भन्नेहरु कतिले गजललाई नेपाली साहित्यको बिधा नै होइन पनि भनेका छन् । अनि कतिपय नवगजलकारहरुले गजललाई फजल बनाए भन्ने आरोप पनि लगाउँछन् । तर हामी मान्दैनौं । हाम्रो विश्वास हो कि गजल नेपाली साहित्यको एउटा सुन्दर बिधा हो, नवगजलकारहरुको मनको भावना बहदा नै गजल अहिले यहाँसम्म आइपुगेको छ । र, यसले अझै उचाइ छुनु छ ।
तपाईहरुबाट पानीफोटोमा साप्ताहिक साहित्यका लागि भन्दै धेरै गजलहरु प्राप्त भएका छन् । यसैले तपाईहरुको रुची र अनुरोध अनुसार साप्ताहिक रुपमा गजलको नयाँ स्तम्भ नै सुरु गरिएको छ । यो यस स्तम्भको पहिलो अंक हो । यो स्तम्भमा तपाईबाट प्राप्त गजलहरु नै प्रकाशित गरिनेछ । कृपया आगामी स्तम्भका लागि आफ्ना गजलहरु paniphoto@gmail.com मा पठाउँनुहोला । यही स्तम्भका लागि भने तपाईले आफ्ना गजलहरु तल कमेन्टमा पोस्ट गरेपनि हुन्छ । कृपया गजल पठाउँदा अरुको गजललाई आफ्नो भनेर नपठाउँनुहोला । अरुको गजल भए गजलकारको नाम र स्रोत खुलाएर मात्र पठाउँनुहोला । यस अंकका गजलहरु पढ्न भित्र आउँनुहोस्
-अज्ञात मित्र सागर-
सल्लाहको शुल्क माग्छन्, कमाई गर्नेहरु…
सेवा नै हो धर्म भन्ने, भनाई गर्नेहरु…
ज्यानै बाजी थाप्ने योद्धा, साहसी छन् भन्थेँ,
मृत्युसँग भाग्दा रैछन्, लडाई गर्नेहरु…
ओखतीमा दम कहाँ, सेवन बेकारै छ,
बिश्वासले खाऊ भन्छन्, दबाई गर्नेहरु…
भ्यागुतोले पोखरी नै, संसार देख्छ अरे,
आँफैलाई देउता ठान्छन्, मपाई गर्नेहरु….
अर्को आङमा जुम्रा देख्न, मुस्किल छैन ‘मित्र’,
कत्ति साह्रो फोहोरी छन्, सफाई गर्नेहरु….
सिजुवा ९, मोरंङ
-तिलक अनुरागी-
खाली सिँउदो सिन्दुरले भरेछौ नि सानु।
मलाइ छोडी तिम्ले बिहे गरेछौ नि सानु॥
तिम्रै घरको मझेरीमा ढुनमुनाउछु भन्थेउ।
तर आज अन्तै बसाँइ सरेछौ नि सानु॥
मत थोत्रो साइकलमा घुमाउँथे हैन !
बल्ल बाइक हुनेसँग परेछौ नि सानु॥
मेरै दिलको बगैँचामा फक्रिएर तिमी।
पराइको आँगनीमा झरेछौ नि सानु॥
किनारमा कुरिरहे तिम्रो बाटो हेरिरहे ।
झुक्याएर एक्लै खोला तरेछौ नि सानु॥
झापा, तोपगाछी
-टिका खड्का ‘राष्ट्रप्रेमी’-
तिम्रो मेरो साथ छुटे पछी रोएँ ।
अन्तै तिम्रो नाता जुटे पछी रोएँ ।
तिम्रो मायाँ मन भित्र सजाँएको थिएँ ।
निर्दइले सबै लुटे पछी रोएँ ।
फूल्न सकिन फूल बनी कोपिलमै झार्ने ।
हावा पानी असिनाले कुटे पछी रोएँ ।
मेरो सुन्दर सपना तिमीनै थियौ ।
झस्किएर सपना टुटे पछी रोएँ ।
बेदनाले भरिएको मेरो छाती भित्र ।
चर्किएर मुटु फुटे पछी रोएँ ।
मधुमल्ला – ४, मोरङ
-नविन आचार्य-
पराइको घुम्टो तिमी, नओडनु है काली
भुलेरनी अन्तै नाता, नजोडनु है काली
उतार चडाब जिन्दगीको, रित नै हो बुझ
दुख पर्दा मेरो साथ, नछोडनु है काली
भन्नेले त आकाशको नि, तारा झार्छु भन्छन्
लोभिएर त्यो मन कतै, नमोड़नु है काली
सुख दिन नसके नि, दुख दिने छुइन
सुख खोजी अन्तै बाली, नगोड़नु है काली
युगल जोडी देख्दा मनमा ,हलचल बड्न सक्छ
बेहोसी भै सीमारेखा, नतोडनु है काली
जिन्दगी यो तिम्रै हातमा सुम्पिसके मैले
छल गरेर मेरो भाग्य, नफोड़नु है काली
-विवेक पाठक-
पिउन मन लाग्यो पिए बिहानै, रात मा के छ त्यस्तो
जति पिए नि लाग्दैन यो मेरो, हात मा के छ त्यस्तो ?
कति पिए पत्तै लाग्दैन, बेहोशी भएसी नशा चढेर
एउटा मान्छे लाइ अर्कै बनाउने, मात मा के छ त्यस्तो ?
बोतल सानो झोल थोरै, तागत कति हो नापी नसक्नु
कमजोरलाइ राजा बनाउने यस्को, औकातमा के छ त्यस्तो ?
नखा भन्छन वरपरका, के था उनलाइ खानुको मजा
जे छ सबैथोक यसैमा त छ नl जावो, भातमा के छ त्यस्तो ?
-अभागी कान्छा गाउँले-
मेरो मुटु भनि फोटो, छुदै छिन् कि मेरी आमा !
सम्झिएर हिजो आज, रुदै छिन् कि मेरी आमा !!
कति दु:ख खेप्दै होलिन्, बेहिसीमा कैले-कैले
सम्झी-सम्झी मुर्छा पनि, हुदै छिन् कि मेरी आमा !!
गरिबीले सबै लुट्यो, एक्लै पारी परदेसिएँ
आँशुले नै मुहारलाई, धुदै छिन् कि मेरी आमा !!
बिहानीमा बुढो ज्यान, ऐया आथ्था गर्दै पनि
गोठ भित्र कैली गाई, दुदै छिन् कि मेरी आमा !!
-आस्था दाहाल-
संगीहरुको हुलमा हुदा मलाई उसले डाकेपछि ।
के गरु म रातो गुलाफ मेरै सामु राखेपछि ।
उम्काउनलाई प्रयास मैले नगरेको होइन,
कति गरु अस्वीकार गर्दा गर्दै थाकेपछि ।
उसका पछि लाग्ने पनि थिए होलान् कति कति,
गल्दै गए नजर बाडले मलाई मात्र ताकेपछि ।
उ मेरो अनि म उसकै लागी जन्मेको रे
हार खाए मलाइ पाउन देवी देवता भाकेपछि ।
फलाम होइन मेरो मन पगाल्नलाइ आगो चाहिने
विवश भए उसको माया जालले मलाइ ढाकेपछि ।
शनैः शनैः छहारीको अभाव दुख्न थाल्यो
गरें स्वीकार म मा पनि मायाको बेल पाकेपछि ।

नबोलेरै धेरै बोल्ने पाठकलाई सलाम !
नबोलेरै धेरै जित्ने जनतालाई सलाम !
नबोलेरै युद्ध गर्ने कलमलाई सलाम !
नबोलेरै भाव ब्यक्त अनुभूतिलाई सलाम !
नबोलेरै शुन्य मृत्यु परमधामलाई सलाम !
कमेन्ट कस्तो लाग्यो ?:
0
0
कठ्याङ्ग्रियो तुसारोले पिरतिका मुनाहरु !!
बिगारीद्यो चेपारोले पिरतिका मुनाहरु !!
दुस्मनका आँखा लाग्दा मेरो पिरतिमा !
ढुट्टै पर्यो झटारोले पिरतिका मुनाहरु !!
चोखोमाया गर्दा मैले बाधा अड्चन् धेरै भेटेँ !
बढ्न देन तगारोले पिरतिका मुनाहरु !!
नजरमा नजर् जुधाइ माया लाउन सुरु हुँदा !
चेपी दियो अप्ठ्यारोले पिरतिका मुनाहरु !!
सूर्य सँगै लाँली बोकी चाहन्थे म फैलिरहुँ !
छोपी दियो अध्यारोले पिरतिका मुनाहरु !!
कल्लेरि-९,धादिङ
हाल्,दोहा,कतार
कमेन्ट कस्तो लाग्यो ?:
0
0
आज म सात समुन्द्र पारी आउँदैछु
तिमीलाई भेट्न आबुधाबी आउँदैछु
यात्रा भरी काँडाहरु छेकिदिन्छ बाटो
पन्छाउँदै काँडा भागी भागी आउँदैछु
मस्जिद मन्दीर धाएँ चैत्य गुम्बा धाएँ
भगवान लाई हात मागी आउँदैछु
पाउन म तिमीलाई जे नि गर्न सक्छु
त्यसैले त घरबार त्यागी आउँदैछु
नसोध भो मेरो लागि के के गर्न सक्छौ
छोडेर नेपाल तिम्रो लागि आउँदैछु
कमेन्ट कस्तो लाग्यो ?:
0
0
फुल्न कहिले नपाएका सयौ थरि फुल हामी
कसिंगर भै बिझाईएको नजरको धुल हामी
पहिचानको कुरा गर्दा देश द्रोही नाम पाइयो
समानताको दियो बाल्न सधैनै ब्याकुल हामी
आफ्नै घर जलाउनेलाई ढोका खोलि बास दियौ
कति सम्म अचम्मको उदारताको मूल हामी ?
अरुको हक खोस्न हुन्न आफ्नो छोड्न हुन्न
अब चाहिँ लौ कुरा बुझ्न नगरौ है भुल हामी
कमेन्ट कस्तो लाग्यो ?:
0
0