-गणेश कार्की-
उ हास्यो. पेट मिची-मिची हास्यो । उ हासेको देखेर वरिपरिका अरु पनि हास्न थाले । उ धेरै जनासंग केहि बेर हासिरह्यो ।
उ रोयो । छाती पिटी-पिटी रोयो । उ रोएको देखेर अरु कोहि पनि रोएनन बरु अलिक पर पुगेर उ रूदाको अभिनय गर्दै हास्न थाले । उ एक्लै धेरै बेर रोहिरह्यो ।
