नेताहरु सहमति नजिक पुगेको समाचार यस्तो समाचार हो, जसलाई वितेका करिब ४ बर्षदेखि लगातार लेखिदै आएको छ । मलाई त लाग्छ, पत्रपत्रिकामा यसको निकै राम्रो ड्राफ्ट नै छ, थपक्क मिति र नेताको नाम फेरिदियो, नयाँ समाचार भइगो । यसबारेमा थप भनिरहन मन छैन । भन्ने कुरा आज कान्तिपुर दैनिकमा प्रकाशित यो कार्टुनले नै भन्छ ।
यो माथिको कार्टुन श्रृंखलाको पहिलो भाग हो । नेताहरु सहमतिका लागि दौडदै आएर पुग्ने बिन्दु भने यस्तो भएको छ ।

यो त भयो कुरा अहिलेको राजनीतिक दृष्यको । यसको कारण के हो ? नेताहरुलाई सोध्ने हो भने दोष जति अर्को पार्टीलाई थोपरेर आफु ओभानो भइहाल्छन् । एक पटक आफ्नो राजनीतिक आस्था बिर्सेर, म फलानो या ढिस्कानो कुनै पार्टीको पुच्छर होइन भन्ने सोचेर, एक आमनेपाली नागरिक भएर भन्नुहोस् त, यसको मुख्य कारण तपाईलाई के हो अथवा को हो भन्ने लाग्छ ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोस् है ।

दोषी को हो कस्तो प्रश्न सोध्नु भो, तर शर्त राख्नु भएछ एक पटक आफ्नो राजनीतिक आस्था बिर्सेर, म फलानो या ढिस्कानो कुनै पार्टीको पुच्छर होइन भन्ने सोचेर भन्नुस् भन्ने. अहिले हामी यस्ता कठपुतली भइसकेका छौ कि जुनसुकै बेला हामी कुनै न कुनै दलका टट्टु भएर बसेका हुन्छौ. यस्तोमा यो शर्त अनुसार लेख्नु र यही शर्तको आधारमा लेखेको हो भन्ने विश्वास गर्नु निकै कठिन कुरो हो. तर विश्वास गर्नु मैले यो शर्त पालना गर्ने कोशिस गरेको छु .
वास्तवमा सहमतिका लागि यतिका दुख हुनुमा राजनीतिक कारणमात्र पक्कै होइन, यो जुँगाको लडाइ हो. जब माओवादीले उसले सोचेको र आँकेको भन्दा ज्यादा मत ल्यायो तब देखि सुरु भएको हो जुँगाको लडाइ माओवादीलाई जसरी पनि सबैकुराको जस चाहिएको र अरुलाई माओवादीलाई गलत सावित गर्नु परेको कारणले यसमा ठुलो रोल खेल्यो.
यसका अलवा गिरीजालाइ राष्ट्रपति दिने भन्दै गणतन्त्र लागु गर्न माओवादीले बाध्य बनायो. तर अन्तमा गिरिजालाइ लात हान्यो. गिरिजाले यही रिसका कारण माओवादीको सरकार बनाउँन दिएनन् र सरकार बनाउँन दुइतिहाइको साटो सामान्य बहुमतलाइ जबरजस्ती एमालेको साथमा सहमत हुन माओवादीलाई बाध्य बनाए. त्त्यत्रो मत ल्याएर पनि सरकार बनाउँन नसक्ने भनेर माओवादीलाइ अफ्ठ्यारो परिरहेको थियो र हतारो पनि उसले सहमत जनायो र राजनीति संविधानभन्दा सत्ता तिर मोडियो .
अब तपाई आफै भन्नुस् कस्को दोष हो यो मुख्य दोष चै गिरिजाकै हो र सत्तामा जान हतारो गर्ने माओवादीको पनि एमाले त यस्ता मुद्दामा भाले न पोथी भएर बस्ने न हो.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
एक किसिमले हो जस्तो पनि लाग्छ तर मरेर गइ सकेको बेक्तिलाई दोष लगाउनु भन्दा अहिलेको पार्टीहरुका शिर्ष नेताहरु नै यसमा बढि जिम्मेवार छन्.
कमेन्ट कस्तो लाग्यो ?:
0
0