ब्लग कसरी बनाउँने ? कसरी चलाउँने ?

आजभोली ब्लग कसरी बनाउँने भन्ने प्रश्न निकै सुन्न थालिएको छ । फेसबुक, ट्विटर लगायतका सोसल साइटहरु हुँदै युवाहरु ब्लगमा प्रवेश गर्नु स्वभाविक पनि हो । आफुलाई ढुक्कसँग पोख्न पाइने तर चलाउँन पनि सजिलो हुने भएकाले ब्लग प्रति लोभिनु जायज पनि छ । तर लहडमा आउँने र दुइचार दिन चारतिरबाट चोरेर ब्लग भर्ने अनि छिट्टै ब्लगबाट टाढिनेहरुले ब्लगको विकाशमा केहि जटिलता भने थपेका छन् । केहीदिन लगाएर ब्लगलाई चिटिक्क पार्ने तर केहीदिनमै नयाँ कुरा नराखेर ब्लगलाई अर्धमृत छोडिदनेहरुको संख्या धेरै छ । वास्तवमा ब्लगको सजावट र डिजाइन भन्दा मुख्य ब्लगमा लेखिने कुरा नै हुन्छन् । यसैले पहिले म किन ब्लग लेख्दैछु र ब्लगमा के लेख्छु भन्ने निक्यौल गर्न जरुरी छ । नत्र ब्लग सुरु त हुन्छ तर नियमितता दिन बिस्तारै अफ्ठ्यारो हुन पुग्छ । यसैले ब्लग सुरु गर्नेहरुलाई मेरो सानो सुझाब दिदैछु, पढ्नुहोला । केहि अपुग भए जस्तो लाग्छ भने कमेन्टमा लेख्नुहोस् है ।

ब्लग कसरी बनाउँने र यसका पुर्वाधारहरु के के हुन्छन् ?

१. पहिले ब्लग के बिषयमा बनाउँने यसको निश्चित गर्नुस्
ब्लग सुरु गर्नु भन्दा पहिले मान्नुहोस् कि तपाईभन्दा पहिले नै धेरैले ब्गल लेख्न सुरु गरिसकेका छन् । यसैले सकेसम्म आफ्नो क्षेत्र फरक रोज्नुहोस् । यसले तपाईलाई अलग पहिचान त दिन्छ नै, यसका अतिरिक्त तपाईलाई आफ्नो अलग तर निश्चित क्षेत्रका बारेमा लेख्न पनि सजिलो बनाउँछ । यसैले आफुलाई मन पर्ने र थाहा भएको बिषयमा ब्लग लेख्नुहोस् ।

२. ब्लगको नाम के राख्ने ?
अघि भने जस्तै तपाई भन्दा पहिले नै धेरैले ब्लग सुरु गरिसकेका छन् । राम्रा र सजिला नामहरु नपाउँन सकिन्छ । यस्तोमा नाम राख्नैमा पनि निकै मिहिनेत गर्नु पर्ने हुन्छ । हिज्जे बिगारेका सम्झन कठिन नाम भएका ब्लगहरु राम्रा मानिदैनन् । तपाई आफैलाई सम्झनुस् अफ्ठ्यारा नाम भएका ब्लग दोहोर्याएर कति पटक खोल्नु भएको छ ? यसैले सकेसम्म छोटामिठा र शब्दकोषमा भएका शब्दहरुको ब्लग नाम हुनुपर्छ । आफ्नै नामको ब्लग पनि त्यति व्यवसायिक मानिदैन । जुन बिषयमा ब्लग छ सोही सम्बन्धित नाम राख्नु पर्छ ।

३. सित्तैमा चलाउँने या होस्ट गरेर :
ब्लग सुरु गर्दा ब्लग सित्तैमा बनाउँने हो या आफै होस्ट गरेर चलाउँने हो भन्नेमा विचार गर्नु पर्छ । यदि तपाई सुचना आदानप्रदानका लागिमात्र ब्लग चलाउँन चाहानुहुन्छ भने सित्तैको ब्लग चलाए पनि हुन्छ । तर व्यवसायिक ब्लगर हुने विचारमा हुनु भएको भए सोच्नुपर्छ किनभने तपाईले सित्तैमा पाउँने भनिएका ब्लगहरु वास्तवमा सबै तपाइकै भने हुदैनन् । सित्तैमा पाइएका ब्लगहरुमा ब्लग प्रदायकको नाम राख्नै पर्ने हुन्छ (नराखी त साइन अप नै हुदैन ।) जस्तै yourdomain.provider.com । होस्ट गरेर चलाउँनु ब्लगसँग ज्ञानभएकाहरुलाई सोध्नुहोस् र आफुलाई चाहिने जति स्पेश लिएर कम रकममा नै ब्लग सुरु गर्नुहोस् ।
सित्तैमा ब्लग खोल्नका लागि भने तलका ब्लग प्रदायकहरुको लिंकमा क्लिक गरि साइन अप गरेर ब्लग बनाउँनुहोस्

१. ब्लगर
२. वर्डप्रेस
३. टम्बलर
४. हबपेज आदि ।

४. ब्लग धेरै लेखहरुले भरिएको हुनुपर्छ तर आफ्नै :
ब्लग सुरु गर्ने भनेर थालेकाहरु सुरुका दुइचार दिन निकै व्यस्त रहन्छन् । यताउताबाट चोर्दै र छाँटकाँट गर्दै ब्लग भर्ने गर्छन् । तर जो यस्ता ब्लगसम्म आइपुग्छन् तिनले यस्ता लेखहरु स्रोतसम्म पनि पुग्ने क्षमता राख्छन् भन्ने बिर्सन्छन् । र भिजिटरको कमि भन्दै अन्त्यमा ब्लगबाट टाढिन्छन् । यसैले ब्लग लेख्नेले नियमित ब्लग लेख्न सकिएन भने अर्काको चोर्ने भने गर्नु हुदैन । यसले तपाईको लेख्ने क्षमतामा कमि ल्याउँछ ।

2 comments to ब्लग कसरी बनाउँने ? कसरी चलाउँने ?

  • dixcha lama

    मलाई यो ब्लक मन पर्यो ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • pratima baskota

    ब्लग बनाउने इ कुराहरु मलाई राम्रो लग्यो तर अलिक सैदान्तिक मात्रै भयो जस्तो लग्यो / कृपया कुन कुन स्टेप बाट ब्लग बन्छ भनिदिए हुन्थ्यो /

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 1 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

5 Users Online