अखण्ड सुदुरपश्चिम चाहियो भनेर बन्द गर्नेहरुले दुईहप्तादेखि लगातार सुदुरपश्चिम बन्द गराइरहेका छन् । तिनलाई केन्द्रबाट तिनका माउले भयो बन्द नगर भन्दा पनि भएन । बन्द नै अचुक अस्त्र देखे । सक्ने तिनले त्यति नै थियो, गरे, गरिरहेका छन् । सरकारले लौ वार्ता गरौं भनेर बोलायो । ति पचासजनाको टोली भएर काठमाण्डौं आउँदैछन्, घरानियाँको बिहेमा हिडेका जन्ती झैँ । तिनलाई लागिरहेको होला, सरकारले बजेट भाषणमा रकम बाँडेजस्तो बाड्दैछ संघ र राज्य । ति संविधानसभाको बारेमा जान्दैनन् कि नजाने जस्तो गर्दैछन्, तिनले नै बुझुन् । ति सरकारसँग अखण्ड राज्य माग्न आउँदैथिए, बडा युद्ध जिते झै गरि । तर तिनले बिर्सिएका थिए, हरेक बाउको बाउ हुन्छ । वेगसँग हान्निएर राजधानी आउँदै गरेका तिनीहरु अर्कै समूहले गरेको बन्दमा फँसेछन् । तपाईलाई एउटा प्रश्न, आफ्नो अधिकारका लागि बन्द गर्न पाइन्छ भनेर बन्द गर्नेहरु नै अर्कोको अधिकार माग्दै भएको बन्दमा फँसेपछि चै के गरे होलान् ?
दुबै समूहको भेट भयो । ‘ओहो तपाईहरु पनि बन्द गर्दै ! लौ ठिक छ गर्नुपर्छ भन्दै अंगालो हाले होलान् ।’ यस्तो त सोच्दै नसोच्नुस् । बन्दमा परेका वार्ता टोलीका एक सदस्य एउटा टेलिभिजनमा टेलिफोनबाट भन्दै थिए, ‘हामी बन्दमा फँसेका छौं । हामीले बन्द गर्नेहरुलाई हामीलाई ठुलै जिम्मेवारी छ, छाडिदिनुस् भन्दा पनि उहाँहरुले मान्नु भएन’ । कति हास्नु ! तिनको मात्रै काम हो । अरु को चै केहि होइन ? तिनका नजरमा त मरेर भारतमा दुख गरेर कमाएको तीनहजार घर पुर्र्याउँने हिडेकाहरुको सबै नगद बन्दकै कारण रोकिनु पर्दा सकिएको कुरा केही होइन । बिरामी घरमै अड्डिकएको कुरा पनि केही भएन । अरु दुख त भनिसाध्ये छैन । दुई हप्ताबन्द हुँदा के के मात्र भइसक्यो होला, तिनलाई छोएन । तर एकदिन रोकिदा तिनलाई सकस भइरहेछ । ‘खुचिङ’ भन्ने मुडमा छु म ।
अँ साच्ची ! म भर्खरै भेटेर दुईबन्द कर्ताले अंगालो हाले कि भन्ने कुरा गर्दैथिएँ । के को त्यस्तो हुनु त भनेकै हुँ । तर अहिले त अति गरेछन् । आफ्नो अधिकारका लागि जागिरहेका (यो जागेका हुन् कि अराजक भएका यसका बारेमा अहिले छलफल नगरौं) हरुले अधिकारका लागि जागिरहेका अर्को समूह भेट्दा सम्मान र सहकार्य गर्नु पर्ने हो तर सुदुरपश्चिमकाले त सहकार्य र सम्मानलाई त गोली हान्दिएँ नै । बरु हाम्रा नेतालाई बन्दमा थुन्ने ! भन्दै कैलालीको लम्कीदेखि कोहलपुरसम्म जाने विद्युतको राष्ट्रिय प्रसारण लाइन अवरुद्ध पारिदिएछन् । यो त अत्ति नै भएको होइन र ? यसरी प्राप्त हुन्छ संघीयता ? यसले बढाउँछ भौगोलिक सहिष्णुता ? थुइक्क तिमीहरुको बुद्धी भन्ने मुडमा छु म ।
खराब संकेत हो यो
सुदुरपश्चिम र मध्यपश्चिमबीच देखिएको यो द्धन्द्ध पक्कै पनि शुभ संकेत भने होइन । संघीयता लहडमा पाइने र माग्दा हाशिल हुने कुरा पक्कै नहुनु पर्ने हो । संघ आफैमा टिक्न सक्छ कि सक्दैन भन्ने कुरा मुख्य भएर आउँनु पर्ने हो । तर अहिले नेपालमा त्यस्तो देखिएको छैन । सबैलाई आफ्नै राज्य चाहिएको छ त्यो पनि अखण्ड । आफु अखण्ड हुँदा अर्को कोही खण्ड खण्ड भयो कि भन्ने सोच्नेहरुको बोली झिनो छ ।
नेपाल संघीयतामा जान्छ नै । र, संघीयता नेपालको विकासमा सहायक हुन्छ नै । तर अहिले देखिए जसरी प्राप्त संघीयताले नेपाललाई अग्रगामी दिशा दिन कदापी सक्दैन । अखण्ड सुदुरपश्चिम चाहियो भन्दै काठमाण्डौ आएको जन्ती टोलीले यो बुझोस् कि संघीयता तिनीहरुको मात्रै मुद्दा होइन । संघीयता अरुको पनि अधिकारको कुरा हो । कुनै पनि मागमा बन्द गराउँने तिमीहरु दुबै पक्षको कार्य गलत छ । र, बिजुलीसम्म काट्ने हर्कत त झन् भर्त्सना योग्य छ ।
तपाईलाई अनुरोध
आफुले दुइहप्तादेखि बन्द गर्दा केही नहुने तर आफु थुनिदा चै बिजुली लाइन काटिदिने सुदुरपश्चिमका महान् अधिकारवादीहरुलाई तपाईहरु के भन्न चाहनुहुन्छ ? तल कमेन्टमा लेख्नुहोस् है ।

खुचिङ भन्छु म पनि ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
आफनो अधिकारको लागि आवाज उठाउनु राम्रो हो तर अरुलाई केही विगार नगरि आवाज उठाउनु पर्छ बन्द गर्नाले सबैलाई अफ्टयाएको भएको । अहिले यो समाचार पढदा एक दमै खुशि लागेको छ कि बन्द गर्ने टोली आफै बन्दमा परेको छ । धन्यवाद छ अर्को बन्द गर्ने टोली लाई र वाहाँहरुलाई जान नदिनुहुन अनुरोध पनि गर्दछु ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
भोलि बन्द होला कि नहोला मलाई भोलिको कुरा आजै चिएको छ. प्रतिमा
कमेन्ट कस्तो लाग्यो ?:
0
0
प्रतिमाजी तपाईले पानीफोटोको यो भन्दा अगाडीको पोस्ट पढ्नु भएनछ । गणेशजीले भन्नु भएको छ कुनै पनि हालतमा भोली हुने वा भविष्यमा हुने बन्दको बारेमा छलफल र चर्चा नगरौं, यसले बन्दकर्तालाई बन्द गर्न त बल दिन्छ नै बन्दको बिरोध गर्नेलाई पनि हतोत्साहित बनाउँछ । यसैले प्रतिमाजी भन्दैछु, भोली काँ बन्द हुनु ।
यो लेखहरु पढ्न अनुरोध गर्दछु प्रतिमाजीलाई
- बेकारमा किन बन्दको ‘एम्बेस्डर’ बन्ने !
- “भोली बन्द हो ?” “होइन, होइन काँ हुनु !”
कमेन्ट कस्तो लाग्यो ?:
0
0
आफुले दुइहप्तादेखि बन्द गर्दा केही नहुने तर आफु थुनिदा चै बिजुली लाइन काटिदिने सुदुरपश्चिमका हरुलाई पहिले त बन्दमा थुनीअकोमा ठिक्क पर्र्यो भन्न चाहान्छु/ अब त बन्दले कति सास्ती दिन्छ भन्ने बुझ्नु पर्ने कुरा हो/
बिजुली काट्ने कुरा कुनै हालतमा पनि राम्रो हैन, यसले त भौगोलिक द्वन्द बढाउछ/ सबैले आफ्नो अधिकारको कुरा गर्न पाउछन तर यसरी अर्काको अधिकारलाई हनन गर्नु हुदैन/
कमेन्ट कस्तो लाग्यो ?:
0
0
म संपूर्ण नेपाली जनसमुदाय लाई के बिनम्र अनुरोध गर्न चाहन्छु भने सबै नेपाली एक हुने बेला आएको छ! यसरी बंद हड़ताल गर्दा देशलाई नै नोकसान भैरहेको छ ! हामी गरीब नेपाली अझै गरीब हुदै गईरहेका छौ! हामी ले जनजातिको नाममा राजनिति गर्नु हुन्न! पहिलेको १४ अंचल लाई नै १४ प्रदेश को नाममा बिभाजन गरेर बिकाश गर्दै अगाड़ी बदनु पर्छ! १४ अंचलमा अलिकती कही धेरै थोरे हिमाल पहाड़ तराई लाई समेटर दुर्गम ठाऊको बिकाश गारी अगाड़ी बदनु पर्छ यदि यसो नभएमा भोली नेपाली नेताहरुको नेतृत्व जनताले स्वीकार गर्ने छैनन अनि नेपाली जनता नेताहरुको नियंत्रण भन्दा बाहिर हुनेछन अनि सम्हालन ग्राहो हुनेछ तेसईले ३ करोड़ नेपाली को साझा चौतारी नेपाल लाई सबै जनजातिको खुसी अनुसारको प्रदेशमा बिभाजन गर्नु पर्ला नत्र देश बर्बाद हुनेछ
कमेन्ट कस्तो लाग्यो ?:
0
0
तपाईको कुरासँग एकदमै सहमत छु म पनि / जात र अधिकार भन्दा ठुलो देश हो / देशै नरहे के हुन्छ ? हाम्रो पहिचान कहाँ पुग्छ ? यसैले सबैले बुद्दी पुर्र्याएर संघीयता बनाउँनु पर्छ
कमेन्ट कस्तो लाग्यो ?:
0
0