केहि समय अगाडीको पानीफोटोको ब्लग पढ्नुभयो होला, सगरमाथाको ढुंगा प्रयोग गरि बनाइएको १३ लाखको नेपाली घडीको बारेमा केहि प्रश्नहरु उठाइएको थियो । सो ब्लगका लेखक राजेन्द्र थापाले केही सवालहरु उठाउँनु भएको थियो, धर्तीकै अग्लो विश्वसम्पदा वा राष्ट्रिय गौरवस्थलको ढुंगा ल्याउँने र बेपार गर्ने अधिकार कसले दियो ? भावी सन्ततीसमेतको हक रहेको यस्तो सम्पदाका सामानहरुको बिक्रि गर्ने हक हामीलाई छ ? (पुरानो ब्लग पढ्न भित्र आउँनुहोस्) सरकारले सो सवालहरुको सम्बोधन गरेको छ । वन मन्त्रालयले सरकारसँग अनुमति नलिई संरक्षित क्षेत्रमा रहेको ढुंगा प्रयोग गरि अबैध तरिकाले घडी उत्पादन गरेको भन्दै १३ लाखे घडीका उत्पादकलाई चिठी काटेको छ । बन मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कसको अनुमतिमा ढुंगा संकलन गरिएको हो, त्यसबारे एक साताभित्र जवाफ दिनु भन्दै घडी उत्पादक कम्पनी कोबोल्डलाई पत्र लेखेको हो ।वन मन्त्रालयले पत्र काटेपछि अब सगरमाथाको ढुंगा प्रयोग गरि बनाइएको १३ लाखे घडी उत्पादन हुने/नहुने, सम्भावना के छ ? पढ्न भित्र आउँनुहोस्
१३ लाखे नेपाली घडीको समाचार पढ्न छुटाउँनेका लागि:
१३ लाख पर्ने भनिएको घडी नेपाली भनिए पनि यसलाई नेपालको कुनै कम्पनीले भने बनाएको होइन । प्रसिद्ध घडी निर्माता कोबोल्ड कम्पनिका एक अधिकारी नेपाल आएका बेला उनलाई पर्वतारोहणमा गाइड गरिदिने दुईजना शेर्पालाई जिम्मेवारी दिएर कोबोल्ड हिमालय नामको घडीहरु बनाउँन लगाएका थिए । सो घडीमा सगरमाथाको ढुंगो प्रयोग गरिएको बताइएको थियो । यसरी बर्षमा ३००० थान घडी निर्माण गरेर करिब ४ अर्बको व्यापार गर्ने उनीहरुले योजना सुनाएका थिए ।
पत्र काट्नु पर्ने कारण के हो ?
सो घडी १३ लाख हुनुको कारण डायलमा सगरमाथाको ढुंगा प्रयोग गरिनु नै हो । तर विश्व सम्पदा सगरमाथाको ढुंगा प्रयोग गर्न पाइने नपाइने बारेमा भने उत्पादकहरुले सोचेको देखिएन । उनीहरुले सगरमाथाको ढुंगा प्रयोग गर्न कतैबाट अनुमति लिएको अहिलेसम्म आधिकारिक प्रमाण आएको छैन । यदि अनुमति लिने तर्फ उनीहरुले कोशिस गरेको भएपनि सगरमाथाको ढुंगा प्रयोग गर्न भने पाइदैन । तर उनीहरु अनुमतिको व्यवस्थातर्फ लाग्दै लागेनन् । कोबोल्डका एक अधिकारीलाई आइडिया फुरेकै भरमा काम थालेको देखियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ मा निकुञ्जभित्र अनुमति नलिई ‘ढुंगा, बालुवा, खानी खन्न वा खनिज पदार्थ हटाउन/सकंलन गर्न’ रोक लगाएको छ ।
अब के हुन्छ ?
वन मन्त्रालयले पत्र काटेपछि आफुहरु आधिकारिक होइनौ भन्दै शेर्पाहरुले उत्पादन बन्द गरेका छन् । कुनै हालतमा पनि सगरमाथाको ढुंगो प्रयोग गर्न नपाइने भएपछि सो घडीको उत्पादन भने बन्द हुने निश्चित छ । तर अहिलेसम्ममा कतिवटा घडी बनेका थिए वा कति घडी बिक्रि भए भन्ने बारेमा भने कुनै जानकारी प्राप्त भएको छैन ।

केही हुन लागेको थियो यो देशमा विकाश, त्यो पनि घण्टाहरु जस्ताले गर्न नदिने भए । आफु पनि नगर्ने अनि अरुलाई पनि गर्न नदिने । नेपालीको दिमाग धेरै भएर नेपालको यो हालत भएको । बाँदरले आफ्नो घर पनि बनाउँदैन अरुको पनि भत्काउँछ भनेको यही हो ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
अत्रो हल्ला गर्नु भन्दा पहिले नेपालको कानुनमा के छ भनेर बुझ्नु पर्ने हो इनले पनि / तर बनाउन देको भए पनि कै बिग्रने चै थिएन है / एउटा घडी बनाउन कति ढुंगा लाग्ला र /
कमेन्ट कस्तो लाग्यो ?:
0
0