अँ ! हिजोको कुरा । हिजो पुत्ला जलाउँन दिइएन । कति न ठुलै नैतिकता भएका नेताहरुको पुत्ला जलाउँन लागिएको र पुत्ला जलाएपछि नेताले पदबाटै राजिनामै ठोक्ने भएकाले बचाउँनै पर्ने जस्तै गरि पुत्ला खोसियो । लाठीचार्ज गरियो । पुत्ला जलाउँन दिइएन । पुत्ला जलाउँन दिएर तिनीहरुको रिस मर्दो हो त दिएकै भए हुन्थ्यो नि । न नेतालाई पोल्ने, न नैतिक संकट जन्मिने । बेकारको दुख र सास्ती, पुलिस र जलाउँन खोज्ने दुबैलाई ।
आज बन्द भयो । बन्दमा कसैलाई छोडिएन । पत्रकारहरुलाई प्रेस लेखेको वाहन चढेपनि वा उज्यालो रंगको ज्याकेट भिरे पनि परिचयपत्र जाँच गरेर मात्रै जान दिइयो । माथि तस्विरमा हेर्नुभयो होला । फोहोरको गाडी र एम्बुलेन्स पनि रोक्न लगाएर हेरे । पर्यटकमात्र बोक्ने भनेका गाडी रोकेर भित्र छिरेर हेरे । भन्दै थिए नेपाली भए हुदै हुदैन, विदेशीलाई छुट । आफ्नै पहिचानलाई लात हान्ने बन्दकर्ताको दिमाग देखेर मेरै दिमाग दुख्ला झै भयो ।
मैले गौशालाबाट कोटेश्वरको बालकुमारी पुलसम्म पुग्दा दुईपटक बाइक डोर्र्याउँन पर्र्यो । ठुलो सडकमा हिड्न पाइएन । गल्ली चहार्नु पर्र्यो । बेला बेला बाटो काट्न सडकमा निस्कदा पुलिसहरु नै यताभित्रको बाटो जानुस्, त्यता बसिरका छन् भन्दै गल्ली देखाउँथे । सुरक्षा दिने पुलिस नै बन्द गर्नेहरुसँग डराएका बेला मलाई भक्ती थापा बन्नु थिएन । गल्लीमा पसेँ ।
अन्त्यमा, डेरा फर्कदै गर्दा झ्वाट्ट गल्लीबाट निस्किएर मुल सडकमा के पुगेको थिएँ, मेरै पछाडिबाट एक हुल बन्द गर्नेहरु आउँदै रहेछन् । नेपालको झन्डा तिनीहरुको हात अशोभनिय तालले थरथराउँदै थियो । लाज मर्दो नेपालीलाई चै गाडीबाट छानी छानी ओरालेर विदेशीलाई जान दिनेहरुका मनमा पनि झन्डा चै बोक्नु पर्छ भन्ने लाग्दो रहेछ । मनमा यस्तै मात्र खेल्दै थियो, ठुलो लाठीमा बटारिएर झन्डा मैतिर आयो । ‘हान् हान्’ ‘नछोड्’ ‘ठोक् ठोक्’ ‘समात’ । आवाज आयो । बाइकको स्पिड ह्वात्तै बढाएँ । धन्न मलाई लागेन । ब्रेक कहाँ छ सोच्दै नसोची म डेरामा आइपुगेँ ।
दुईदिनको अनुभव पछि ब्लग लेख्न लाग्दा यही शिर्षक मनमा आयो । लेखेँ । बन्द गर्नेहरुले जुलुस निकाल्दा अगी अगी लागेर स्कर्टिङ गर्ने पुलिसलाई सायद माथिबाटै भनिन्छ होला, ‘धनजन जे होस् तर पुत्ला जल्नुहुन्न है ।’ नत्र पाँचजना बन्द गर्नेलाई धपाउँन ५० जना पुलिसले पनि नसक्ने त पक्कै हैन होला ।
अन्त्यमा फेसबुकमा प्राप्त यो सन्देश बाड्दै छु । ‘आज बन्द गर्ने यही समूह हो साथीहरु । फोन नम्बर छ यो विज्ञप्तीमा । फोन गरेर सोधौं, बन्द गरेर दुख दिएर के पायौ भनी । एक मिनेट फोन गरेको कति नै पैसा पर्छ र !’



हो यो चै अति नै हो . बन्द र हड्ताल गर्ने लाई नै पुलिस अगी पछी लाएर सुरक्ष्य दिने कारण के हो?
कमेन्ट कस्तो लाग्यो ?:
0
0
आज बन्द गर्ने यही समूह हो साथीहरु । फोन नम्बर छ यो विज्ञप्तीमा । फोन गरेर सोधौं, बन्द गरेर दुख दिएर के पायौ भनी । एक मिनेट फोन गरेको कति नै पैसा पर्छ र ! मैले त गरेँ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
ए तपाईले गर्नु भयो ? मैले गर्दा त फोन नै उठेन, नत्र एक पटक दामी थर्काउँने मन थियो /
कमेन्ट कस्तो लाग्यो ?:
0
0
बन्द गरेर फाइदै भो / आफ्नै देशमा दोस्रो दर्जाको अन्य नागरिकमा परिया थियो , अब त गाँठे आदिवासी हुने भइयो
कमेन्ट कस्तो लाग्यो ?:
0
0
बन्द हड्ताल गरेर तोडफोड गरेर के पाइन्छ ? आफ्नो देश को रछ्या त parai jaawash
गाडी todne सवारी साधन को
पर्योग गर्ने यो राम्रो होइन
कमेन्ट कस्तो लाग्यो ?:
0
0
ठिकै हो । नेताको पुत्ला कट्टु सबै बचाउँनु पर्छ । जाबो जनता भनेको त के हो र
कमेन्ट कस्तो लाग्यो ?:
0
0