजकुमार लेखी र महासचिव आङकाजी शेर्पाको व्यवहार अडियो र भिडियोमा हेर्नुस् र आफ्ना विचारहरु भित्र कमेन्टमा लेख्नुस् । याद गर्नुस्, सबैको बाँच्न, बोल्न, लेख्न र हिड्न पाउँने मानवअधिकार हो ।
आङकाजी शेर्पाले रिपोर्टस क्लबमा पत्रकारलाई धम्क्याएको भिडियोमा हेर्नुस्
राजकुमार लेखीले यस्तो बोलेका थिए, अडियोमा तल सुन्नुहोस्
भिडियो र अडियो साभार गरिएका हुन् ।
बन्दकै क्रममा आज ललितपुरको ग्वार्खोमा दिउँसो प्रहरी र बन्दकर्ताबीच झडप हुँदा टियरग्यास हानेको समाचार आएको थियो । अहिले फेरि सोही स्थानमा गोली चलेको भन्ने सुनिएको छ । आशा गरौं, भोली यस्तो केही सुन्न नपरोस् ।

मुलाको सागलाई साथीहरु कसरी हुन्छ ठीक पार्नुपर्यो ।यो त देश भात्काउने मान्छे रैछ ।कुकुर जस्तो रैछ हरामी
कमेन्ट कस्तो लाग्यो ?:
0
0
नेपालका ‘अधिकाम्स’ पत्रकार अलि बढी नै भा’का छन्, आंग काजिले भण्डाफोर गरेछन!! उनीहरु मध्ये धेरै आफुलाई अर्कै ग्रहका ‘सुपर ह्युमन’ ठान्छन / कनके र प्याकुरेल दाजुभाई २२ दिन सुदुर पश्चिम बन्द हुदा कहाँ थिए,? माओबादी को गत बर्सको ६ दिने बन्दको बेलामा ‘सुकिला जुलुस लिएर प्रतिकार’ गर्ने ले किन सु.प्. को बन्दमा बोलेनन्? तेती बेला जनताले दुख पाउदा किन चुप बसे ? अनि अस्तिको बाहुन-क्षेत्रीको बन्दमा किन चुप र जब बल्ल थिचिएका जाती बोल्न थाले अनि अहिले आएर बकबक…
कमेन्ट कस्तो लाग्यो ?:
0
0
जंगली को जंगली शैली……जंगल जनावरलाइ सम्झाउन बुझाउन सकिदैन…..नियन्त्रण भन्दा बाहिर गयो भने सोधी गोलि ठोक्नु पर्छ !
कमेन्ट कस्तो लाग्यो ?:
0
0
यस्तालाई कारवाहीको माग राखी वोली हामी पनि बन्द गर्न चाहन्छौ । साथी हो एनी हरु को बिरुद मा लागे नेपाली जनता भएर । अनि सबैले सरैबर बताई नै बिरोध गरु है साथी हरु यस्तालाई |
कमेन्ट कस्तो लाग्यो ?:
0
0
आङकाजी र लेखी murdabad
कमेन्ट कस्तो लाग्यो ?:
0
0
आङकाजीलाई म चिन्दिन। तर टलिभिजनामा बोलेको सुन्दा त लाग्यो उसको चेतानको स्तर अनुसार बिलकुला ठीक बोलेको छ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
के नेपाल बन्द गरेर नयाँ संविधान बन्छ ? कुन देशमा बन्द गरेर संविधान बनेको छ ?
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मा साले खातेहरु इनीहरु सबै autai dengko मुला हो. हाम्रो लागि सबै गरिव जनताको रगत चुस्ने, जनतालाई जहिले पनि अदेरोमा राखेर राज्जेको कुर्सि चाहने र दुख नगरी सुख खोज्ने हरु हुन् एनीहरु कुकुर,हुन् अरुको पिर मर्का नाबुज्ने सबै जना जति मिलेर बसे बै हाल छ नि एनिहरुलाई जति पछी को राज्जेया चाहिने तेस्को भाउको अंग्सा होर हाम्रो देश नेपाल,तेरो चेन लाई किन बढ्नु खोज छस त मर्दा जलाउने ठाउँ पुर्ने माटो सबै नेपाली आमाको हो खाते तिमि हरु दिने बन्द गर्ने सर्ब सदरण जनता लाई गरि खानु नदिने तिमि हरु जस्तो भासन ठोकेर अरुको अरुको लुटेरा खानु लाई सजिले छ,भासन ठोकेर हैन आफ्नो पसिना बगयरा खानु सिक्नु खाते हरु मर्नु नसक्ने हरु ……
कमेन्ट कस्तो लाग्यो ?:
0
0
वर्गीय समाजमा हरेक कुरा वर्गीय नै हुने गर्छ / त्यस्तै नेपाली मिडिया यहि समाजको एक अभिन्न अंग भएकोले यो पनि वर्गियताबात माथि उठ्न सक्दैन / त्यसैले आदिबासी जनजातिहरुको बिरुद्ध लेख्नु भनेको उसको बर्गीय स्वभाब हो / पत्रकारिताको घमण्ड लियर कुनै पनि पत्रकारहरु आदिबासी जजतिहरुको तगारो बन्छ भने बाकी राख्ने कुरा औदैना / जस्तालाई तस्तै गर्नुपर्छ / पत्रकारिताको धर्म भनेको सहि सत्य र उत्पीडित जनताको पक्षमा समाचार प्रबाह गर्नु हो / यो धर्मलाई छोड्ने पत्रकार जति पत्रकारिताको भेषमा भिजिलान्तेहरु हो / समयमा चिनेर के गर्दा उचित हुन्छ गर्नु पर्छ /
कमेन्ट कस्तो लाग्यो ?:
0
0
आंग शेर्पा ले भनेको कुरा 100% सहि हो यसरी पत्रकार एब संचार मध्याम बाट पनि एकल जाति को सपोट गरि प्रसारण गर्ने, नवलपरसी कावसोतिमा शांतीपुर्ण् रुपमा जंजातिले गरेको बन्द आव्हानमा प्रहरीले महेन्द्र मगर,टेक बहादुर चौधरी लगायत दर्जनौ माथि गोलि चलाई गम्भिर घाईते भएका थिए , किन सुदुर् पश्चीमको अखन्द बन्दमा खोई कोहि खस , ब्राम्हाण्ड जाति माथि प्रहरीको हस्तछेप सुनिएन त उल्तै संचार मध्याम बाट बढाई-चढाई बन्द आव्हान सफल जस्ता कुरा , के आम पत्रकार् ले निस्पक्ष्य रुपमा समचार दिने ब्याबहार एहि हो त ? धन्न अहिले त बोलेको मात्र रैछ हेर्दै जनुस एस्तै हो भने भोलि के-के हुंछ .
क्
कमेन्ट कस्तो लाग्यो ?:
0
0
पत्रकारहरुले जनजातीका पक्षमा लेखेनन् भन्नु चै मुर्ख हुनु हो / म पनि जनजाती हुँ / जनजातीलाई मिडियामा कसरी लेखिन्छ भन्ने हामीलाई पनि थाहा छ / साकेला नाचका बारेमा होस् या मंगोलियन र थारु तथा अरु जनजातीका पर्वका बारेमा होस् के का बारेमा लेखेका सुनाएका छैनन् र मिडियाले / मुठ्ठी भर मान्छे जो हामीजस्ता सोझा साझाको जात बेचेर डलर कमाएका छन् तिनीहरुको विरुद्धमा लेख्ने वित्तिकै जातको विरुद्धमा लेखेको हुदैन/
कुनै मिडियाले नलेखेको भए यो आङकाजी र लेखीको नाम कसले सुनेको हुन्थ्यो र/ कि यतिका समय पैसा खर्च गराउँदै लेखाएका थिए आफ्नो नाम ? हामीलाई अधिकार चाहिन्छ तर यसको वदलामा छिमेकी बाहुनको माया गुमाउँन हामी जस्ता आदिवासी जनजाती कदापी तयार हुने छैनौं / नेपालमा सबै जातको उत्तिकै खाँचो छ/
म राई हुँ मलाई यो कुरा बोल्न सजिलो छ/ तर बाहुन या क्षत्री या अरु गैर जनजातीलाई छैन / यसैले सबै जनजाती तथा आदिवासी नेपालीलाई जातीय विद्देष नफैलाउँन आग्रह गर्छु /
कमेन्ट कस्तो लाग्यो ?:
0
0
यी टोक्ने लाई के को जात र भात को कुरा हो ,,मेरो बाओ र मेरो छिमेको बराल बजे कति मिलेर बसेका छन् कहिले मलाई नराम्रो गरेनन जहिले माया गर्थियो अहिले यो जात तो जात भनेर हाम्रो मा नि पो झागारा लयूला जस्तो छ ,,नेता ले गर्दा हामी जनता फ़ुताऊने भयो तेस्तो नहोस पहिलेकै जस्तो मिलेर बस्न पईयोस मलाई त कुनै राज्य चाहिन्न नेपाल भय हुन्छा
कमेन्ट कस्तो लाग्यो ?:
0
0
जनजाति र आदिबासीले उनीहरुलाई पनि समानता हुनुपर्यो भनेर अधिकार खोजेका हुन्, क्षत्री ब्राम्हण जस्ता जातिको अधिकार कटौती गर्नुपर्यो भन्न खोजेका त हैनन् नि . यसलाई सकारात्मक रुपमा सबैले लिनु पर्यो र जातीय सदभाब बिथोलिन दिनु भएन . पत्रकार मित्रहरुले पनि यसलाई राम्ररी सबैले बुझिने तरिकाले लेख लेख्ने तथा श्रब्य दृश्य[ audio तथा video ] कार्यक्रमहरु बिना पक्षपात गर्ने काम गरेर पत्रकारिताको धर्म निभाउनुपर्यो बिन्ति छ है सबैलाई
कमेन्ट कस्तो लाग्यो ?:
0
0
याद गर्नुस्, सबैको बाँच्न, बोल्न, लेख्न र हिड्न पाउँने मानवअधिकार हो । तर पत्रकार हरुले आफूलाई जनता भन्दा उपल्लो दर्जाको जन्तु सम्झिनु पनि गलत हुन्छ – तसर्थ मुलुक अब नमस्कार हुँदैछ
अपहरण गरेर फिरौती माग्ने डाँका पत्रकारहरुलाइ मानब अधिकारको बारेमा सर्बसाधारण हरुलाई भन्दा अलि बढी नै जानकारी हुनु पर्ने हो होइन र ?
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हामी पहिला नेपाली हौ .अनिमात्र गुरुङ,मगर,राई,छेत्री,बाहुन .र नेपाल हामी सबैको साझा फुलबारी हो ,हामी आफु आफुमा काटा काटा होएनाकी मिलेर बस्नु पर्छा
कमेन्ट कस्तो लाग्यो ?:
0
0
अङकाजी शेर्पा र लेखि जस्तो बौद्धिक मानिस यत्तिको जिम्मवार स्थानमा बसेर, यसरी गैरजिम्मेवार शब्द बोल्दा त लाग्छ कि इन्लाई राँची पुरार उपचार गराउनु पर्न रहिछ ,डलरको खेति गर्ने यी बदमासहरुलाई एति पनि था छैन कि वास्तव मा नेपाली हरु ले के चाही रहेको छन् , हामी लाई कुनै जत्तिया राज्य चाह्हेको छैन, हामी लाई यो देश को बिकाश , अप्पसी सध्भाव , र एउटा सम्रिधि देश को परिकल्पना गरेको हो , जसमा सबै जाती भेस भूसा , धर्म संस्कृत , अत्तोउनु सकियोउस , जत्ति को नारा दियर येअसरी देश तुक्रुना हरु लाई अब्ब हामी सबै मिलि खबरदारी गर्नु पर्ने समय आयको छ , जनता लाई बयूकुफ्फ़ बनायर ,अफ्फ्नो पेट पाल्ने हरु , खबर दार , सडक मा उबैअरा जिम्दो जलाउनु न पर्योउस , हुनु पनि बिचरा हरु को के गल्ति भन्नु , बुद्दी अनुसार काम गर्ने त हो नि , प्रचण्ड जत्ति को मनिष ले असतो किसिम को अभिबिअक्ति दिनु थाले भने , अबा जत्तिआ पहिचान खोज्ने हरु ल अफ्फ्नो जात् त जनाउनु परि गयोउ नि , अब कसै ल पनि छोड्ने वाला छैनन् है , सबै लाई अब्ब था भै सकेको छ ,
कमेन्ट कस्तो लाग्यो ?:
0
0
म नेपाल हो , मलाई यी दरिद्र बाट बचाऊ , दर्जेलिंग , सिक्किम जस्तो मेरो संत्तन लाई बिछोड बनाय बनाय , अब्ब पनि मेरो सन्तान लाई म बाट तद्दो लगेर इनले मलाई ठुर्हो बनायई सके , मलाई बचाव , मलाई बचाव ,
कमेन्ट कस्तो लाग्यो ?:
0
0