पठाएको दाल चामल, नुन भुल्दिन आमा !!
पढाउन बेचेका ती, सुन भुल्दिन आमा !!

आज साँच्चै खुब याद आइरहेछ तपाईको !
बिहान अबेर उठेपछि हतार हतार ममीलाई फोन गरियो । ‘किन ढिलो फोन गरेको बिहानदेखि नै मोबाइल बोकेको बोक्यै छु । बल्ल सम्झिस् तैले चै !’ टाढा भएका सन्तानप्रति आमाहरुको माया झन् बढ्छ, आज फेरि अनुभव गरियो । टाढा भएपछि गफैले त हो सेवा गर्ने, आज पनि त्यस्तै गरियो । फेरि सोध्दै छु तपाईले के गर्नु भो ? कर्णदासको यो गित हेर्दै सकेसम्म आफ्नी आमालाई समय दिनुस् है ।
फेसबुकबाट साभार गरिएको यो गजलले खुब मन छोयो
प्रसव हुँदा पोखिएका, खुन भुल्दिन आमा !
दश धारा चुसाएको, थुन भुल्दिन आमा!!
हजुर नै पहिलो गुरु, क ख चिनाएको !
स्लोक भन्दै पढाएको, धुन भुल्दिन आमा !!
बाल्यकालमा जिद्दि कस्तो, माग कतिकति !
अभाव हुनै नदिएको, गुण भुल्दिन आमा !!
घरबाटै रासन पानी, माया पनि कस्तो !
पठाएको दाल चामल, नुन भुल्दिन आमा !!
इच्छाहरु अनेकौं छन्, हजुरका कठै !
पढाउन बेचेका ती, सुन भुल्दिन आमा !!
गित हेर्न तल क्लिक गर्नुहोस्

निकै राम्रो गजल रहेछ/ मेरो नै लागि लेखेको जस्तो लाग्यो/ मेरी आमाले पनि मेरो लागि नाक र कान बुच्चै पर्नु भएको छ / जिन्दगीको ठुलो सपना उहाको कान र नाक भरि सुनका गहना लगाउने.
कमेन्ट कस्तो लाग्यो ?:
1
0
मेरो लागि १० महिना सम्म घाम पानि नभनी कति प्रशव पिडा साथ् चैत्र महिनाको खडेरीमा आधिबेहरीको बीचमा मलाई यस धर्तिमा जन्म दिएर आफुले आधा पेट खाएर किशानी काम गरेर मलाई उच्चा सिछा दिएर मलाई आज एतीको योग्य बनाउनु भो मैले जहिले तपाईको काखमा बसेर दुध पिउने गर्थे, मलाई स्वर्गमा अमृत रसपान गरेको अनुभूति हुन्थियो ! म आज ३२ औ बसन्त सम्म आउन सफल भए हे! मेरी आमा म आज सात समुन्द्र खाडी मुलुकमा भए पनि तपाई को धेरै याद आएको छ तेसैले हाम्रो मिलनको लागि मैले धन्यवाद दिनु पर्छ हिमाल रेमिट लाई जसको मध्यमबाट अलिकति पैसा पठाई दिएको छु हजुरलाई जे खान मन लाग्छ खानु होला जे लगाउन मन छ किन्नु होला नमरी बाचे कालले साचे अर्को साल अबस्य आउनेछु ! मा जस्ता लाखौ बिदेसिएका पर्देसी हरु को खुसि बाट्ने माध्यम बनेको छ हिमाल रेमिट धन्यबाद हिमाल रेमिट मेरो खुसि को खयाल गरेको मा
- ऋषि राम पाठक “गौरीप्रेम” हाल : शारजाह दुबई
कमेन्ट कस्तो लाग्यो ?:
1
0