अब फेरि कुनै नोट हातमा पर्ने बित्तिकै ओल्टाइ पल्टाइ हेर्नु नपर्ने भयो । हिजो चैत्र १ गते देखि आम कारोवारमा नचल्ने भनिएको नोट भोली देखि नै पहिले झै मज्जाले चल्ने भएको छ । बिना तयारी एकाएक नचल्ने भनेर घोषणा गरिए पछि राजा टाउके नोट दिक्दारीको बिषय बनिरहेको थियो । यसैले सर्वसाधारणलाई अफ्ठ्यारो परेको भन्दै भोलीबाट नै नचल्ने भनेर गरिएको निर्णय स्थगित गरिएको छ ।
राष्ट्र बैकंले निश्चित काउन्टरबाट मात्र पुराना नोटहरु साट्ने व्यवश्था मिलाएको थियो । तर पनि समय नदिएको भनेर यसलाई बिरोध गरिदै थियो । सायद यही दबाबको कारणले हुनु पर्छ, कार्यक्रम स्थगीत भयो ।
कुनामा बसेका ज्ञानेन्द्र खुसी पो भयो कि ?
