पाठ्यपुस्तक किन्दा यसरी ठगिदैछ

price hiking of text bookसरकारले विद्यालयबाटै पाठ्यपुस्तक बेच्न नपाउँने बनायो । मुल्यमा स्टिकर टासेर किताब बेचेर मज्जाले कमिसन खानेहरुलाई निकै अफ्ठ्यारो पर्न गयो । तर चोर बुद्धि न हो, एक एक तिरबाट दाउ छोपिहाल्छन् । आफ्नै स्कुलबाट किताब बेच्न नपाउँने भएपछि स्कुलहरुले गजबको आइडिया फुराए । उनीहरुले अभिभावकलाई फलानो पुस्तक पसलमा हाम्रो स्कुलमा पढाइ हुने किताब छ, त्यही गएर किन्नु होला, डिस्काउन्ट पनि दिन्छ भन्दै धमाधम कमिसन पाउँने पुस्तक पसलमा ग्राहक पठाइदिए । त्यहीबाट सुरु भएको ठगी र कमिसनको खेल पुस्तक पसलमा झन् चरम बन्छ । एउटा नमुना हेर्नुहोस्

text book price hikingयो तस्विरमा याद गर्नु भयो कि भएन, यसमा कुन कुन किताब किनिएको हो भन्ने केही खुलाएको छैन । हरेक किताबको अलग अलग दाम हुन्छ, यसैले रसिदमा सबै खुलाउँनु पर्ने हो तर कुनै पनि किताबको दाम खुलाइएको छैन । बरु कतिवटा किताब किनिएको हो सिधै मुल्य लेखिएको छ ।

१० प्रतिशत छुट दिइएको छ जसले गर्दा अभिभावकलाई ठिकै पसलमा स्कुलले पुर्र्याएछ भन्ने लाग्छ । तर भारतमा छापिएका यस्ता किताबहरुमा सामान्यतया कम्तिमा १५ प्रतिशत छुट पाइन्छ बजारमा ।

अझ १० प्रतिशत त घटाएको देखिन्छ तर हिसाबमा ४१५ बाट ४४ रुपैयाँ ५० पैसा घटाउँदा ४०० बनाइएको छ । यो त सोझो ठगी हैन र ?

के गर्न सकिन्छ ?

गर्न चाहने हो भने धेरै कुरा गर्न सकिन्छ । तर सबैभन्दा पहिले तपाई सचेत र निडर हुन सक्नु पर्छ । पहिले किन सोही पसलबाट मात्र किताब किन्ने भनेर स्कुलमा प्रश्न गर्नुहोस् । बजार भाउ बुझ्नुहोस् । मुल्य वास्तविक हो कि हैन जाँच गर्नुहोस् । स्टिकर टाँसेको वा विनाकारण भाउ फरक पार्नुको कारण सोध्नुहोस् । यसरी मात्र तपाई यस्ता ठगीबाट जोगिन सक्नु हुन्छ ।

तपाईसँग पाठ्यपुस्तक किन्दा ठगीएका वा ठगिनबाट बचेका कुनै अनुभव छन् कि ! तल कमेन्टमा लेख्नुहोस् है ।

3 comments to पाठ्यपुस्तक किन्दा यसरी ठगिदैछ

  • उमेश खत्री

    हैन, नेपालमा भएको चै के हो ? जो पनि फिलिममा पुलिसले गरे जस्तो गर्छ . लगभग ८० प्रतिशत किताबहरु बिक्री भइसक्यो रे . अब यस्ता कुरा उठाएर के फाइदा कारवाही पनि हुने होइन .

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Sangeeta Pradhan

    Government should made penalty to them. They are criminals.

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Ratna Sundar

    कोनी के गरिसक्यो दैलो देख्यो भने जस्तै भो. पहिला नै कुरा उठेको भए निकै राम्रो हुन्थ्यो नि.

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

2 Users Online