अपडेट : प्रहरीले आज गुप्तालाई अदालतमा पेश गरी अनुसन्धानका लागि चार दिन हिरासतमा राख्ने अनुमति लिएको छ । त्यस्तै प्रहरीले अपहरणमा सहभागी सबै (पाँच जना) लाई पक्राउ गरेको जनाएको छ ।
नेताहरु मन्त्री बन्छन् । पदमा बस्छन् । तर तलब र भत्ता त कति नै हुन्छ र । फेरि नेपाल जस्तो मुलुकमा लामो समय पदमा बसिरहन पनि त पाउँदैनन् । फेरि सबैका आकाश छेड्ने गरिका महलहरु किन हुन्छन् हँ ? आमनेपालीको भन्दा अति नै माथिल्लो जीवनस्तर कसरी मेन्टेन गर्छन् हँ नेताहरुले ? नेताहरुले त्यत्रो पैसा कसरी कमाउँछन् ?
![]() |
| वास्तविक भिलेन को ? तस्विर साभार : फेसबुक |
सोझा हामी सोझै जवाफ । घुस खाएर । कमिसन पड्काएर । कतिले त उपहार पनि पाउँछन् रे । तर यति मात्र त होइन रहेछ । नेताहरुको आम्दानीको स्रोत फिल्ममा देखाए जस्तो पनि हुँदोरहेछ । अँ, त्यस्तै क्या । अपहरण, फिरौती आदि, आदि ।
हो, अपहरण र फिरौतीलाई आम्दानीको स्रोत बनाएका (खल) नेता हुन् – श्यामसुन्दर गुप्ता । आज उनलाई प्रहरीले हिरासतमा लिएको छ
अपहरण कस्को र कसरी गरियो ? गुप्ता कसरी पक्राउ परे ?
संघाई ग्रुपका मालिक पवनकुमार संघाई गएको पुस ७ मा एकाबिहानै काठमाण्डौको कमलादी गणेशस्थान दर्शन गर्न गएका फर्किएनन् । बैंक, बिमा कम्पनी, डिपार्टमेन्टल स्टोर, चिया उत्पादन, कमलपोखरीको सिटी सेन्टर जस्ता हाइप्रोजेक्टमा लगानी गरेका संघाई एकाएक हराउँनु आफैमा खतराको संकेत थियो । अझ तराई रेड आर्मी नामको समूहले परिवारलाई फोन गरेर दश करोड मागे पछि अपहरण भएको पुष्टि त भयो । तर अपहरणमा परेको कयौँ दिन बित्दासम्म पनि प्रहरीले सुइँको पाउन सकेन, साँच्चै कै अपहरण तराई रेड आर्मीले नै गरेको हो या अरुले नै ।
पुस २७ गते पवन आफै घर आइपुगे । परिवारजनले फिरौती तिरेर मुक्त गराएको भनिए पनि कति रुपैयाँ तिरेको हो भन्ने थाहा भएको थिएन । हल्ला ५ करोड तिरेको भन्ने सम्म आएको थियो । वास्तविक कुरा बाहिर आएकै थिएन । महानगरीय प्रहरीको अपराध महाशाखाले भने अनुसन्धान गरिरहेको रहेछ । अनुसन्धानका क्रममा हिजो हेटौडाबाट काभ्रेका आकाश लामा र हेटौडा पदमपोखरीका बिकाश लामा भन्ने जितबहादुर गोले पक्राउ परेछन् । उनीहरुले भनेपछि पो थाहा भयो – कहाँको तराई रेड आर्मी समूहले अपहरण गर्नु ! यो अपहरणका योजनाकार त पूर्व मन्त्री, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष तथा हालका सभासद श्यामसुन्दर गुप्ता पो रहेछन् । यो कुरा थाहा पाएपछि प्रहरीले आजै भैरहवाबाट गुप्तालाई पक्राउ गरेको थियो । उनलाई अहिले काठमाडौँ ल्याइएको छ ।
अहिलेसम्म प्राप्त थप विवरण
संघाईलाई अपहरण गराएर करोडको माग गरे पनि बार्गेनिङमा ८५ लाख रुपैयाँ लिएका रहेछन् । अपहरण गराएर उनीहरुले पवनलाई काभ्रेको सस्र्युखर्कको घरमा २० दिनसम्म बन्धक बनाएर राखेका रहेछन् । अपहरणमा सहयोग गरेवापत आकाश लामा र विकाश लामालाई ४/४ लाख रुपैयाँ दिएका रहेछन् । त्यसमध्ये पक्राउ परेका आकाश लामाबाट ३ लाख ५५ हजार र बिकास लामाबाट २ लाख रुपैयाँ बरामद भएको रहेछ ।
अब के हुन्छ ?
शिरमा टिका लगाएका श्यामसुन्दर गुप्ताले अरु धेरैलाई टिका पक्कै लगाएका छन् । यसैले उनका पार्टीका समर्थकहरुले यसलाई पार्टीविरुद्धको षड्यन्त्रको रुपमा लिन सक्छन् । अझ मधेसका विरुद्धमा भनेर तिनहात उफ्रिएको देख्न परे पनि अचम्म भने हुने छैन । गुप्तालाई अन्य अपराधीलाई जोख्ने तराजुमा राखेर नै कारवाही हुन्छ या हुँदैन देखिने छ । थप अनुसन्धान हुने नै छ । अनि, जे भएपनि राजनीतिको खोल ओडेर कसरी अपराध हुँदोरहेछ भन्ने त देखिन्छ नै ।

नेपालमा फाँसीको सजाय हुनै पर्छ । नत्र यस्ता नेताहरु कसरी तह लगाउँने ? खुल्ला ठाउँमा लगेर झुन्ड्याउँनु पर्ने ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
नेपालमा फाँसीको सजाय हुनै पर्छ । नत्र यस्ता नेताहरु कसरी तह लगाउँने ? खुल्ला ठाउँमा लगेर झुन्ड्याउँनु पर्ने ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
साँच्चै नै मधेसमाथिको षड्यन्त्र भनेर कराउँन बेर लगाउन्नन् । तर जे भए पनि अनुसन्धान रोकिन हुन्न । यस्तालाई कारवाही हुनै पर्छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
साँच्चै नै मधेसमाथिको षड्यन्त्र भनेर कराउँन बेर लगाउन्नन् । तर जे भए पनि अनुसन्धान रोकिन हुन्न । यस्तालाई कारवाही हुनै पर्छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मान्छे हेर्दै गुन्डा जस्तो छ । यस्ताबाट यो भन्दा धेरै त के नै पो आश गर्न सकिन्छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मान्छे हेर्दै गुन्डा जस्तो छ । यस्ताबाट यो भन्दा धेरै त के नै पो आश गर्न सकिन्छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
व्यापारी संघाइको अपहरणमा पूर्वमन्त्री गुप्ता रहेछन् मुख्य योजनाकार । उनी पूर्वमन्त्री पनि हुन् ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
व्यापारी संघाइको अपहरणमा पूर्वमन्त्री गुप्ता रहेछन् मुख्य योजनाकार । उनी पूर्वमन्त्री पनि हुन् ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
Yesta man6elai DESH nikala garnu par6.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
Yesta man6elai DESH nikala garnu par6.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मलाई त लाग्छ बुडाले हिन्दी फिल्महरु निकै हेर्ने गरेका रहेछन क्यारे अनि त्यहि फिल्मको सिको गरेर अपहरन गरे………………. बुडा सचिकै नेता परे सधै हिन्दी फिल्म हेर्दा अन्तिम सम्म नहेरेका रहेछन यदि हेरेको भय त अन्तिममा हुने त त्यहि हो जो उनि माथि भयको छ………… त्यसैले खबरदार फिल्म हेर्दा फिल्ममा हुने राम्रो र नराम्रो बिचको लडाई मा जहिले पनि राम्रो को जित हुन्छ…… सिखो नै गर्नु परछ भने राम्रो पक्षको सिखो गरौ नत्र होला नि फेरी इनैको पारा ……..

मधेशमा बस्ने नेपाली होस्,हिमालमा बस्ने नेपाली होस्,पहाडमा बस्ने नेपाली होस्,पूर्वमा बस्ने वा पश्चिममा बस्ने नेपाली होस् हामी चार जात छत्तिस बर्नका फुल हौ र नेपाल त्यो फुलको फुलबारी हो/तर केहि बर्ष यता आएर मधेशमा बस्ने नेपालीलाई भेडा बाख्रा बनाएर केहि श्याम सुन्दर गुप्ताहरूले मधेशको नाममा गोहीको आशु बगाएर जनतालाई भत्काउने काम मात्र गरेनन साह्रै घिन लाग्दा काम पनि गर्न पछी परेनन्/अहिले आएर सभासद जस्तो पदमा पुगेको व्यक्तिले यत्रो घिन लाग्दो काम गर्छ भने यस्ता सभासदले बनाएको संबिधान कस्तो होला?गरिब नेपालीको अरबौ रुपैया र अमुल्य समय अनि जनातालो बलिदानी त्यसै खेर जाने निश्चित छ/

“यो मधेश आन्दोलन विरुद्ध को सड्यन्त्र छ , येश मा बिदेशी को पनि हात हुन सक्छ, गुप्ताजी लाई छिटो छोड, नत्र हामी नेपाल बन्द गर्छु “, तराईका पार्टीको वक्तब्य येसरी आउने छ भोलि ! जबसम्म नेपालमा यी तराई का नेताहरुको असतित्यो समाप्त हुदैन नेपालमा सान्ति को सुरुवात हुदैन!

मलाई त पहिलै शंका लाग्थ्यो हेर्दै हिन्दि फिल्मको खलनायक जस्तो छ । भन्न त भन्थे चामल हेर्न बोरा पल्टाउनु पर्दै एक मुठ्ठी निकाले कफी हुन्छ भनेर त हो रहेछ ।