अपडेट : राती ११ बजे सम्म बसेर भएपनि केहि निचोड निकालेरै छोड्छौं भन्दै मिडियामा ठुला ठुला गुड्डी हाँकिरहेका थिए दलहरु । यत्रा बर्ष त खालो सारेनन् अब आजै रात के नै होला र भन्ने मनमा लागिरको थियो । सहमति नभए पनि रातीको ११ चै पक्कै बजाउँछन् भन्नेमा चै निसन्देह थिए म । तर डिनर बजाए पछि त सबै नेताहरु डकार्दै घरतिर पो लागेछन् । अब भोली तीन बजे संविधानसभाको बैठक बस्नु अगाडीसम्ममा सहमतिमा पुग्ने रे । तपाईलाई के लाग्छ, पुग्लान् त सहमतिमा !
संविधान निर्माणका लागि सहमति गर्ने आज अन्तिम दिन हो । अन्तिम समयमा खुबै तात्ने दलहरु के गर्दैछन् भनिरहनु त नपर्ला । हो, दलहरु दुईपक्षिय र बहुपक्षिय बैठकमा छन् । आज सहमति गर्ने अन्तिम दिन भएर राती ११ बजेसम्म पनि सहमतिको प्रयास गरिने रे । आज सहमति नभए भोलीदेखि संविधानसभामा मतदानबाट निर्णय गरिनेछ । तपाईलाई के लाग्छ, यतिका समय नभएको सहमति आज राती ११ बजेसम्ममा चै होला ? याद राख्नुस् अब ११ बज्न लगभग अढाइ घण्टामात्र बाँकी छ । तपाईको विचार तल कमेन्टमा लेख्दै गर्नुस्, दलहरु कस्तो सहमतिमा पुगे, म केही समय पछि अपडेट लिएर आउँनेछु ।

के को हुनु हौ सहमति, हुने भए पैले नै भैहाल्थ्यो नि. अब चुनाब हुने पक्का .
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हुदैन साथी कुनै हालतमा पनि सहमति हुदैन । मतदान हुनै पर्छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
कति सुन्नु यो राजनीतिको कुरा पनि / जता सुकै यसकै मात्रै कुरा / दिक्क भै सकियो /
कमेन्ट कस्तो लाग्यो ?:
0
0
देखि हाल्नु भो, कति चाँडै तपाईको ब्लग चेञ्ज भयो/ त्यस्तै छ नेपालको राजनीति केही भन्न सकिन्न /
कमेन्ट कस्तो लाग्यो ?:
0
0