Warning: substr() expects parameter 1 to be string, array given in /home4/splash/public_html/paniphoto.com/wp-includes/functions.php on line 1679

चिरन्जीवी वाग्ले खोरमा, भन्छन् “काठमाण्डौ चप्पल लाएर आ’को थेँ”

आठ बर्ष देखि शक्तिको प्रभावका कारण भष्ट्राचारमा परे पनि खुल्ला हिडिरहेका नेपाली कांग्रेसका नेता चिरन्जीवी वाग्ले अन्ततः खोरमा जाकिने भएका छन् । उनी पटक पटक मन्त्री भएका थिए भने नेपाली कांग्रेसको केन्द्रिय समितीमा २० बर्ष सम्म रहेका थिए । पदको दुरुपयोग गर्दै अकुत सम्पती थुपारेको अभियोगमा उनी कारवाहीमा परेका हुन् । उनलाई साथ दिने उनका छोरा देवेन्द्र वाग्लेलाई भने सर्वोच्चले रिहाइ दिएको छ । सर्वोच्चको त्यो फैसला पछि उनले हिजो राती बिबिसीमा आफु अन्यायमा परेको दावी गर्न भने छाडेनन् । के भने त वाग्लेले बिबिसीसँग ?

हिजो भष्ट्राचारको आरोप प्रमाणित गर्दै हर्जाना र बिगो सहित कैद गर्ने फैसला सर्वोच्चले दिए पछि उनले राती बिबिसी नेपाली सेवालाई अन्तर्वार्ता दिदै भने, “यो राजनीतिक प्रभावका कारण भएको फैसला हो । म अन्यायमा परेको छु । यो कानुनी राज्यको उपहास हो ।” उनले आफुले यो सम्पती कमाएको नभई छोराबुहारीले व्यापारबाट कमाएको भन्न छुटाएनन् । आफु देवतालाई विश्वास गर्ने भन्दै उनले देवताको नाममा आफु सफा रहेको पनि कसम खान भ्याए । तपाई पहिले नुवाकोटबाट चप्पल लगाएर आउनु भएको थियो रे भन्ने प्रश्नमा आफु चप्पल लगाएरै आएको अनि कहिलेकाँही खाली खुट्टा हिड्नु परेको पनि स्वीकार गरे । अब के गर्नु हुन्छ त भन्ने प्रश्नको जवाफ दिदै भने आफु अन्यायमा परेकै भए पनि सजाय काट्ने विकल्प नभएकाले जेलमा बस्ने बताए ।

हिजो प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठसहित न्यायाधीश खिलराज रेग्मीको इजलासले पटक पटक मन्त्री बन्दा अख्तियार दुरुपयोग गरी स्रोत नखुलेको सम्पति आर्जन गरे वापत् वाग्लेलाई १ वर्ष ६ महिना जेलमा हाल्ने सजाय सुनाएको हो । त्यति मात्र हैन, २ करोड ३ लाख जरिवाना र २ करोड ३ लाखबराबरको बिगो असुल गर्न पनि सर्वोच्चले आदेश दिएको छ । वाग्लेलाई १ वर्ष छ महिना कैद सजाय सुनाइएको भए पनि २०५९ सालमा अनुसन्धानका क्रममा एक महिना पाँच दिन हिरासतमा बिताइसकेको हुनाले अब १ वर्ष ४ महिना २५ दिन मात्रै जेलमा बसे हुने भएको छ । यो सर्वोच्चको अन्तिम फैसला हुनाले उनलाई खोरमा जाकिनु भन्दा अर्को विकल्प प्राप्त हुने छैन । उनले यही असोजमा मात्र अर्को बिहे गरेका थिए ।

यो फैसलाको असर कस्तो होला ?
जति भष्ट्राचार गरे पनि पावरका आडमा उन्मुक्ति पाउँने क्रम बन्द हुने हो कि भन्ने आश यसले देखाएको छ । पदमा हटेको एक बर्ष भित्र उजुरी पर्नु पर्ने भन्दै ढिलो उजुरी परेकाले खुल्ला भएका पूर्वमन्त्री गोविन्दराज जोशी, पूर्वप्रहरी महानिरीक्षकद्वय मोतीलाल बोहरा र अच्युतकृष्ण खरेललाई पनि कारवाही हुने बाटो खुलेको छ । आश गरौं, अब अझै भष्ट्राचारीका पोलहरु खुल्दै जानेछन् ।

अन्तमा सर्वोच्चको यो निर्णयको हार्दिक स्वागत ।

Leave a Reply

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Twitter मा म

  • @ramsmahat कुन बिक्रम सम्बत ? कुन ग्रेगोरियन ? खोइ गल्ति भएको ट्विट ? डिलिट गरिसकेको ट्विटमा के हेरेर माफ माग्नु ? अर्को क्षमा माग ।

Follow @paniphoto on twitter.

Online Users

7 Users Online