हितकारी अदुवा

घरगाउँमा पाइने र प्रयोग गरिरहेका कतिपय कुराहरुलाई केहि सजगताका साथ प्रयोग गर्ने हो भने निकै रोगहरुको रोकथाम हुने मात्र हैन, रोगहरुबाट मुक्ति पनि पाइन्छ । नजिकको तिर्थ हेला भने जस्तै हामी घरमा सजिलै उपलब्ध हुने यस्ता जडिबुटीमा विश्वास गर्दैनौं र साना भन्दा साना स्वास्थ्यमा हुने समस्या निदानका लागि ट्याब्लेट खोज्दै मेडिकल धाउँछौं । यस्ता औषधीहरुको सेवनका कारण साइड इफेक्टका रुपमा हामी अरु थप समस्या पाउँछौं । सोच्ने हो भने त यो पैसा तिरेर रोग किने जस्तो पो हुने रहेछ । यसैले घरमा उपलब्ध हुने जडिबुटीहरुको बारेमा ज्ञान हुनु जरुरी छ । यसले पैसा बचाउँनेमात्रै हैन, स्वास्थ्यमा दिर्घकालिन फाइदा दिन्छ ।

यसैले आउँनुहोस्, आज अदुवाका फाइदाका बारेमा छलफल गरौं ।

अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको गानो रेशादार हुन्छ । जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ । नेपालमा सल्यानमा उत्पादन भएको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ ।

मुख्यतया मसलाका रुपमा प्रयोग हुने अदुवाले मानिसमा हुने ग्यास्ट्रिकमा कमि ल्याउँदछ भने यसले ग्यास्ट्रिकका कारणले भएको जलनलाई पनि हटाउँन मद्दत गर्छ । रिसर्चबाट पत्ता लगाए अनुसार अदुवा धेरै प्रकारका उपचारक गुणहरु बोकेको हुन्छ । यसले एन्टिअक्सिडेन्ट असर देखाउँछ भने यसले मानव शरिरमा जलन पैदा गर्ने पदार्थको उत्पादन पनि रोक्छ । त्यस्तै यसमा भएको गिगोंरोलका कारण अदुवालाई पोलेको ठाउँमा पनि प्रयोग गर्न सकिन्छ ।
गर्भवती महिलामा हुने वान्ताको समस्या हटाउँन पनि यसको प्रयोग गर्न सकिन्छ । त्यस्तै गाडीमा चढ्दा वान्ता हुनेहरुले वान्ता रोक्ने औषधीको साटो यसलाई प्रयोग गर्न सक्छन् । धेरै खोकी लागेको समयमा पोलेको अदुवाले फाइदा पुयाउँछ ।

महिलालाई रजस्वलाको समयमा हुने पिडालाई पनि अदुवाले कम गराउँछ । अध्ययनले देखाए अनुसार रजस्वला हुनुभन्दा तीनदिन अगाडीदेखि दिनको चार पटक केहि अदुवाको प्रयोग गर्नाले ६२% मा पिडा कम हुन्छ ।

अदुवाको नियमित प्रयोगले ढाड दुख्ने तथा कम्मर दुख्ने रोगलाई घटाउँछ । यसका अतिरिक्त अदुवाको प्रयोगले धेरै प्रकारका क्यान्सरको संक्रमणबाट जोगाउँछ । साथै यसले शरिरमा रोग प्रतिरोधक क्षमता पनि बढाउँछ ।

अदुवा प्रयोग गर्दा डाक्टरको सुझाब कसले लिने ?
- मधुमेह भएकाहरुले डक्टरको सुझाब लिएर मात्र अदुवा लिने गर्नु पर्छ । अदुवाले रगतमा सुगरको मात्रा घटाउँछ ।
- मुटुका समस्या भएकाहरुले ।
- रगत नजम्ने समस्या भएकाहरुले ।

इतिहास
दक्षिणपुर्वी एसियाका आदिवासीहरुले अदुवाको सवैभन्दा पहिले प्रयोग गरेको मानिन्छ । अझ पनि यो क्षेत्रमा अदुवालाई मुख्य मसलाका रुपमा प्रयोग गरिन्छ । यसलाई प्राचिनकाल देखि नै औषधीका रुपमा पनि प्रयोग गरिदै आइएको हो । त्यसपछि प्राचिन रोममा चीनबाट यसको आयात गरिन्थ्यो । त्यसपछि क्रमश यसको युरोपमा प्रयोग बढ्दै गएको देखिन्छ । यसका प्रमुख निर्यातकर्ता एसियाली मुलुक नै हुन् । नेपाल अदुवाको चौथो ठुलो उत्पादक हो ।
अदुवामा हुने पौष्टिक तत्वको बारेमा थप थाहा पाउँन क्लिक गर्नुहोस्

अदुवाको मिठो परिकारहरु बनाउँने तरिका थाहा पाउँन क्लिक गर्नुहोस्

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

10 Users Online