तिनको ‘नकचरो’ पोइ – कथा

Weekly Nepali Literature-बुद्ध चेम्जोंग-
सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन् | दिपक निकै मेहनेती अनि चलाक पनि छ, उ पहिलो छुट्टीमा आउदा सबितासंग मागी बिहे भएको हो | आमा बुवाले नै केटा हेरेर दिपकलाइ छानेका थिए, आखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइ. कम. सम्म पढेको केटो थियो | सबिताको दिपकसंग बिहे भए पछि मुस्किलले ३५ दिन सम्मसंगै बसे होलान, के गर्नु दिपकलाई दुबई सहर काममा फर्कनु नै थियो, आखिर घरको आर्थिक भार उसले नै थाम्नु थियो | घरमा ६५ बर्ष काटेको बुवा अनि सधै बिमारी भइ रहने आमा बाहेक कोही थिएनन् |

सबिता निकै खुशी थिइन् दिपक देखि, उ निकै रोमान्टिक अनि हसिलो थियो | बिहे भएको पहिलो दिन नै सविताकोमन जित्न सफल भएको थियो उ | ती बिहे पछिका दिनहरु अनि दिपकसंग बिताएका सम्झनाहरु सविताको मनमा ताजै छ | दिपकसंग बिहे भए पनि पढाई जारी राख्नु भन्ने दिपकको सल्लाह अनि सोचले सबितालाइ ज्यादै प्रभाब परेको छ | त्यसैले अझ पनि सासु ससुरालाई स्याहार्दै पनि सबिता बि.कम. पढिरहेकी छे, घरमा कुनै अप्ठयारो छैन, सासु ससुरा पनि बुहारी सबितालाइ आफ्नो छोरी झैँ माया गर्छन |

सबिता आज अलिक दिक्दार छे कारण फोनमा कुरा गर्दा दुबईबाट दिपकले पैसा धेरै खर्च नगर्नु, इकोनोमिक हुन जान्नु पर्छ भनेको कुरा मनमा गुन्जी रहेको छ, त्यसैले सबितालाइ निन्द्रा लागिरहेको छैन | आखिर मैले त्यस्तो केनै खर्च गरे होला | खालि क्याम्पस फी, किताब कापी अनि केहि लुगाहरु अनि स्रिंगगार पटारका सामानहरु त हो नी | अरुका लोग्नेले आफ्नो श्रीमतीलाइ निर्धक्क पैसा चलाउन दिन्छन, आफ्नो लोग्ने चाही यस्तो, सबिता आफै गुनासो गरिरहेकी छे | उ चाही त्यहा मस्ती गर्दो हो, मनमनै शंका गरी आफ्नो लोग्नेलाइ | हुन पनि नाना भाति कुराहरु सुनेकी छे, दुबई सहरमा गएर धेरै मान्छेहरु बिग्रिएको, बिहे भएको केटाहरु पनि अरु बिदेशी केटीसंग लाग्छन रे, संगै बस्छनरे इत्यादी | के थाहा मेरो दिपक पनि, आफ्नो आँखाले देखेको होइन झन शंकालु बन्छे, यति सोच्दा सोच्दै झन सबिता भावनामा बग्छे, कल्पना गर्न थाल्छिन | आज दिपक आफुसंगै काम गर्ने कम्पनिको एउटी बिदेशी फिलिपिनाकेटीलाइ लिएर अंग्रेजी सिनेमा हेर्न गएको छ | दिपक र त्यो केटी एक अर्कालाइ अँगालो मारेर बसेका छन् | त्यो अंग्रेजी फिलिम निकै उतेजक छ, हिरो र हिरोनी एक अर्कामा चुम्बनका दृश्यले दिपक निकै रोमान्चित छ | डु युलाइक इट? फिलिपिना केटी साथीको प्रश्नले दिपक झस्किन्छ, ‘एस एस, इट्स नाइस मुभी’ उसले उतर दियो | अब सबिता रिसले चुर हुन्छे, तिनी आफै दिपकसंग बदला लिन चाहन्छिन | उ भन्दा म के कम, जाबो आइ. कम. तपास गरेको छ दिपकले | म त बि.कम. पढ्दै छु, सबितामा घमण्ड आयो, कोहि मन मिल्दो हेन्डसम केटा भेटेमा साथी बनाउनु पर्ला | के दिपकले मात्रै केटी खेलाउनु मिल्ने, मैले केटा साथी बनाउनु मिल्दैन? म पनि मजाले घुमाउला, रमाइलो गरौला | अहिले जमाना नै आधुनिक भएको छ, सकेको मोज त गर्नु पर्छ भन्छन क्याम्पसका साथीहरु | यसरी नै निकै राति सम्म सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् |

बिहान, एई! बुहारी ल ल उठ! घाम उदाईसक्यो, भनेर सासुले बोलाउदा पो सबिता झसंग बिउझीन् | अनि सासुससुरालाइ हतार हतार चिया बनाई दिइन्, र बिहानको खानाको लागि तयार गर्न थालिन् | सबिताको दिउसोको क्लासथियो पदमा कन्या क्याम्पसमा | दिउसो क्याम्पसमा साथीहरुले सोधे सबितालाइ एई! सबिता के छ अनि तिम्रो बुडोको हाल खबर, कतै अरु केटीसंग त लागेको छैन, अलि विचार गर है | विदेशमा त जे गरे पनि हुन्छ रे, कसैलेचिन्दैन रे, यहा नेपालमा बिहे गरे पनि, म अनम्यारिड छु भनेर भनेर केटी घुमाउछन रे | “ खोइ! ठिकै छ, हिजो फोनगर्नु भएको थियो उहाले“ सबिताले छोटकरीमा उतर दिइन् |

आज पनि किन हो सबितालाइ हिजो जस्तै निन्द्रा नै लाग्दैन, त्यो माथि क्याम्पसमा साथीहरुले ”अलि विचार गर है“भन्ने शब्द सबिताको मनमा गुन्जीरहेको छ | सबिता सोच्न थाल्छे, दिपक त्यो बिदेशी केटीलाई लिएर समुन्द्रमाघुम्दै होला, अनि समुन्द्र नजिकैको बालुवामा पल्टेर तातो घाममा पल्टिदै त्यो बिदेशी केटीसंग हास्दै होला | तिनलेकहिले कही सिनेमामा यस्तै बालुवा अनि समुन्द्र देखेको कुरालाइ मनमनै कल्पना गरी | यो छोरा मान्छेको जात नैयस्तो, किन मलाई यहा बिहे गरी राखेर विदेश गएको होला, आफु चाही मोज गर्ने, यता म चाही तड्पिरहेको छु |आफ्नै जवानी देखि, खोइ मेरो जवानी यतिकै खेर जाने हो कि क्याहो, सबिता झस्किन्छे | तिनलाई अचानक रिसउठ्छ, दिपक अर्को बर्ष नेपाल आएन भएन भने मैले पनि सोच्नै पर्ला, मेरो यौबन त्यतिकै खेर जान त दिनु भएननि | तिनले सम्झी, आफ्ना क्याम्पसका साथीहरु अनि तिनीहरुको बोय फ्रेन्डहरु, कति मोज गर्छन, घुम्छन, संगैबस्छन | आफु चाही सासु ससुरालाइ स्याहार गर्यो बस्यो, सविताले इर्श्या गरी आफ्नो साथीहरुसंग पनि | सबितादोधार परी, आखिर दिपक मेरो लोग्ने हो सबथोक हो तर उ मेरो साथमा छैन भने, के यो नै जिबनको सार हो र?लोग्नेको बाहुपासमा बाधिनुको मजा नै अर्कै छ, कतिन्जेल यसरी बस्नु? सबितालाइ यौबन, जवानीको मजा लिनेबानी परिसकेको छ दिपकसंग बिहे भए पछि | आखिर बिहेको मुख्य उदेश्य नै त्यही हो अनि यौबन र जवानीको मजालिदै प्राकृतिक रुपमा सन्तान उत्पादन गर्दै जानु | “हे! मेरो मन पनि“ सबिता आफैलाइ सम्हालिन्छे, जे भए पनिउहा मलाई माया गर्नु हुन्छ, भन्दै सबिता आफैलाई शान्त्वना दिन्छे |

शनिबारको दिन सबिताको साथी रिनाको जन्मदिनको पार्टीमा सामेल हुन गइन् | साझ ७ बजे बोलाएको थियो, निकैअरु साथीहरु पनि रहेछन | आधुनिक परिबेस पहिलेको जस्तो होइन अहिले, त्यहा केटी साथीहरु पनि वाइन पिउदैरहेछन | सबितालाई पनि वाइन पिउन कर गरे, आ! सबै पिउछन भने म चाही नपिएर के नै हुन्छ र, सविताले पनिवाइनको गिलास समाइन् | वाइनको साथ साथै केहि मासुका टुक्राहरू खाइन्, पछि बर्थ डे केक काटियो, केक रिनालेपहिला आफुले टोके अनि आफ्नो बोय फ्रेन्ड ज्याकलाइ खुवाए | सबै जना वाइनले मातिदै गए, केटाहरु चाही कोहिव्हिस्की अनि बियर पिउदै थिए, सबितालाई पनि वाइनले केहि दिमाग रिन्गाएको जस्तो लाग्यो | त्यहा संगीतकोधुनसंगै मधुरो प्रकाशमा पार्टी चल्दै थियो, सबिताका साथीहरु आफ्नो बोय फ्रेन्डसंग कम्मरमा पक्रेर नाच्दै, कोहिकुरा गर्दै थिए | सबितालाई पनि अब मन लागेको थियो, कुनै केटा भए पनि यसो हात समातेर अंगालिन्दै नाचे जस्तोगर्नु मन लाग्यो | साएद वाइनको नशामा त्यो आँट आयो होला सबितालाई, आखिर संगत न हो, “ एई सबिता आइजन नाच्न“ रिनाले कर गरी, ज्याकसंग भिडाई दिइ | अब सबिता ज्याकसंग नाच्न लागि, ज्याकले हातमा पक्रेरघरीघरी फनक्क घुमाउदा सबितालाई निकै मजा आयो | अनि नाच्दा नाच्दै छासछुस हात या औलाले सबिताको नितम्ब छुदा तिनी लाजले रातो हुन्थिन | आखिर निकै समय पश्चात छोरा मान्छेको सामिप्य पाएकी थिइन्सविताले, निकै बेर नाची रहे, ज्याक र सबिता | साझ १० बजे तिर ज्याक अनि रिनाले सबितालाई घर सम्म पुर्याउन आए |

अब घर आए पछि वाइनले अलि अलि छोडी सकेको थियो, सबिता ओछ्यानमा पल्टी, सोच्न थाली दिपकको बारेमा |दिपक आज साझ त्यो बिदेशी केटीसंग डिस्कोमा नाच्दै होला, नकचरी केटी मेरो लोग्नेलाई अँगालोमा हालेर मस्किन्दैहास्दै होलिन् | दिपक पनि खुशीले त्यो केटीसंग मस्की मस्की कम्मरमा पक्रेर घरीघरी नितम्ब छुदै होला | छोरामान्छे यस्तै नै स्वार्थी हुदा हुन् अघि ज्याकले सबितासंग नाच्दाको मिठो कल्पना गरिन्,| ज्याकले पनि जानअन्जान सविताको शरीर छुदा पक्रिदा तिनलाई निकै रोमान्चित बनाएको थियो, शरीरमा करेन्ट पैदा भएको सम्झीन्| दिपक बियर पिउदै त्यो बिदेशी केटीलाई वाइन पिलाउदै होलिन्, त्यो बिदेशी केटी पनि पातिन्दै मेरो दिपकलाइ च्यापसमातेर लाडीन्दै ” आइ लभ यु दिपक, डोन्ट लिभ मि अलोन“ भन्दै होलिन् | दिपक पनि ” एस बेबी, आइ लभ यु टू“भनेर चुम्बन गर्दै होला | आफ्नो यस्तो नकचरो लोग्नेको यो ताल देखेर सबिता पनि अब एउटा निर्णय गर्न पुगी, अबम पनि बोय फ्रेन्ड बनाउछु | आखिर कतिन्जेल म तड्पिनु, सोची त्यो क्याम्पस जाने बाटोमा क्यासेट पसले सधैमलाई घुरेर हेरी रहन्छ | आखिर उ पनि हेन्डसम अनि जवान छ, यति सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् |

यस्तैमा एक दिन घरमा दिपकको फोन आयो, म नेपाल फर्कदै छु | यहा हामी काम गर्ने कन्स्ट्रक्सन कम्पनि बन्दभयो, आर्थिक मन्दीले गर्दा सबै कामदारलाइ घर पठाउदै छ | कम्पनिले तलब पनि ३ महिना देखि दिएको छैन, मसंग बचेको केहि पैसाले ” सबिता! म तिमीलाई एउटा मोबाइल अनि राम्रो घडी ल्याई दिन्छु | मैले तिमीलाई एकदमै मिस गरिरहेको छु“ भनेर दिपकले भन्दा सबिताको मुटु छिया छिया भएर आयो | कन्स्ट्रक्सनमा काम गर्न कतिगाह्रो भयो होला, त्यस्तो बाहिरको गर्मीमा, साएद पैसा कम कमाएर नै अलि इकोनोमिक हुनु जान्नुपर्छ, भनेरफोनमा भनेको कुरा याद गरिन् | मलाइ यति माया गर्ने श्रीमानलाइ नाना भाति कुरा सोचे, साथीहरुको लहलहैमा कुरासुनेर, सबिता आफैलाई दोषी ठानी | तिनलाई पश्चाताप भएर आयो अनि हतपत कोठामा गएर हुक्क हुक्क गर्दै रुनथालिन् |

3 comments to तिनको ‘नकचरो’ पोइ – कथा

  • मित्र अधिकारी

    कथा राम्रो छ । विदेश धन कमाउँन जाने अनि घर फर्केर आउँदा पैसा र श्रीमती दुबै नहुने नेपालीहरुको कथालाई राम्ररी उतारिएको छ । साना तिना कुराको वास्ता नगर्दा र कतिपय कुराको बढी नै वास्ता गर्दा यस्ता परिणाम आउँछन् । वास्तविक जिन्दगीमा कतिपय नारीहरु नचाहादा नचाहादै पनि यस्ता कुकृत्यबाट मुक्त हुन सक्दैंनन् । जीवन खरानी बन्छ । वास्तविक लाग्यो कथा ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Rishi Pathak Gauriprem

    कथा त निकै सार सान्दर्भिक लाग्यो धेरै तेस्ता घटना ले दुबई लाई वदनाम पनि गराएको छ ! तर सबै तेस्ता कहाँ हुन्छन र बरु नेपाल म नै छाडा हुन्छन यह को त नियम नै कडा हुन्छन अलि कति केहि भयो भने सिधै नेपाल फिर्ता हो तर गर्ने हरु ले नराम्रो काम गरि रहेका छन् हामी विदेश मा बस्ने ले घर परिवार को बारेमा सोच्नु पर्छा र राम्रो काम गर्नु पर्छ हामी ले यहाँ नराम्रो काम गर्दा हाम्रो परिवार ले पनि तेस्तै गरे भने के हुन्छ ? सबिता भाबी को सोच चाही मलाई मन परेन है आफ्नु लिमिट पार गर्न त भएन नि त जवानी मात्र सबै हैन नि आफ्नो भबिष्य पनि त हेर्नु पर्यो नि त केहि पुन लाई केहि त गुमाउनु नै पर्छ !

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • pema sherpa

    कथा एकदमै राम्रो लाग्यो !!! यो कथा कसै कसैको जीवन मा पनि मेल खान्छ hola !!!

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

15 Users Online