सुन्दैनौं थाहा छ, तर पनि

-नबराज खड्का-
महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो कविता मार्फत भन्नु भएको थियो ‘हातको मैला सुनको थैला के गर्नु धनले साग र सिस्नु खाएको वेस आनन्दी मनले’ वास्तवमै उहाँको यो उद्गारले भावनात्मक र व्याबहारिक रुपले नछुने मनहरु विरलै होलान ।

हामी वहुसंख्यक नेपालीहरु दिन प्रति दिन त्यति धेरै अभागी र दुखी बन्दै गएका छौं जो संग न जीवन गुजार्ने पर्याप्त धन नै हुन्छ न आनन्दले साग र सिस्नु खाएर वाँच्न सक्ने अवस्था नै छ यो कुरा विगतदेखि न्याय, समानता र मुक्तिको लागि राणाशासन र पंचायती व्यबस्थाको अन्त्यको खातिर लड्ने हाम्रा हजुरवुवा, वुबा र गणतन्त्रसम्मको लागि लड्ने हाम्रो पुस्तासम्म सबैले अहिले भोगी रहेको अवस्था हो, जुन यथार्थबाट खाडी मुलुकको प्रचण्ड गर्मीमा अति न्युन पारिश्रमीकमा जोखिमपूर्ण काम गरी परिवार धान्ने हजारौ युवा-युवतीदेखि संसारको विभिन्न मूलुकमा थरि-थरिका कथा र व्यथासंग जुद्धै पाखुरा बजारी रहेका कुनैपनि नेपालीहरु अछुतो छैनन् न नेपालमै खेतीपाती, पशुपालन, ज्यालादारी, बनी-बुतो अनि जागिर, व्यापार लगायतको कमाईवाट मुस्किलले पेट पाल्नेहरु नै वेखबर हुन सक्छन् यी सबैमा बढ्दो महंगी, वेरोजगार, अशान्ति, हत्या, हिंसा, चोरी डकैती, भ्रष्टचार अनि दण्डहीनताको विकराल स्थितिले मीठो मसिनो र सुखसयल त परै जाओस शान्तिले साग र सिस्नु खाएर रमाउन पाउने स्थिति पनि हाम्रो सामु वाँकी रहेको देखिदैन ।

कुनै पनि देश र त्यो देशको नागरिकको भाग्य र भविष्य उक्त देशको राजनीति र राजनैतिक नेताहरुको व्यवहारले निर्दिष्ट गर्दछ जसको परिणाम आज हामी शान्ति र बिकासको उज्यालो कुरी रहेका तमाम् श्रमजीवी नेपालीहरुले भोगी रहेका छौं । ‘राजनीति भनेको उच्च नीति र विचार’ हो तर हाम्रो देशको राजनीति त्यसको ठिक उल्टो अत्यन्तै तुच्छ, घृणित र व्यवशायिक नीतिमा परिणत भएको छ, नेपालको राजनीति अनि नेताहरुको बोलीव्यबहार र देशको अवस्था देखेर आज धेरै मानिसहरु राजनीतिको ‘र’ पनि सुन्न चाहदैनन, मुन्टो बटार्छन, गाली गर्छन् सराप्छन् यो स्वाभाविक रुपमा निस्कने आक्रोस र प्रतिक्रिया हो तर त्यसो गर्दैमा हाम्रो समस्याको समाधान निस्कदैन, देशको सचेत नागरिकको हैसियतले गल्तीमा औला ठडयाउनु, खबरदारी गर्नु र सही ठाउँमा आफ्नो मत जाहेर गर्नु हाम्रो कर्तव्य र दायित्व पनि हो । हामी आफ्नो जिम्मेवारीवाट पछाडि हट्यौं भने हामीले पर्खेको शान्ति र विकास अझ धेरै पछाडि जान सक्छ वा कहिल्यै नआउन पनि सक्छ ।

विशेष गरी हामीले २०४६ सालको राजनैतीक परिवर्तन पछाडि हाम्रो देश नेपालको आमूल परिवर्तनको धेरै आसा गरेका थियौं किनभने तीस बर्षसम्म निरंकुस पञ्चायतको विरुद्ध लडेका, हरेक यातना र जेलनेल भोगेका नेताहरुको प्राय कुनै पार्टीमा खाँचो थिएन भने राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो लक्ष मान्ने देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले २०४८ को संसदीय निर्वाचनमा अत्याधिक वहुमत प्राप्त गरी सरकार गठन गरेको स्थितिले कुनै राजनैतीक अवरोध र व्यवधानको स्थिति थिएन तर विडम्बना त्यो हाम्रो आशा र भरोसाको जगवाटै नेपाली कांग्रेससले आफ्नै पार्टीभित्र कुर्सी र पदकोलागि काटमार मात्र गरेन कांग्रेस इतरका शक्तिहरुमाथि हर प्रकारको प्रहार गर्दै देशैभरि कांग्रेसी गुण्डागर्दी फैलायो उसको त्यो व्यवहारले अघोसित रुपमा के संकेत गर्थ्यो भने कांग्रेसभन्दा भिन्न विचार राख्ने कुनै पनि प्राणीलाई नेपालमा लेख्ने, बोल्ने र बाँच्ने अधिकार नै छैन । राज्यका सबै तहमा कांग्रेसीकरण गर्दै राज्यलाई आफ्नो पार्टीको भर्तीकेन्द्र बनायो । यसरी हाम्रा आसाका किरणहरुमाथि कांग्रेसले राजनैतीक अस्थिरता सृजना गर्दै कु-शासन र भ्रष्टचारलाई मलजल गरी भारतसंग विभिन्न राष्ट्रघाती सम्झौता गर्दै भारतको मिचाहा प्रबितिलाई टुलु-टुलु हेर्नुले देश निर्माणको त्यो महान अवसर ‘बाँदरको हातमा नरिवल’ शिवाय अरु केही हुन सकेन यस्तो परिस्थितिले राजनैतीक दलहरुको विचमा सरकार बनाउने र ढाल्ने हदैसम्मको होडबाजी मात्रै चलिरह्यो भने तत्कालिन माओबादीपार्टीको मागहरु मध्ये विशेषत सम्बिधान सभा र गोलमेच सम्मेलन नेपाली कांग्रेस र एमाले लगाएतको दलहरुले स्वीकार नगर्दा र माओवादीले स-शस्त्र युद्धको घोषणा गर्दा देश कहाली लाग्दो गृहयुद्धमा धकेलियो राज्य पक्ष र माओवादी पक्षवाट थुप्रै हृदयविदारक र अमानविय घट्नाहरु मात्र भएन देश खरानीको थुप्रोमा परिणत भयो ।

एकले अर्कोलाई जसरी पनि सिध्याउने खेलले दुवै पक्षलाई सफलता मिल्न नसक्दा र संवैधानिक राजा ज्ञानेन्द्रले संसदमा निहित कार्यकारी अधिकार आफ्नो हातमा लिनुले पुर्व र पश्चिम फर्किएका राजनैतीक दलहरुको विचमा ढिलै भएपनि मिलेमतो र सहकार्य हुन गयो र उक्त ऐतिहाँसिक सम्झौताले नपाललाई धर्मनिरपेक्ष मुलुक हुदै गणतन्त्र सम्म ल्याई पुर्याउदा हामी नेपालीका मनमा लागेका गहिरो घाउहरुमा खाटो बस्दै आसाका त्यान्द्राहरु पुनर्जीवित नभएका होइनन तर आज फेरी शोसित पिडित नेपाली जनता र राष्ट्रको उत्थानको निम्ति एउटै ठाउँमा आइपुगेका राजनितीक नेताहरुको दलगत र व्यक्तिगत चरम स्वार्थले ति खाटो बस्न लागेको घाउ बल्झाएको मात्र होइन अनगिन्ति प्रश्नहरुपनि साथैमा ल्याएको छ

सहिदहरु भन्दै छन् हाम्रो प्राण लिनेलाई पुरस्कृत गर्दै हाम्रो रगतमा किन होली खेल्दै छौं ? अनिकालले मर्न लागेकाहरु झुपडीबाट सोध्दै छन् पाँचतारे होटेल र रिसोर्टहरुमा के को मिटिंग गर्दैछौं ? बाँच्ने आसमा अस्पतालको बेडमा छटपटाएकाहरु भन्दै छन् हामी प्राणको भिक मागी रहेकामाथि पनि किन राजनीति गर्दैछौं रु एक छाक पेट भर्न रातैदिन पसिना बगाउनेहरु र हत्या, लुट, आतंक, बलात्कार, चोरी डकैती र अपहरणका पिडितहरु सोध्दैछन् -कालावजारी, घुसखोरी, ज्यानमारा, चोर लुटेरा र अपहरणकारीलाई आफ्नो स्वार्थमा सँधै काखी च्यापेर कस्तो न्याय प्रणालीको स्थापना गर्दैछौं ? सुकुम्बासीहरु सोध्दैछन् हामीले वास माग्दा गोली ठोक्न आउछौं तर हुनेखाने र नातागोतालाई सुकुम्बासी भनी किन जग्गा बाड्दैछौं ? कलिला वालवालिकाहरु भन्दैछन् हामीले लेखपढ सकेपछि काम गर्न जानु पर्ने चाँही कुन मुलुक हो ? आपसी सद्भाव र मेलमिलाप चाहनेहरु सोध्दैछन् संघियता र जातिय अग्राधिकारको नाममा समाजमा किन डढेलो सल्काउदैछौं ? सहिद परिवार र द्वन्दपीडितहरु सोध्दैछन् खोइ त कहिले ओभाउछन् हाम्रा आँखाहरु ???

हली र भरियाहरु भन्दैछन कस्तो अविवेकी हुँदो रैछ पजेरो प्राडो र हेलिकोप्टरको सवार अनि घुम्ने कुर्सीको मजा । दुख र विरहमा विदेशमा पाखुरा बजार्दै मातृभूमी नेपालमा रेमिटेन्स पठाएर देश बचाउने पौरखीहरु भन्दैछन् थुक्क ! किन कहिल्यै मति सुधार्दैनौ नेता हो ? नेपालका शुभ-चिन्तक मित्र रास्ट्रहरु भन्दैछन् बिरोधको नाममा सधैँ नेपालवन्द र तोडफोड मात्र गरेर कस्तो बुद्धि, विवेक र बहादुरीले तिमीहरुको नयाँ नेपाल बनाउदैछौं ? संघीय लोकतान्त्रिक नयाँ संविधान र शान्तिको बाटो कुरेर बसेका सबै नपाली भन्दैछन् हामीलाई अरु केही नभएपनि ढुक्कसंग साग सिस्नु खाएर बाँच्न देउ-बाँच्न देउ ।

2 comments to सुन्दैनौं थाहा छ, तर पनि

  • rabin manandhar

    I liked it सहिदहरु भन्दै छन् हाम्रो प्राण लिनेलाई पुरस्कृत गर्दै हाम्रो रगतमा किन होली खेल्दै छौं ? अनिकालले मर्न लागेकाहरु झुपडीबाट सोध्दै छन् पाँचतारे होटेल र रिसोर्टहरुमा के को मिटिंग गर्दैछौं ? बाँच्ने आसमा अस्पतालको बेडमा छटपटाएकाहरु भन्दै छन् हामी प्राणको भिक मागी रहेकामाथि पनि किन राजनीति गर्दैछौं रु एक छाक पेट भर्न रातैदिन पसिना बगाउनेहरु र हत्या, लुट, आतंक, बलात्कार, चोरी डकैती र अपहरणका पिडितहरु सोध्दैछन् -कालावजारी, घुसखोरी, ज्यानमारा, चोर लुटेरा र अपहरणकारीलाई आफ्नो स्वार्थमा सँधै काखी च्यापेर कस्तो न्याय प्रणालीको स्थापना गर्दैछौं ? सुकुम्बासीहरु सोध्दैछन् हामीले वास माग्दा गोली ठोक्न आउछौं तर हुनेखाने र नातागोतालाई सुकुम्बासी भनी किन जग्गा बाड्दैछौं ? कलिला वालवालिकाहरु भन्दैछन् हामीले लेखपढ सकेपछि काम गर्न जानु पर्ने चाँही कुन मुलुक हो ? आपसी सद्भाव र मेलमिलाप चाहनेहरु सोध्दैछन् संघियता र जातिय अग्राधिकारको नाममा समाजमा किन डढेलो सल्काउदैछौं ? सहिद परिवार र द्वन्दपीडितहरु सोध्दैछन् खोइ त कहिले ओभाउछन् हाम्रा आँखाहरु ???

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • yo ho naya nepal ko naya chala !!!! Garib ko gharma chulyo nabalda ,, garib le ausadi upachar napauda ,, garib le ramro ra ucha siksha napauda ,, garib le aafno ship ra yogyata kadar ko mahasus garna napauda ,, yasta kura ta kati kati ????? Kura garera sadya nai chhaina !!!! Hamra desh ka neta haru aafnai aamalai balatkar garna pachhi pareka chhainan ,, ani aru kura k garnu ???? Pajero ,,, helikoptor ,, plain ,,, hgantako 2 lakh bhanda badi desh ko dhukuti kharchha garera parti ko kaam ma jana sakne !! Tara garib jantako lagi 2 rs ko sahayog garna nasakne ,, neta ra sarkar dubai lai, thu: thu: thu: …………….. Sabaiko jaya hosh !!!!

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

8 Users Online