स्वार्थी संसार – लघुकथा

-गणेश कार्की-
उ हास्यो. पेट मिची-मिची हास्यो । उ हासेको देखेर वरिपरिका अरु पनि हास्न थाले । उ धेरै जनासंग केहि बेर हासिरह्यो ।

उ रोयो । छाती पिटी-पिटी रोयो । उ रोएको देखेर अरु कोहि पनि रोएनन बरु अलिक पर पुगेर उ रूदाको अभिनय गर्दै हास्न थाले । उ एक्लै धेरै बेर रोहिरह्यो ।

1 comment to स्वार्थी संसार – लघुकथा

  • Acharya prabha

    लघुकथा “अमेरिकी जिन्दगी ”

    आचार्य प्रभा

    आमाबाबु उता नेपालमा हर्षले बिभोर थिए अमेरिका जाने खुशीयालीमा । यता छोराबुहारी पनि आमाबाबु (सासुससुरा) आउने खुशीमा मक्ख थिए ।
    अमेरिका जाने दिन आइेपुग्यो । बुढाबुढी गमक्क परेर एयरपोर्टतिर लागे।उनिहरुलाई छोराबुहारी,नातिलाई भेट्ने हर्षले आतुर बनाइे रहेको थियो ।

    अमेरिकाको एयरपोर्टमा छोराबुहारी,नाति लिन आएका थिए । पारिवारिक मिलन बडो हर्षोल्लासका साथ भइेरहेको थियो ।अमेरिका पुगेको हप्तादिन सम्म उनिहरुलाई घुम्दै फुर्सद भएन । छोराबुहारी दुवैजनाले बिदा लिएर ढुक्कसँगले बाबुआमालाई घुमफिर गराए । अमेरिकाको जीवन अत्ती रमाइलो भएको आभास भइेरहेको थियो । सबै कुराको सुबिधा। निर्धक्कसँग घुमफिर गर्न पाइेने । बिजुली,पानीको अभाव पनि नहुने ।
    जब समय बित्दै गयो । नातिलाई स्याहारसुसार गर्ने जिम्मेवारी त छँदैथियो बुढाबुढीलाई । छोराबुहारीको मुख हेर्नसम्म पनि शनिबार,आइेतबार कुर्नुपर्ने समय आयो । आधारातमै छोरा बुहारी उठेर काममा जान्थे । आउँदा बुढाबुढी सुतिसकेका हुन्थे । यसरी समय बितिरहेको थियो ।

    नेपालमा हुँदा बुढाबुढी गाउँघर,छरछिमेकी हाँस्दै,गफ गर्दै हिँड्ने बानी। स्वतन्त्रसँग जहाँपनी जानसक्ने,जतिबेला पनि,तर जब अमेरिका आए उनिहरु,पिंजरामा परेको सुगा झैँ भए । न’त,कतै जान सक्नु आफ्नो खुशीले।न’त कोहिसँग बोल्न र भेट्न पाउनु । उनिहरुको हर्सोल्लास र उमङको अमेरिका बसाइे निराशामा अनुवाद हुँदै गयो । उनिहरु कहिले नेपाल फर्कन पाउने? भन्ने आशामा दिन गन्न थाले ।

    कहिलेकँही मौकाको भेट्मा छोराबुहारीलाई उनिहरुले सोध्ने गर्दथे । अब कहिले पठाउँछौ हामीलाई नेपाल? दिक्क लागिसक्यो । यस्तोपनि जिन्दगी हो ? हामी बुढाबुढी त यो बेला गाउँघर घुमेर,पूजापाठ गरेर,तिर्थधर्म गरेर बिताउने समय हो । यसरी एक कुनामा बसेर दिन काट्न कहाँ सक्छौं र ? गरौँ केही छैन ।
    यस्तो आशय राख्दा उनिहरुले छोराबुहारीबाट यस्तो जवाफ पाउँथे । “के भो त? बुवाआमा नातिको मुख हेर्दै बस्ने नि । हजुरहरु आउनुभयो र हामीले काम गर्ने मौका पायौं । नत्र हामीले पैसा कसरी कमाउने ? नातिलाई कस्ले हेर्छ ?”

    बुढाबुढी यस्तो उत्तरले मौन बन्थे र सोंच्थे । उहिले बरु छोराबुहारीले तिर्थधाम घुमाउथे। बुढाबुढीहरु कती प्रशन्न हुन्थे ।आजभोली बाबुआमालाई अमेरिका घुमाउन बोलाउँछन् भनेर आमाबाबु मक्ख पर्छन् तर अमेरिका घुमाउनुको अर्थ त अर्कै पो रहेछ,भनेर उनिहरु एकार्कालाई हेरेर मौन बन्थे । बुढाबुढीलाई शंका भयो।आमाबाबुलाई अमेरिका बोलाउनुको स्वार्थ शायद सबै सन्तानको यस्तै हो कि? भनेर ।

    (यो लघुकथा काल्पनिक हो । सबैको यस्तै कथा नहुन सक्छ । संजोगबस मिल्न गएमा क्षमा प्रार्थी छु )

    रचना – सेप्टेम्बर/ १७/ १३

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

6 Users Online