आज नेपालमा ११ वटा प्रदेशहरु तोकिनेछ भनेर सहमति भएको छ । ठ्याक्कै नभएपनि लगभग कुन-कुन जिल्ला एउटा प्रदेशमा पर्दारहेछन्, हेरौं न त !
संख्याको सवालमा टुंगोमा पुगे पनि दलहरु प्रदेशको नाम के हुने र सिमा कति हुने भन्नेबारेमा भने टुंगोमा पुग्न सकेनन् । यसको मुख्य कारण त स्थानियरुपमा अहिले चलिरहेको विवाद नै हो । एउटै क्षेत्रमा फरक फरक नाम र सिमानाका लागि दबाबका कार्यक्रमहरु भइरहेका छन् । यसैले दलहरुले ‘पछि निर्णय गर्ने है’ भन्ने सबैभन्दा सजिलो बाटो छानेँ । खुलस्त भन्नुपर्दा फ्याट्ट प्रदेशको नामाकंन र सिमाकंन गरेर विवाद निम्त्याउँने र भोट कटाउँने काम गर्न डराए । तर अहिले त्यसो गर्नु वास्तवमै आगोमा घिउ थपे जस्तै हुन्थ्यो पनि । अब पछि भन्नाले राष्ट्रपति र संसदको चुनाव भइसकेपछि प्रदेशकै संसदले आफ्नो प्रदेशको नाम राख्नेछ भने केन्द्रिय संघीय आयोगले सिमाकंन गर्नेछ ।
कोष्टकमा भएका जिल्लाहरु एउटै प्रदेशमा पर्ने सम्भावना
- (इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा)
- (खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर)
- (रामेछाप, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र रसुवा)
- (काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन)
- (कास्की, लमजुङ, गोर्खा, तनहुँ, स्याङ्जा, पर्वत)
- (गुल्मी, पाल्पा, अर्घाखाँची, सल्यान, प्युठान, रोल्पा, रुकुम)
- (भेरी र कर्णाली अञ्चलका सबै जिल्ला)
- (सेती र महाकाली अञ्चलका ९ जिल्ला)
- (बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी)
- (पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी)
- (सुन्सरी, मोरङ र झापा)
बाग्लुङ र म्याग्दी जिल्लालाई गण्डकी क्षेत्रमा राख्ने कि ‘मगरात’ क्षेत्रमा राख्ने विवाद छ । त्यस्तै काठामाडौं उपत्यकासँग चितवन र मकवानपुर राख्ने कि नराख्ने भन्नेमा पनि विवाद छ । कैलाली र कञ्चनपुरमा बारे जनतमसंग्रहसम्म गर्नुपर्ने हुनसक्ने हुनाले त्यसलाई पनि टुंगो लगाइएको छैन । प्रदेशको नाम भने प्रस्ताव नगर्ने सहमति भएको छ ।
नोट : अहिलेसम्म प्राप्त जानकारी अनुसार एउटै प्रदेशमा पर्ने जिल्लाहरुको नामावली यही हो । तर अन्तिम रुपमा भने केही फेरवदल हुन सक्नेछ ।
तपाईलाई यो राज्य पुनर्संरचना कस्तो लाग्यो ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोस् है

हाम्रो त निकै ठुलो प्रदेश हुने भएछ . (रामेछाप, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र रसुवा)
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हैन यो संघीयताको आधार चै के हुने ? नेपाल के को आधारमा संघीय भयो ? जातको आधारमा त हैन नि है
कमेन्ट कस्तो लाग्यो ?:
0
0
Those f**** politicians trying to divide us in the name of caste, religion and….
We must not support them!
कमेन्ट कस्तो लाग्यो ?:
0
0
यो त बिल्कुल गलत छ / यस्तो प्रदेस को बिरोध गर्नु आजको नेपालको आबस्यकता हो / यसमा सबैले आवाज निकाल्नु हुन अनुरोध गर्दछु ,जाति जाति लडाएर कुनै नेपाली को हित मा छैन / हामी सबै नेपाली हौ वन्ने नबिर्सौ /प्रदेस को सिमंकन गर्दा उत्तर दछिन बनाउनु आबस्यक छ /यसलाई भौगोलिक नाम बाट नामकरण गरिनुप्रदछ / यसरि गर्यो भने नेपाल ,नेपाल हुने छ! नेपाली ,नेपाली रहनेछन !
कमेन्ट कस्तो लाग्यो ?:
0
0
यो प्रदेश बिभाजन त ठिकै छ, तर यिनीहरु को नामकरण चै भौगोलीक आधार मा गरिनु पर्दछ ,जाति को आधार मा होइन / नत्र नेपाल को लागि राम्रो हुदैन/
कमेन्ट कस्तो लाग्यो ?:
0
0
अब लडाइ जति प्रदेशमै हुने भो / केन्द्रका नेतालाई हाइसञ्चो / सारै बुद्वि भका नेता हउ हाम्रा त
कमेन्ट कस्तो लाग्यो ?:
0
0
तिमि बाहुन हरुले मात्र भनेर हुन्छ , अब पनि हामी माथि सासन गरुला भन्ने सोच गरको होला अब छाडे हुन्छ
कमेन्ट कस्तो लाग्यो ?:
0
0
Mana Gurung जी के भन्या यस्तो । किन अधिकारकै कुरा गर्दा गाली गरे सरह गर्नुहु्नछ । राम्रा मान्छे चिनेर बोल्नुस्, खाली हाम्रा मान्छे भनेर हुँदैन । म पनि लिम्बुको छोरो हुँ ।अधिकारका कुरा गर्दै हिड्ने लिम्बुहरुको हैसियत मलाई पनि थाहा छ । मेलामा खुकुरी र तरबार लिएर नहिड्ने हो भने मात्रै पनि हामी लिम्बु र गुरुङहरु यस्ता हुने थिएनौं । दोष हाम्रो पनि टन्नै छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हाम्रो सिंगो नेपाललाई आखिर भिभाजन गरेरनै छाडियो neta हरुले अब देशको के हुने हो अब कसैलाई पनि थाहा छैन |
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हाम्रो सिंगो नेपाललाई आखिर भिभाजन गरेरनै छाडियो neta हरुले / अब देशको के हुने हो अब कसैलाई पनि थाहा छैन |
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हो यो भौगुलोक आधार मा हुनु पर्छा / जातिया आधारमा भायो भने राम्रो हुने ६इन , झनै काट मार हत्या जस्ता प्रोब्लेम देखिन्छ
कमेन्ट कस्तो लाग्यो ?:
0
0
जातीय आधारमा राज्य बाँडियो भने के हुन्छ आजको अराजकता हेरे पनि पुग्छ । के नारा हो यस्तो. ‘क्षत्रीको रगत चाटिन्छ बाहुनको नाक काटिन्छ’ यस्ता नाराहरुले देश बनिन्छ । यस्तै हो भने त भो चाहिएन संघीयता ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
यस्तो अराजकता त निकै नराम्रो हो
कमेन्ट कस्तो लाग्यो ?:
0
0