आफ्नो लागि आफैले केहि गर्नु पर्छ । आफ्नो क्षेत्रका लागि आफैले नगरे अरु कसले गर्छ ? यही विचारलाई आत्मसाथ गर्दै आफ्नो ठाउँको विकाशका लागि नयाँ नयाँ तरिकाकामा गरिएका सामूहिक प्रयासहरु प्रशस्त छन् । गर्नलाई त हाम्रो देशमा शिक्षालाई मौलिक अधिकारमा लिपिबद्ध गरिएको धेरै नै भइसक्यो । तर यो कति कागजी मात्र छ भन्ने कुरा हामीले दैनिक जीवनमा महसुस गरिआएकै छौ । यद्यपी शिक्षाको आवश्यकता भने सबैले महसुस गर्न थालिसकेका छन् । यस्तै शिक्षाको लागि सरकारको मुख नताकि स्थानिय प्रयासमा स्याङ्जामा एक विद्यालय सञ्चालन गर्दै आएका छन् । विद्यालय सञ्चालनका लागि उनीहरुको मुख्य स्रोत हो, कुखुरा, हाँस, परेवा र बोकाको टाउको बिक्री ।
विद्यालय चलाउँने तरिका धेरै हुन्छन् । कतै तरकारीलाई आम्दानीको स्रोत मानेर त कतै व्यक्ति वा संस्थामार्फत खर्च जुटाएर अनि कतै महायज्ञ सञ्चालन गरेर । तर स्याङ्जाको चित्रे भञ्ज्याङ गा.वि.स.मा रहेको एक विद्यालयमा भने मन्दिरमा देवीदेउतालाई चढाएको बलीको टाउको बेचेर विद्यालय सञ्चालन गर्दै आएका छन् ।
नजिकै रहेको बाल सुर्योदय प्रा.वि.मा सरकारी तहबाट आएको बजेटले मात्रै विद्यालयको खर्च धान्न नसकेपछि त्यहाँका स्थानिय वासिन्दाले यस्तो उपाय अपनाएका हुन् । विद्यालय नजिकै रहेको भैरवस्थान मन्दिरमा बलि चढाउँन ल्याएका बोका, कुखुरा, परेवा र हाँसका टाउका बेचेर आएको केहि आम्दानी विद्यालयलाई दिने गरेको मन्दिरका संरक्षक मनुभक्त शर्मा बताउँनुहुन्छ ।
उहाँका अनुसार २०५४ सालमा स्थापना भएको सो विद्यालयलाई द्धितिया, पञ्चमी, दशमी र पुर्णिमाका दिनका बलिका टाउका समितिले बेचि आधा पैसा विद्यालयलाई दिने गरिएको छ ।
मन्दिरमा आफ्नो मनोकांक्षा पुरा गरिदिएको भन्दै बलि चढाउँन आएकाले ल्याएको विभिन्न पशुपंक्षीका टाउका दर्शनार्थीले चढाएको भेटीले विद्यालय सञ्चालन गरिएको छ ।
सो मन्दिरमा दैनिक सय भन्दा बढि दर्शनार्थीहरुले बलि चढाउँने गर्छन् । सो बलि मध्ये कुखुरा, हाँस र परेवाको टाउको प्रतिगोटा २० रुपैया र बोकाको टाउको ८० देखि १०० रुपैयामा बेचिन्छ ।
यसरी प्राप्त रकमबाट दुइजना शिक्षक निजीस्रोतमा राखिएको छ ।

एकदम सकारात्मक खबर । खाली मान्छे मरेको र आतकंको समाचार कति सुन्नु ? बाँच्न डर लाग्ने भइसक्यो । ओसामा बिन लादेनको नयाँ नयाँ समाचार खोज्नु भन्दा यस्तो समाचारले समाजलाई फाइदा दिन्छ नि । धन्यवाद लेखका लागि ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
गरे के नहुने रैछ र ? बलीको पैसाले स्कुल चल्नु त अति नै राम्रो हो नि ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
तर जुनसुकै कुरामा गरिने बलीको म बिरोधी हुँ । बलीको साटो अर्को उपाय खोज्न मिल्दैन । पशु पनि त इश्वरका पुत्रपुत्री हुन् ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
mahesh ji, I dont know god exist or not. But i am sure about that education is the matter which can change human to god.so stop commenting about good thing by giving the name of god.
thank you
कमेन्ट कस्तो लाग्यो ?:
0
0
great news.i appricate it
कमेन्ट कस्तो लाग्यो ?:
0
0