माओवादीका हिजोका लडाकुहरु सेनामा गएपछि नेपाली सेना नै हुनेछन् । उनीहरुलाई बोलाउँने नाम अर्कै रहनेछैन । त्यसो भए के सबैलाई ढोके, पाले, चोकिदार भन्दै हिन शब्दहरुले घोचिरहनु पर्छ ? हिजोसम्म हतियार चलाएर बसेकाहरु आज यो संक्रमणकालिन अवश्थामा अनुशासित हतियारबन्द सेना भएकै राम्रो हुन्छ । समाजमा रहेर तिनलाई दुरुपयोग गर्ने सम्भावना कायम नै रहन्छ । तर सेनामा गयौ भने फलानो हुन्छ, तिमीहरु ढोके र पालेमा फेरिन्छौ भनेर तर्साउँनेहरुको भित्री नियत के हो ? सुशासन, शान्ति र अमनचयन जस्तो त पक्कै देखिएन । यस्तै मनोवैज्ञानिक त्रासका कारण सेना समायोजन रोज्ने लडाकुहरु ह्वात्तै घटेका छन् । अझ देशको राष्ट्रिय पत्रिकाले यस्तो गरिरहदा उनीहरुको मानसिक स्थिती कस्तो बन्ला ? के हिजोकै नेपाल प्यारो र फाइदाकारी लागिरहेको छ अझै पनि ? अझै रगतले पुगेन र ? यो एक सचेत नागरिकको प्रश्नमात्र हो ।
नेतालाई पनि जिस्काइदैछ
नेतालाई गाली गर्नु र जिस्काउँनु एक किसिमको सचेतता मानिन्छ हाम्रो जस्तो देशमा । तर सबैलाई थाहा छ गालीले देश बन्दैन । देश बन्न सकारात्मक कुराहरुमा एकमत हुन सक्नु पर्छ । राम्रालाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नसक्नेले इन्कलाबका कुरा नगरेकै राम्रो । पत्रपत्रिका प्रकाशन यसै कारणले इन्कलाब बन्न नसकेको हो सायद ।
तलको तस्विर हेर्नुस्, तस्विरमा देखिएका मानिसहरु कस्का प्रतिक हुन् भनिरहनु नपर्ला ।
त्यसो भए प्रश्न उठ्छ के समायोजनको चमत्कारिक र लचिलो निर्णय गरेर गल्ति गरेका हुन् यी नेताद्धयले ? यस्तो सन्देशले कसलाई फाइदा गर्छ? देशको राजनीतिक अस्थिरतामा यो सहायक बन्छ ? आफुलाई देशको चौथो अंग मान्नेहरुले गर्ने कर्म यस्तै किसिमको हुनु पर्ने हो ?
माओवादी पार्टीगत हिसाबमा हेर्ने हो भने यो निर्णयको ठुलो अर्थ छ ? नेताहरु कार्टुनमा देखाएजसरी नै एक्लिने हो र माथिको कार्टुनमा भने जस्तै लडाकुहरुलाई ढोके पाले हुनबाट बचाएर लडाकु नै बनाउँने हो भन्ने अर्को युद्ध थाल्नु पर्ने हुन्छ, के कार्टुन बनाउँने र छाप्नेहरुको चाहना यही हो ?
अन्त्यमा, बन्दै गरेको शान्तिप्रक्रियामा भाँजो हाल्ने काम नगरौं । कसैलाई हतियार बिसाएकोमा गल्ति गर्र्यौ भन्नुको अर्थ के हो बुझौं । नेपालका खोलानालाहरु संग्लिदै छन्, अझै कति धमिलो पार्ने र यसलाई ?



हिजो यादव पौडेलको murder सच्चा पत्रकार भएको कारणले नभइ स्त्रीलम्पट भएको कारणले हो भन्ने prove भैसक्यो । यसैले पत्रकारहरु नि पैसामा बिकेको कारण देशमा शान्ति र संविधान आउँनमा असर पुगिरको छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हो मलाई पनि बिहानै पत्रिका पढ्दा यो चै नागरिकले ठिक गरेन भन्ने लागि नै राको थियो . तपैले कुरा उठाउनु भकोमा धेरै धेरै धन्यबाद . कम्तिमा यस्तो सकारात्मक कुराको बिरोध त नगर्नु नि. फेरी हतियार उठाउन किन उक्साउने?
कमेन्ट कस्तो लाग्यो ?:
0
0
युद्ध हुदा धेरैलाई फाइदा थियो अब तिनको रातको निन्द्रा हराउँने भो । नयाँ शान्त नेपाल जिन्दावाद ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
पित-पत्रकारिता र प्रपोगोंड़ाको नमुना देखाएछन
कमेन्ट कस्तो लाग्यो ?:
0
0