यो तस्विर मैले रामेछापको मिल्ती भन्ने गाउँमा खिँचेको हुँ । म पुग्दा यी १४ बर्षे बालिका मकै छर्न खेत जोत्दै थिइन् ।
नारीले हलो जोत्न हुदैन भन्ने सोचका विपरित सबै घरमा ट्वाइलेटसम्म नभएको सो गाउँमा यो परिवर्तन देखिनु निकै सकारात्मक हो । यही सन्देशलाई कविता, गीत या गजल स्वरुपमा लेख्न चुनौति दिएको छु । तल कमेन्टमा लेख्नुहोस् है ।

छोरा र छोरीमा के फरक छ र
छोराले सक्ने छोरीले नसक्ने के काम छ र
मौका पाए हामी पनि जे गर्न सक्छौ
बाली लाउँछौ
अन्न फलाउँछौ
परिवार पाल्छौ
कमेन्ट कस्तो लाग्यो ?:
0
0
एउटा हाइकु
नारी धर्ती हो
धर्ती पनि फोर्दछे
संसार पाल्न /
कमेन्ट कस्तो लाग्यो ?:
0
0