अपडेट : माओवादी जनसेनालाई नेपाली सेनाको मातहतमा ल्याएको कार्यलाई माओवादी वैद्य पक्षले विरोध गरेको छ । सो समुहले पत्रकार सम्मेलन गरेर यो आत्मसमर्पणको पराकाष्ट भन्दै चक्काजाम लगायत पार्टी अध्यक्षकै पुत्ला दहन गर्नेसम्मका विरोधका कार्यक्रम घोषणा गरेको छ ।
विशेष समितिको २०६८।१२।२८ को बैठक (८९ नं.) को निर्णयः
१. माओवादी सेनाका लडाकुहरू, हतियार एवम् कन्टेनरहरू, शिविर र शिविरमा रहेका भौतिक सामग्रीहरू आजैका मितिदेखि नेपाल सरकारले नेपाली सेना मातहत ल्याउने ।
२. शिविरहरूको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने ।
३. समायोजनका लागि निर्धारण गरिएका केन्द्रहरूमा समायोजन कार्य प्रारम्भ गर्नु अघि विशेष समितिको पूर्व निर्णय अनुरुप स्वैच्छिक अवकासको प्रक्रिया जारी रहने र समायोजन केन्द्रबाट विविध कारणले फर्किने लडाकूहरूलाई स्वैच्छिक अवकास वा पुनर्स्थापनको विकल्प रोज्ने अवसर कायमै राख्ने ।
४. नेपाल सरकारले विशेष समिति अन्तर्गतको सचिवालयका संयोजकको परामर्शमा माओवादी सेनाका लडाकुहरूले पालना गर्नुपर्ने आवश्यक आचारसंहिता जारी गर्ने ।


हैन म त आज बाट किरण को सपोट गरु कि के हो?? पार्टी छोड्न मन पनि छैन मान्छे मन परेको पनि छैन !!!!
के गरु !!!! हरे राम राम राम के हुने होला हाम्रो नेपाल @@@@@@ कमेन्ट गर्नु होला ल !!!
सबै साथी हरुले !!!
कमेन्ट कस्तो लाग्यो ?:
0
0
ओहो माओवादी अध्यक्षले यस्तो पनि गर्न सक्दा रहेछन् । केही दिन वैद्यहरु पक्कै उफ्रिएलान् तर समाधान चै अध्यक्षकै कार्यले निकाल्ने छ । यो नेपाली जनताको लागि साँच्चै नै ठुलो दिन हो ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0