पुस २७ गतेदेखि शसस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाकी जेठी पत्नी गीता ढकाल एकाएक गायब भईन् । अघिल्लो दिन पुस २६ गते डिआइजी कोइरालाले स्वयम्ले जवरजस्ती छोरा आफैसँग लगेका कारण तनाबमा कतै गएको हुन सक्ने अनुमान गरियो । तर कतै पत्ता नलागे पछि माइती पक्षले कोइरालाले नै गीतालाई गायब गराएको भन्दै प्रहरीमा उजुरी दिए । उजुरी परे लगत्तै प्रहरीले चपलीमा रहेको गीताको घर फोडेर हेरेको थियो । आत्महत्याको आशंकामा घर फोडेपनी केही फेला नपरेपछी प्रहरीले घटनालाई रहस्यमय भएको बताएको थियो ।
तर हिजो शनिबार मकवानपुरको पालुंगमा एउटा लाश भेटियो । लाश काटेर टुक्रा टुक्रा पारिएको थियो । एक पटक पुरिएको र फेरि झिकेर जलाइएको थियो । हो, त्यो विभत्स लाश उही डिआइजी कोइरालाकी पत्नी गीता ढकालको थियो । पत्नीको हत्या अभियोगमा कोइराला पक्राउ परिसकेका छन् । अहिलेसम्म प्राप्त विवरण पढ्न भित्र आउँनुहोस्
हिजो शनिबार मकवानपुरको पालुंगमा एक महिलाको शब फेला पर्यो । जलेर घटनास्थलमा फेला परेको लाश चिनिने अवस्थामा थिएन । तर त्यहाँ भेटिएको घडीलाई आफन्तले गीताको भएको पहिचान गरेका छन् ।
गीताको लाश पहिचान भए पछि आफ्नै श्रीमती गीता ढकालको हत्या शंकामा सशस्त्र प्रहरी बलका डिआइजी रञ्जन कोइरालालाई आजै पक्राउ गरिएको सकिएको छ । कोइरालालाइ काठमाडौँ फर्कँदै गर्दा आज बिहान नागढुङ्गाबाट पक्राउ गरिएको हो ।
![]() |
| मृतक पत्नीसँग अभियुक्त |
पक्राउ पछि दिनभर भएको अनुसन्धान र कोइरालासँग भएको सोधपुछबाट प्रहरीले गीता ढकालको हत्या डिआइजी कोइरालाले नै गरेको दाबी गरेको छ । अनुसन्धान स्रोतले बताए अनुसार लाश फेला परेको स्थानमा भएको उनको उपस्थिती, घटनास्थलबाट बरामद प्रमाण र अभियुक्त कोइरालाको हाउभाउ लगायतका घटना प्रकृतिको आधारमा हत्यामा उनको हात रहेको निष्कर्ष निकालिएको हो । तर अहिलेसम्म अभियुक्त कोइरालाले घटनाका बारेमा केही बोलेका छ्रैनन् ।
अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार डीआइजी कोइरालाले हिजो आफ्नो गाडीमा मकवानपुरको दामन जाने बाटोमा रहेको पालुङटारमा पत्नी गीताको लाश टुक्रा गरेर लगेका थिए । बाटो नजिकै खाल्डो खनेर उनले लाश पुरेर गए,’ स्रोत बताउँछ, तर टुक्रा पारेर खाल्डोमा गाडे पनि उनको मन शान्त भएन । उनले खाल्डोबाट पुन लाश बाहिर निकाले अनि लाशमा आगो सल्काईदिए । यसको केही समयपछि स्थानीय बासिन्दाले लाश देखेका थिए ।
कोइराला लाशलाई तह लगाएर काठमाडौँ फर्कँदै गर्दा आज बिहान नागढुङ्गामा पक्राउ परेका हुन् । थप अनुसन्धानका लागि प्रहरीले उनलाई आजै काठमाडौँ जिल्ला अदालत उपस्थित गराई थुनामा राख्न म्याद थप गरेको छ । नेपाल सरकारको तर्फबाट चीनमा एक बर्षे डिफेन्स कोर्स गरिरहेका डिआईजी कोइराला केही दिनअघिमात्र नेपाल आएका थिए । उनको गत आइतवार नै चीन फर्किने कार्यक्रम रहे पनि ससुराको जाहेरीपछि रद्द गरिएको थियो ।



यस्तै बेलाको लागि हो फाँसीको सजाय चाहिने । यसलाई त चौबाटोमा लगेर बकाइनाको रुखमा झुन्ड्याउँनु पर्ने । प्रहरीको मात्र होइन मान्छेको जातको पनि कलकं हो यो ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
यस्तै बेलाको लागि हो फाँसीको सजाय चाहिने । यसलाई त चौबाटोमा लगेर बकाइनाको रुखमा झुन्ड्याउँनु पर्ने । प्रहरीको मात्र होइन मान्छेको जातको पनि कलकं हो यो ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
phasi dinu bhanda thulo sajay ta hat khutta todi langado ra aankha kano banai dinu par6 phutayra…..
कमेन्ट कस्तो लाग्यो ?:
0
0
phasi dinu bhanda thulo sajay ta hat khutta todi langado ra aankha kano banai dinu par6 phutayra…..
कमेन्ट कस्तो लाग्यो ?:
0
0
Yadi DIG sachai hatyara h vhane sidhai goli thuknu par6. Thuiya yasta pani haamro desh ko thula thalu ufffffffff ani kaha bata santi hos ta desh ma?????
कमेन्ट कस्तो लाग्यो ?:
0
0
Yadi DIG sachai hatyara h vhane sidhai goli thuknu par6. Thuiya yasta pani haamro desh ko thula thalu ufffffffff ani kaha bata santi hos ta desh ma?????
कमेन्ट कस्तो लाग्यो ?:
0
0
NEPAL ma ta fashi chaina tara yo ktwallai sake samma derainai sajaya dinu parcha!koisako jiwan barbat garnu teslai vagwanle bardan diyako chaina
कमेन्ट कस्तो लाग्यो ?:
0
0
NEPAL ma ta fashi chaina tara yo ktwallai sake samma derainai sajaya dinu parcha!koisako jiwan barbat garnu teslai vagwanle bardan diyako chaina
कमेन्ट कस्तो लाग्यो ?:
0
0
nepal ko chalanai yastai ho
कमेन्ट कस्तो लाग्यो ?:
0
0
nepal ko chalanai yastai ho
कमेन्ट कस्तो लाग्यो ?:
0
0