सायद यीनीसँगै सकिन्छ एउटा भाषा !

तस्विर साभार : बिबिसी

नाम : ज्ञानीमैया सेन हो । उमेर : ७५ बर्ष । बिशेषता : एउटा भाषाको एक्ली वक्ता ।

हो ! यीनी एउटा भाषाको एक्ली वक्ता हुन् । अहिले नेपालमा मात्र बोलिने एक भाषा मज्जाले बोल्न सक्ने उनीमात्र एक्ली हुन् । उनको जातका लगभग सय मानिसहरु रहेको बताइन्छ तर उनी बाहेक खरर उनको मातृभाषा बोल्ने नेपालमा उनीमात्र हुन् । र, अचम्म लाग्दो कुरा यो छ कि उनले बोल्ने भाषा संसारमा रहेका कुनै पनि भाषापरिवारसँग मिल्दैन । उनी यस्तो दुर्लभ र अद्धितिय कुसुन्डा भाषा बोल्छिन् ।

नेपालमा कुसुन्डा समुदायका मानिसहरुको संख्या लगभग सयको हाराहारीमा भएपनि उनीमात्र कुसुन्डा भाषा बोल्न सक्छिन् । यसैले भन्न सकिन्छ उनीसँगै सकिन्छ यो भाषा । र उनीसँगै रहस्यमै रहन्छ एउटा सभ्यताको रहस्य ।

संसारका कुनै पनि भाषापरिवारसँग नमिल्नुको अर्थ हो, यो भाषाको निर्माण र विकास फरक किसिमले भएको हो । यो भाषा स्वयम्मा एउटा भाषापरिवार पनि त हो । एउटै देश एउटै महादेश अष्ट्रेलिया भने जस्तो ।

यस्तो फरक भाषा नेपालमा कसरी आइपुग्यो ? कसरी र कहाँ यसको विकास र विस्तार भयो होला ? खोतल्दै जाने हो भने पक्कै पनि थप अर्को सभ्यतामा पुगिएला । तर गर्ने कसले ? नामका पछाडी टासिएर आउँने जातले मात्र पहिचान खोजिन्छ यहाँ । त्यसकै लागि त हुन थालेका छन् दिनहुँ जसो बन्द, जुलुस र कोठेगोस्टी । यसले के दिन्छ र वास्तविक पहिचान ? पक्कै पनि दिदैन । पहिचानका लागि त सभ्यता र इतिहास चाहिन्छ । भाषाबिनाको सभ्यता केले प्रमाणित गर्ने ? राजामहाराजाबाट प्राप्त गरेका सुब्बा जस्ता थरहरुले ? यसैले जातलाई मात्र पहिचानको मानक नमानी यस्ता भाषा र साहित्यलाई पनि जोगाउँने जोड दिने हो कि !

नेपालमा भाषाहरु

नेपालमा बोलिने भाषा ९२ छन् । एक लाखभन्दा बढी वक्ता भएका भाषाहरूमा, नेपाली, मैथिली, भोजपुरी, थारू -डगौरा/राना), तामाङ, नेवार, मगर, अवधी, बान्तवा, गुरुङ, लिम्बू, बज्जिका, उर्दु, राजवंशी, शेर्पा र हिन्दी छन् ।

एक लाखभन्दा कम वक्ता भएका- चाम्लिङ, सर्थाली, चेपाङ, दनुवार, झागड/धागड, सुनुवार, बार्ला, मारवाडी -राजस्थानी), माझी, थामी, कुलुङ, धिमाल, अङ्गकिा, यार्खा, थुलुङ, साङपाङ, भुजेल/खवास, दराई, खालिङ, कुमाल, थकाली, छन्र्याल/छन्तेल, नेपाली सांकेतिक भाषा छन् । यसैगरी तिब्बती, दुमी, जिरेल, वाम्बुले/उम्बुले, पुमा, ह्योल्मो, नाछिरिङ, दुरा, मेचे, पहरी, लेर्चा/लाप्चे, बोटे, बाहिङ, कोई/कोयु, राजी, हायु, यासी, याम्फु/याम्फे, घले, खडिया, छिलिङ, लोहोरुङ, पञ्जावी, चिनियाँ, अंग्रेजी छन् ।

एक हजारभन्दा कम वक्ता भएका भाषाहरूमा मेवाहाङ, संस्कृत, काइके, राउटे, किसान, चुरौटी, बराम/भ्रामु, तिलुङ, जेरोङ/जेरङ, दुङमाली, उडिया छन् । एक सयभन्दा कम वक्ता भएका भाषाहरूमा लिङखिम, कुसुन्डा, सिन्धी, कोचे, हरियान्वी, मगही, साम, कुरमाली, कागते, जोङ्खा, कुकी, छिर्ताङ, मिजो, नागामी, ल्होमी, आसामी, सधानी छन् । सधानीका वक्ता २ जनामात्र देखाइएको छ । (स्रोत)

4 comments to सायद यीनीसँगै सकिन्छ एउटा भाषा !

  • बद्रि गुरुङ

    जातका कुरा र जातियाताको कुरा गर्ने सबैलाई पढ्न अनुरोध गर्छु यो लेख

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • अश्विनी कोइराला

    यस्तो पनि भाषा रहेछ नेपालमा, न कुनै भाषापरिवारको न अब कुनै बोल्ने मान्छे . फरक नेपाल

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • अशोक

    संसारको कुनै परिवारसित पनि मिल्दैन । यो भाषा एउटै मझेरीमा बोल्न पाउने रोल्पा टुनी बोटकी पुनी ठकुरी र उनकी छोरी कमला खत्री मात्र छन् । परिवार र छरछिमेकमा अर्को बोल्ने मान्छे नै नभएकाले देउखुरीकी ज्ञानी मैयाँ सेन र दाङका प्रेम बहादुर शाही आफ्नो परिवारमा कसैसित पनि आफ्नो मातृभाषा बोल्न पाउँदैनन् । त्रिभुवन विश्व विद्यालय, भाषा विज्ञान केन्द्रीय विभागमा कुसुन्डा भाषाको अभिलेख भइरहेका वेलामा कीर्तिपुरका एउटै डेरामा बस्ता कमला खत्री, ज्ञानी मैयाँ सेन र प्रेम बहादुर शाहीले आफ्नो मातृभाषामा बोल्ने मौका पाएका थिए । त्यति वेला उनीहरूले बिर्सिसकेको भाषा पनि केही पलाएको अनुभव गरेका थिए । ती तीन जना बाहेक कुसुन्डा भाषा बोल्न सक्‍ने अर्घाखाँचीमा अरू दुई जना कुसुन्डा भाषा बोल्न सक्छन् भन्ने सूचना ज्ञानी मैयाँ सेनले दिएकी छिन् । कुसुन्डा भाषाको सामान्य अभिलेखीकरण त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभाग र नेपाल आदिवासी उत्थान राष्ट्रिय प्रतिष्ठान मिलेर गरेका छन् (हेर्नू वाटर्सहरू २००५ इ), तर त्यो भाषा लोप नहुँदै त्यसको सघन अभिलेखीकरण गरिहाल्नु पर्ने खाँचो छ ।
    http://madhavpokharel.com.np/?p=65 बाट साभार गरिएको ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 1 Thumb down 0

  • Kamala Basnet

    देशमा यति राम्रो राम्रो कुरा छन् तर कसले खोज्ने यहाँ त राज्य मात्र खोज्नेहरु छन् ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

4 Users Online