पत्रिकामा आ’को, राष्ट्रपतिले भजन गा’को, लास्टमा सबै मुर्गा भा’को

“अब कान्तिपुरले नै छापिसकेपछि गर्नु प्रशंसा गरियो नि । साला ! मुर्गा पो भइएछ ।” चियापसलमा यस्तै गफ हुँदै थिए । उनी थिइन्, अनुजा बानियाँ । अघिल्लो दिनसम्म कतै नसुनिएको नाम भोलीपल्ट देखि यसरी सुनियो कि अब बिर्षन नै अफ्ठ्यारो छ । त्यतीखेर प्रशंसा गरे पनि अहिले ऐना हेर्दा लाज भए जस्तो लाग्न थालेको छ । हुन पनि हामी कति हतारिएका । हो/होइन मतलब छैन । सुरु गरियो भजन गाउँन । हुन त पत्रिकामा आ’को राष्ट्रपतिसम्मले भजन गा’को अनि हामी के नहतारिनु । बाटामा भेटिएको खाली कागजमा पनि झण्डै लेखियो नि, ‘धन्य अनुजा’ भनेर । लौ हामी त यस्तै भयौं । त्यो कान्तिपुरलाई र राष्ट्रपतिलाई के भाको । अझ अचम्म त त्यतिबेला पो लाग्यो जब


पुर्वप्रधानन्यायाधिश रामप्रसाद श्रेष्ठले पनि फोन गरेर तारिफ गरे भन्ने सुनियो । ए बाबा यी त प्रधानन्यायाधिश पो भइसकेका मान्छे हुन् त, कुरै नबुझी फोन गर्न भ्याएछन् तिनले पनि । जागिर छोडेको एक महिना भएको छैन, सबै कुरा बिर्षीए जस्तो नि ।

तेत्रो तारिफ कुकुरको कोनिकेमा नै गयो नि । अहिले पो जति सम्झ्यो, उति होइन जस्तो लाग्छ । एक दिन निस्कदा पत्रिकामा अर्कैको फोटो अनि फेरि अर्को दिन अर्कैको फोटो रै’छ । त्यै पनि थाहा पाइएन । कहिले पौडेल रे, कहिले पोखरेल रे । त्यै पनि हो कि भनियो । 
अब धेरै के कुरा गर्नु । लास्टमा त्यै हो मुर्गा भइयो गतिलै । अहिले त रिस पो उठिराखेको छ । लगेर जेलमा कोचिदिए पनि हुने । तर पुलिसलाई कसैले उजुरी दे’को छैन रे । उजुरी बिना केहि गर्न मिल्दैन हजुर भन्छन् । अपराधीलाई कारवाही गर्न पनि उजुरी चाहिने ? कही नभएका अल्छि मोराहरु ।

अब हामी बरा त सँधै मुर्गा भएकै हौ । सहेकै हौ । यो पनि सहन्छौ । ए ! राष्ट्रपतिज्यू तपाई चै हाल्नुहोस हओ उजुरी !

5 comments to पत्रिकामा आ’को, राष्ट्रपतिले भजन गा’को, लास्टमा सबै मुर्गा भा’को

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

3 Users Online