हामी चैं कहाँ कम छौँ र !

do_not_spit_520हामी सार्वभौम जनता, त्यो पनि संक्रमणकालिन राजनीतिक अवस्थाका । हामी भन्दा शक्तिशाली र बहादुर त सायदै कोही छ । हामी सँधै ठुलो बिषयमा छलफल गर्छौं । टाढाको हेर्छौं । हामी दुरदर्शी । नेताहरुले देश बिगारे, हाम्रो गालीको बिषय । सँधै गुनासो गरिरहेका हुन्छौं अरुसँग । देशमा नियम कानुन भएन । गरिखान पाइएन । रोजगारी छैन । बिजुली छैन । पानी छैन । विकाश छैन । यसरी अल्झियो राजनीति केही निकाश छैन । हामी सँधै यस्तै बिषयमा चिया गफ गरिरहेका हुन्छौं । अझ नेतालाई गाली गर्ने कुरामा त हामी थप उदार छँदै थियौं, अब त झापड हान्नेका लागि खल्तिबाट पैसा निकाल्ने पनि भइसक्यौं । दोसल्ला ओडाउँन नपाएकोमा छुकछुक होला कतिलाई त । तर हामी बिर्सन्छौं, देश हामी नसुध्रिएसम्म कुनै पनि हालतमा सुध्रिदैन । नेताहरु हामीबिचबाटै आएका हुन् । हाम्रै बानी बेहोराको प्रतिनिधि पात्र मात्र न हुन् । सर्लक्कै हाम्रै बेहोरा बोकेका हुन्छन् । यसैले नेता सप्रिनु अगाडी हामी सप्रिनु अनिवार्य छ । तर हामीलाई ऐना हेर्ने फुर्सदै कहाँ छ र ? आउँनुहोस्, म देखाउँछु ऐना ।

आकाशेपुल हुँदाहुँदै सडकबाट बाटो काट्दै बटुवा (तस्विर: मेरोरिपोर्ट)

आकाशेपुल हुँदाहुँदै सडकबाट बाटो काट्दै बटुवा (तस्विर: मेरोरिपोर्ट)

सडकका नियमहरु तोड्नु त हामीलाई बहादुरी जस्तो लाग्छ । आकाशेपुल प्रायः प्रयोग नै गर्दैनौं, ढिलो हुन्छ भनेर । अहिले जहाँसुकैबाट सडक पार गर्नेलाई कारवाही गर्न थाले पछि भने केही दृष्यहरु फेरिन थालेका छन् । नो पार्किङमा पार्क गर्छौ । खै त अरु ठाउँ हाम्रो प्रश्न हुन्छ । सडकमा पैदल हिड्ने ठाउँ ढाकेर पसल थाप्छौं । सडकमा साँच्चै हामी भ्रष्ट छौं ।
newroad parking
यो माथिको तस्विर मैले काठमाण्डौको न्युरोडमा खिचेको हुँ । फोटो खिच्दै गर्दा ट्याक्सीहरु त्यही बोर्डकै छेउमा यात्रुहरु ओराल्थे । तलको तस्विर हेर्नुहोस्
no parking
जताततै प्याच्च प्याच्च थुक्नेहरुको सँख्या पनि शहरमा कम छैन । तस्विरमा हेर्नुहोस् न, नथुक्नु है भनेर अनुरोध गरेको पत्रमा नै थुकिदिएछन्, यो अर्को बहादुरी ।
do_not_spit_520
फोहोर नगरौं है भनेकै ठाम्मा फोहोर छोडेर हिड्नु त अझ ठुलो बहादुरी हो । टोलको दादाले मात्र यस्तो गर्न सक्छ, मलाई कसले जरिवाना तिराउँछ ? हामीलाई यस्तै त लाग्छ ।
no waste
यसैले हाम्रो समाज भष्ट्राचारले गाँजिएको छ । किनकी हामीले साना भनेका कुराबाटै यसको सुरुवात हुन्छ । हामी खाली ठुला तारो ताकिरहेका हुन्छौं । हामीलाई सानो कुराको के वास्ता ? अनि हामी ठाम् कुठाम् यसरी नै गाली खाईरहेका हुन्छौं, जरिवाना तिरिरहेका हुन्छौं, र नेतातिर धारे हात फर्काएर नियम कानुन बनाएनन् भन्दै सरापी रहेका हुन्छौं, हैन त ?
तस्विर साभार : आकारपोस्ट डट कम

तस्विर साभार : आकारपोस्ट डट कम


5 comments to हामी चैं कहाँ कम छौँ र !

  • Anonymous

    निकै राम्रो। मेरो मान्यता पनि यही हो।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • अगम लम्साल

    अबुइ हामी चै किन कम नि । हामी गणतन्त्र नेपालका सम्मानिय नागरिक । हामीलाई जे गर्न हक छ । यही गर्न त गणतन्त्र ल्याएको नि । मुर्खहरु यस्तै सोच्दा हुन् ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Suprabhat Shrestha

    जनता अनुसारका नेता त हुन् । हामी जनता नै यस्ता छो अनि नेता कसरी राम्रा छान्नु र हुनु ?

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • बुद्धि भट्टराई (मलेसिया )

    के यस्ता कुरामा किचकिच गर्नु भएको तपाइले । नेताहरुले देश खाइसके । कत्रा कत्रा प्लेन खाए । खोला खाए । नदि खाए । मल खाए । यति मुला हाम्रो भष्ट्राचार । यो त केही पनि होइन ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 1 Thumb down 0

  • naran

    नेपाली को बुद्दि माथि होइन …..तल ठाउमा मा हुन्छ !

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

8 Users Online