मलाई एउटा इमेल आयो जसमा लेखिएको थियो । - मैले आज तपाईको ब्लगका लागि एउटा लेख पठाउँने विचार गरे । मैले धेरै समय पछाडी आज चाँही लेख्नु पर्यो भनेर लेख्न बसेको थिएँ । आज लेख्न भनेर सुरु गरेको बिषय एकदमै चाख लाग्दो पनि थियो । (म प्राय राम्रा र चाख लाग्दा बिषयहरु नै छान्दछु ।) म यसलाई अरुसँग बाड्न चाहन्थेँ । त्यसपछि, मैले लेखेँ । र, मलाई लाग्यो शब्दहरु त्यती मिलेका छैनन् । मैले लेखेँ र, मेटेँ । अनि, पुन लेख्न थाले । यसरी नै कुनै हरफहरु थप्दै र कुनै मेट्दै, सच्याउँदै गर्दा लगभग एक घण्टा सकिएछ । अब यसलाई राम्ररी सार्नु पर्यो भनेर सारेको जम्मा डेडसय शब्द जति मात्र भएछ । म छक्क परें । अरुका लेखहरु पाना भरिका हुन्छन् । सोचेँ कसरी लेख्दा हुन् ? तपाईसँग कुनै उपाय छ कि ?
सरसरी इमेल पढेँ । रोचक लाग्यो । यस्तो खालको इमेल कहिले पनि आएको थिएन । अब उत्तर त दिनै पर्यो । मैले बुँदागत रुपमा राम्रो लेखक यसरी बन्ने भनेर यस्तो जवाफ लेखेर पठाई दिएँ ।
राम्रो लेखक बन्न आवश्यक १० कदम :
१. लेख्ने ।
२. अझै लेख्ने ।
३. अझै धेरै लेख्ने ।
४. त्यो भन्दा ज्यादा लेख्ने ।
५. आफुलाई मन नलाग्दा पनि लेख्ने ।
६. आफुलाई मन लाग्दा पनि लेख्ने ।
७. केहि भन्नु छैन भने लेख्ने ।
८. केहि भन्नु छ भने लेख्ने ।
९. हरेक दिन लेख्ने ।
१०. लेखिरहने ।
मैले राम्रो लेखक बन्ने अरु कुनै उपाय भएर पनि यहाँ लेख्न छुटाएँ जस्तो लाग्छ भने तपाईले कमेन्ट बक्समा गएर थप्न सक्नुहुनेछ ।

लेख लेख्नको लागि यी उपाय मलाई काईदा लाग्यो ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
ha ha crazy post……..
कमेन्ट कस्तो लाग्यो ?:
0
0
आआआआअ होला जस्तो छ
कमेन्ट कस्तो लाग्यो ?:
0
0
अल्छी लागे पनि लेख्न्ने
टुप्पी कसेर भे पनि लेख्न्ने
कमेन्ट कस्तो लाग्यो ?:
0
0