-हिमालचन्द्र बराल-
राष्ट्रिय सरकार निर्माण गर्ने प्रतिबद्धतासहित प्रमुख तीन दल र मधेसी मोर्चाले गरेको पाँच बुँदै सहमतिको विपरित एमालेले माओवादी र कांग्रेसले बिना छलफल मन्त्रीपरिषद गठन तथा मन्त्रालय बाँडफाँड गरेको आरोप लगाउँदै सरकारमा सहभागी नहुने निर्णय गरेर पुन: आफ्नो ढुलमुले चरित्रलाई उदागों पारेको छ । संविधान जारी गर्न बीस दिनको समय बाँकी रहदा उसले सरकार निर्माणलाई प्राथमिकता दिएर निरर्थक बखेडा झिक्नुले शान्ति र संविधान निर्माणप्रतिको गैरजिम्मेवारीपनालाई छताछुल्ल पारेको छ । सत्ता बाहिर रहदा पानी बिनाको माछा झै छट्पटाउँने एमाले आफै सिद्धान्तका ठुला कुरा गर्ने तर आफैले त्यसको धज्जी उडाउँने मामिलामा खप्पिस छ भन्ने तथ्य उसको विवादास्पद अतितले नै देखाउँछ ।
एमालेले आफुलाई ढुलमुले चरित्रको छैनौं भन्ने कुनै आधार नै छैन । हैन भने संविधान निर्माणसम्बन्धी गाँठो परेका जटिल मुद्दा सल्टाउँन छोडेर यो संगीन मोडमा उक्त पार्टीका अध्यक्षलाई जेठ १४ मा संविधान आउँदैन भन्दै हिड्न सुहाउँछ ? एमालेलाई संविधान पर्खेर आशातित नजरले बसेका जनताको अपेक्षा भन्दा कुर्सीको लालसा नै प्यारो लागेको छ ।
संविधानसभाको चुनावमा लज्जास्पद हार बेहोरेको एमालेले बिर्सनु हुदैन कि फेरि अर्को चुनाव पनि आउँछ । फेरि पनि उसले जनतासामू अनुहार देखाउँनु पर्छ । तर एमालेले बिर्सिए जस्तो छ, फेरि अर्को चुनाव पनि आउँछ भन्ने ।
अल्छि नगरी तल कमेन्टमा आफ्नो बिचार लेख्नुहोस् है । नयाँ विचार सुरु गर्न मन नभए कसैको कमेन्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ ।


एसो झल्लु र कोहि कोहि ले त जितेका थिए, अब त त्यो पनि सकिने भो/ अब चुनाब हुने कुरा मात्रै हैन, जनताले हामीलाई हेरिरको हुन्छ भन्ने पनि बिर्सियो/ हामी पार्टी हौ क्लब हैन भन्ने पनि बिर्सियो/
कमेन्ट कस्तो लाग्यो ?:
0
0
के कुरा गर्नु भाको. एमाले पनि पार्टी हो र ?
कमेन्ट कस्तो लाग्यो ?:
0
0
लेख एकदमै एक पक्षिय लाग्यो । यो लेखमा त संविधान बनाउँने सम्पुर्ण काम एमाले सरकारमा नगएर रोकिन्छ भने जस्तो पनि गरियो । तर वास्तविकता यस्तो होइन जब सम्म माओवादीबाट सत्ता कब्जाको कुरा आइरहन्छ तब सम्म एमालेले केही गर्न सक्दैन । वर्तमान स्थितीको आंकलन गरेर नै एमाले सत्तामा नगएको हो । जनताले विश्वास गरेबमोजिमको मन्त्री पद पनि पाउँनु पर्छ नि हैन । नत्र के को लोकतन्त्र !
कमेन्ट कस्तो लाग्यो ?:
0
0
अझै सम्म यस्तो सोच्ने कार्यकर्ता पनि बाँकी रहेछन् भन्ने लाग्यो सदिक्षाजी तपाईको कमेन्ट पढेर / एमालेले नराम्रो राजनीतिक बेहोरा देखाएको बिरोध हो यो, एक पक्ष भन्ने हैन / नराम्रो कुराको बिरोधमा एक पक्ष हुनु नराम्रो पनि त हैन नि, कि कसो सदिक्षाजी ?
तपाईजस्ता अन्धकार्यकर्ता हुँदासम्म एमालेको भलो भइरहन्छ, जति नै पतित भएपनि / नेताहरु जागिर जोगाइदिने तपाईजस्ता कार्यकर्ताको जय होस् /
कमेन्ट कस्तो लाग्यो ?:
0
0
एमाले पनि बिस्तारै राजाबादी जस्तै बदरिदै छ जनता पनि दिक्क भएका छन्. कार्यकर्ताले किन कुरा नाबुझेकहोन ?
कमेन्ट कस्तो लाग्यो ?:
0
0