ग्यास पाइदैन । अब उपाय के त ? मट्टितेल । तर मट्टितेल पनि सँधै सुलभ त कहाँ हुन्छ र ? त्यो पनि त उहि विदेशी नै हो । फेरि मट्टितेलको प्रयोग गर्दा समस्या पनि त निकै छन् । धुँवाले कोठा ढाक्छ, आवाज उस्तै दिक्दारलाग्दो, तलमाथि केही भयो भने खानामा मट्टितेलको गन्ध । यसैले चाहनु भयो भने यो समस्याबाट मुक्ति पाउँन पनि उति गार्हो भने छैन । यसै बिषयसँग सम्बन्धित मेरो अनुभव भन्छु है ।
खाना पकाउँने ग्यासको अभाव त छदै थियो । अझ केही दिन अगाडी उपभोक्ता आफैले ग्यास बोकेको गाडीबाट जबरजस्ती बाटो छेकेर ग्यास लगे पछि ग्याससँग सुरक्षाको प्रश्न पनि जोडियो । यो अभाव अझै कति दिन चल्छ भन्न सकिने स्थिती छैन । यसैले थोरै सिलिण्डर आए पनि पसलमा ग्यास माग्नेको भिड लाग्छ ।
![]() |
| यसरी नाम प्रकाशित हुन्छ अचेल ग्यास पसलहरुमा । फोटो गणेश |
पसलले अचेल भ्याइ नभ्याइको अवश्थामा छन् । आज ग्यास खोज्दै हिड्दा पसले भन्दै थिए, कहिलै नभएको व्यस्त भइयो । नाम टिप । ग्यास आएको दिन फोन गरेर बोला । निकै व्यस्त । यसैले अहिले त बिहान ९ बजे देखि दिउँसो १ बजेसम्म मात्र नाम टिपिन्छ भनेर पसल अगाडी सूचना नै टाँसिदिएँ ।
मट्टितेलको विकल्प बायो ब्रिकेट
हो, मट्टितेलको राम्रो विकल्प बायो ब्रिकेट हुन सक्छ । प्रयोग गर्नलाई निकै सजिलो त हुन्छ नै । मट्टितेलमा जस्तो न गन्धको समस्या न धुँवाको । यो वातावरणीय दृष्टिकोणमा पनि लाभकारी छ । साथै, घरटोलमा नै बनाउँन सकिने हुनाले सुलभ पनि हुने भयो ।
![]() |
सँगै जानकारी पनि, कसरी बनाइन्छ बायो ब्रिकेट
काम नलाग्ने झारपात, कागज तथा वनस्पती काटिन्छ । त्यसलाई सुकाईन्छ । सुकेपछि खाडलमा छोपेर जलाउनुपर्छ । यसरी जलाउँदा ज्वाला खाडल बाहिर ननिस्कने गरी जलाउनुपर्छ । जलाईसकेपछि भने अँगार बन्छ । झारपात तथा वनस्पती जलाएर बनेको अँगारलाई मिक्सचरमा पिसेर धुलो बनाउनुपर्छ । धुलो बनाईसकेपछि तीन भाग कोईलाको धुलो र एक भाग माटो मिसाएर फर्मामा राखेर ब्रिकेट बनाईन्छ ।

this is true. for environment bricket is much more efficient and safer than kerosene.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
this is true. for environment bricket is much more efficient and safer than kerosene.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
ब्रिकेट राम्रो हो । वातावरण जोगाउँन यसले ठुलो मद्दत गर्छ पनि । तर के यो त्यती धेरै उपयोगी छ कि यसले मट्टितेल वा खाना पकाउँने ग्यासलाई नै विस्थापन गरोस् । यसलाई सल्काउँन कति हैरानी छ तपाईले त्यो लेख्न छुटाउँनु भयो ।
तर स्थानियलाई पश्रय दिने हो भने चै ठिक छ । तर अझै पनि यसले ग्यास वा अरु साधनहरुलाइ विस्थापन नै चै गर्दैन ।

यो त निकै राम्रो उपाय हो । माथि मनोजजीले उठाएका कुरा पनि मन चै पर्यो । तर सबै कुराको राम्रो मात्र कहाँ हुन्छ र ?
कमेन्ट कस्तो लाग्यो ?:
0
0
यो त निकै राम्रो उपाय हो । माथि मनोजजीले उठाएका कुरा पनि मन चै पर्यो । तर सबै कुराको राम्रो मात्र कहाँ हुन्छ र ?
कमेन्ट कस्तो लाग्यो ?:
0
0