वाह ! क्या ‘गेस’ छ बाई !!

‘तिमीहरु साइन्स पढ्नेले जस्तो किताबै पढ्नु पर्ने हो र हाम्ले !’ केहि बर्ष पहिले हातमा पिलन्धरे गेसपेपर बोकेर पढिहिड्ने एकजना साथीलाई मैले ‘किन किताब नपढेर यस्तो पत्याइहिडेको’ भनेर प्रश्न सोध्दा यसो भनेको थियो उसले । उसले मानविकी पढ्थ्यो । मानविकीमा कसरी प्रश्न आउँछन् हामीलाई के थाहा र ! हामीले त कुन किताबको कुन च्याप्टर कुनको कुन भन्दै खोजेर पुरा कोर्स पढ्नु पर्ने । अहिले बरु कति बिषयको एउटै ‘टेक्स्ट बुक’ निस्किसकेका रहेछन् । सिला खोजेर पढ्ने हाम्रो लागि त उसको गेसपेपरले नै परिक्षा धान्ने भनेपछि अचम्म हुने नै भयो । उसको परिक्षामा त्यो अर्काले गेस गरेको गेस पेपरबाट कति गेस मिल्यो त्यो चै सोध्न बिर्सिएछ । तर आज अचम्मसँग एउटा गेसपेपर र यही बर्ष मानविकीको अनिवार्य अंग्रेजीको प्रश्नपत्र हात लाग्यो । यसपाली अनिवार्य अंग्रेजीको प्रश्नहरु अधिकांश त्यहीबाट निकालिएका(?) रहेछन् । किताबका पाठहरुमा गेस गरिएको प्रश्न आए त्यति अचम्म नहुँदो हो तर यहाँ त किताब बाहिरबाट आउँने र ग्रामरका प्रश्नहरु रिठ्ठो नबिगारी सारिएको रहेछ । भित्र तस्विरमा हेर्नुहोस्

यसपालीको अनिवार्य अंग्रेजीको प्रश्नपत्र

रातोले चिन्ह लगाइएकाहरु गेसपेपरमा जस्ताको तस्तै भेटिए ।
compulsory english question

गेसपेपरमा भेटिएका प्रश्नहरु

ए बाबा ग्रामरका प्रश्न त नसारेको भए पनि हुने नि । हेर्नुस् न जस्ताको तस्तै सारिदेको पो छ त । यो प्रश्नपत्रको प्रश्न नम्बर १ मा छ ।

यो प्रश्नमा गेसपेपर र प्रश्न पत्र दुबैमा काठमाण्डौ र धरान भनिएको छ । अरु शहरको नाम राखिदिएको भए नि हुन्थ्यो तर गेसपेपर पढ्ने झुक्किने पो हो कि ! यो प्रश्नपत्रको प्रश्न नम्बर ३ मा छ ।

यो अर्को किताब बाहिरबाट आएको प्रश्न । यसरी सारिएको छ कि मरेको झिंगो टास्ने कथा मिल्ने जस्तो लाग्छ । यो प्रश्नपत्रको प्रश्न नम्बर ८ मा छ ।

अब यो अर्को । यसमा पनि रिठ्ठो बिराएको छैन । यो प्रश्नपत्रको प्रश्न नम्बर ९ मा छ ।

अब यो झन् साइन्स फिक्सनका बारेमा छ । कस्तो डेन्जर कन्डिसन मिलेको । यो प्रश्नपत्रको प्रश्न नम्बर ११ मा छ ।

यति धेरै प्रश्नहरु जस्ताको तस्तै कुनै गेसपेपरबाट मिल्छ भने के भन्ने, गेसपेपरबाट प्रश्नहरु तानिएको हो कि प्रश्नहरु प्राप्त गरेर गेसपेपरमा राखिएको हो ? गेसपेपर छाप्ने प्रकाशकले पैसा दिएर प्रश्नहरु लिएको नहोला भन्न सकिन्छ ? तपाईलाई के लाग्छ, संयोग या षड्यन्त्र ? कृपया कमेन्टमा लेख्नुहोस् ।

2 comments to वाह ! क्या ‘गेस’ छ बाई !!

  • अनन्त पोखरेल

    जो चै quistion sellection मा बसेको छ उसैको गेसपेपर कम्पनि छ अनि भैहाल्छ नि मालामाल । quistion सिधै गेसपेपरबाट सार्दा समय पनि बचत पैसो नि बबाल । अनावस्यक दिमाग लगाउनु नि नपर्ने क्या आईडिया छ बाई….

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Lal Darsan Rai

    this is the only root cause for unemployment in the country…

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

9 Users Online