Posted By -पानीफोटो- on Saturday May 11, 2013 - जगदीश घिमिरे-
दुईतिर हजारौं लाखौं बर्षदेखि उभिइरहेका नरमाइला नाङ्गा डाँडाहरु । उत्तरपट्टिडाँडाको कातकतै बगिरहेको तामाकोशी, जसको अस्तित्व अलि तल्तिर सूनकोशीमा सेलाउँछ । यो मन्थली घाट हो ।
एक जुवा दिन बाँकी छ । पारी जानेलाई कोशी तर्न हतार, वारी आउनेलाई त्यस्तै । मुर्कुट्टाजस्तै बगरको ढूंगामा मान्छे टक्र्याक टुक्रुक्क बसेका छन् । उराठलाग्दो साँझ । मन नलागी–नलागी छरिएको मन बटुलेर धुवाँसँग उडाएकोले होला सगरैभरि तुँवालो लागेको छ ।
घटवारेहरु बाहान पुर्याउन चाहन्छन् । यताबाट जाने मान्छे त पुगे, आउनेहरुको प्रतीक्षा छ । Continue reading >> ब्यूटिफूल
Posted By -paniphoto- on Saturday May 11, 2013 -मुन पौडेल-
महात्मा गान्धीले पनि भनी सकेछन् भोको पेटले राम भन्दैन, रोटी रोटी भन्छ । त्यसैले सुखी रहन वा हुन सबभन्दा पहिले मानिसले आफूसँग भएको भुँडीरूपी थैलोलाई नभरी हुँदैन । यो पहिलो शर्त हो तर भुँडी भर्नको लागि जे भए पनि हुन्छ, एक माना च्युरा भए पनि पुग्छ, एक थाल ढिंडो भए पनि पुग्छ, इटालियन पिजा भए पनि पुग्छ र एक कचौरा ममको डल्ला भए पनि पुग्छ । अर्थात् भुँडीलाई सुखी राख्न भुँडीमा जे ठुसे पनि हुन्छ तर यतिले मात्र सुखी होइँदैन । सुखी हुन शान्ति चाहिन्छ र शान्ति भन्ने चीज परेवासँग हुँदैन । तपाईंको घर झुपडी होस् वा महल पाटी होस् वा सत्तल, शान्ति नभई घर घर हुँदैन र तपाईं आरामले बस्न सक्नुहुन्न । घरको शान्ति, तपाईंको शान्ति र घरछिमेकसमेतको शान्तिको स्रोत एउटै व्यक्ति हुन्छ र त्यो तपाईं होइन । शक्तिको स्रोत, शान्तिको स्रोत र क्रान्तिसमेतको स्रोत तपाईंकी एक मात्र दुलही, प्राण-पियारी र श्रीमती मात्र हुने भएकी हुनाले तिनलाई रिझाएर फकाएर, सुम्सुम्याएर राख्न सक्नु भो भने मात्र तपाईं सुखी हुन सक्नु हुन्छ तर सबैलाई थाहा छ, तपाईंलाई पनि थाहा छ र संसारैलाई थाहा छ कि श्रीमती भन्ने प्राणी त्यो चीज होइन जसलाई सहजै आफ्नो आकारमा राख्न सकियोस् । अर्थात् श्रीमतीलाई फुल्याएर फकाएर राख्नु भनेको कुकुरको पुच्छरलाई ढुङ्ग्रोमा हालेर सोझो पार्ने प्रयास गर्नुसरह नै हो । जुन असम्भव छ ।
Continue reading >> सुखी जीवनका उपाय
Posted By -दिपध्वनी- on Thursday May 09, 2013 पठाएको दाल चामल, नुन भुल्दिन आमा !!
पढाउन बेचेका ती, सुन भुल्दिन आमा !!
 आज साँच्चै खुब याद आइरहेछ तपाईको ! आज आमाको मुख हेर्ने दिन वा मातातिर्थ औँसी आफ्नी आमालाई सम्झने, विशेष सेवा गर्ने र खुसी बनाउँने दिन । तपाई कहाँ हुनुहुन्छ ? आमा नजिकै हुनुहुन्छ भने त आमाको मुख पनि हेरिसक्नु भयो होला । टाढा हुनेले फोन गर्नु भयो कि भएन ? बर्षदिनभरि नै सेवा गर्नु पर्ने भए पनि आजको दिनको सेवा आमाहरुका लागि पनि विशेष हुन्छ ।
बिहान अबेर उठेपछि हतार हतार ममीलाई फोन गरियो । ‘किन ढिलो फोन गरेको बिहानदेखि नै मोबाइल बोकेको बोक्यै छु । बल्ल सम्झिस् तैले चै !’ टाढा भएका सन्तानप्रति आमाहरुको माया झन् बढ्छ, आज फेरि अनुभव गरियो । टाढा भएपछि गफैले त हो सेवा गर्ने, आज पनि त्यस्तै गरियो । फेरि सोध्दै छु तपाईले के गर्नु भो ? कर्णदासको यो गित हेर्दै सकेसम्म आफ्नी आमालाई समय दिनुस् है । Continue reading >> आमा ! सञ्चै हुनुहुन्छ ?
Posted By -दिपध्वनी- on Monday May 06, 2013 -अर्पण खरेल, झापा-
भारतका लोकप्रिय नेता जवाहरलाल नेहरुलाई एक सज्जनले आक्रोशित शैलीमा सोधे, तिम्रो लोकतन्त्रले के दियो ? उत्तरमा उनले भनेका थिए, एउटा देशको शीर्ष नेतालाई यसरी प्रश्न गर्ने अधिकार तपाईलाई कसले दियो ? त्यस घटनाको स्मरण गर्दा देशमा लोकतन्त्रको आभास हुन सकेन भनेर हामीले मुर्मुरिनु व्यर्थ छ । धर्म निरपेक्ष भएपनि अधिकांश जनता हिन्दु रहेको यस देशमा गीताको सही अनुसरण गरिरहेका देशका अगुवालाई आचारहिन, कर्तव्यविमुख भन्दै गाली गर्न हामी अभ्यस्त भइसक्यौं । यसै ग्रन्थलाई एकपल्ट पल्टाएर नियालने हो भने खोट हामी जनतामा पनि देखिन्छ । यसमा बुझिने सरल भाषामा लेखिएको छ, कर्म गर, फलको आशा नगर । अर्थात्, मतदान तिम्रो कर्म हो, मत दिएर आफ्नो कर्म पूरा गर तर किन फलरुपी विकास निर्माणको कामको आशा गर्छौ ? नगर । यसलाई खर्लप्पै निलेका पण्डित पुरोहित त मौका मिल्ने साथ नेताहरुलाई गाली गर्छन् । सामान्य मानिसले त्यस्तो मर्म कसरी बुझ्ने ? Continue reading >> छन् त, लोकतन्त्र र विकासका नमुना
Posted By -paniphoto- on Saturday May 04, 2013 -ऋषिराम भुसाल-
सधैँ देखिरहँदा ढुङ्गा माटाको पनि माया लाग्छ भन्ने सुनेको अनुजले यो विषय आज आफ्नै लागि लागू भएको महसूस गर्दैछ। कार्यालय जाँदा सडक छेउमा कार्यालयको गाडी कुर्नको लागि ऊ कार्यालय समयको दश मिनेट पहिले नै आईसकेको हुन्न्यो। थरि थरिका मान्छेहरु हिँडथे त्यो बाटोमा। दैनिकी जस्तो हिडने मान्छेहरु पनि थिए त्यहाँ।उसको जानपहिचानका मान्छेहरु ऊ कार्यालय जाने समयमा त्यति नभए पनि दैनिकी हिँडने मान्छेहरु उसको यादमा थिए।तीमध्ये एक युबती सधैँ त्यहि बाटोमा उसकै छेउबाट हिँड्थिन्।करिबकरिब नेपाली पेशाकमा हिँड्ने हुँदा उनलाई पूरा ख्याल भयो ती युवतीका बारेमा। अनुज आईपुग्ने समयमा उनको पनि आउने समय हुन्थ्यो।टुप्लुक्क आइपुग्थिन उनी पनि त्यहाँ।उनी को हुन के गर्थिन, अनुज पूरा अनभिज्ञ थिए। अनुजलाई मनमा कौतुहलता छाएको थियो ती सुकुमारीको बारेमा जान्नको लागि।उनको बिषयमा बुझन आतुर भएको थियो अनुज। शायद उनको पनि अफिस भएर होला सधैँ त्यहि समयमा हिँड्थिन्।कतै प्राईभेट अफिसतिर हो की किनकी उनको पोशाक सरकारी जस्तो थिएन। नेपाली ढाकाको चोली र प्रायः राता लुगा लगाएर हिडने ती युबती देख्दा त अचम्म राम्री थिईन् नै।
Continue reading >> अतृप्त प्यास – कथा
Posted By -paniphoto- on Saturday May 04, 2013 -बासु श्रेष्ठ-
कसैलाई केहि गर्न मन लागेन भने ह्या झ्याउ लाग्दो भनेर त्यस कामलाई पन्छाउने बानी मानिसहरुमा बढेको मैले अनुभव गर्न थालेको छुँ । हिजैकोमात्र कुरा हो मेरी श्रीमती टिभि हेरिरहेकि थिईन् । अचानक ह्या झ्याउ लाग्दो भनेर टिभि बन्द गरिन् र एकातिर लागिन् । म मनमनै गुन्न थालेँ यदि टिभि हेर्न या कुनै यस्तै केहि पनि गर्न झर्काे मान्ने हो भने त जे गर्नपनि र जेमा पनि झ्याउ हुने रहेछ ।
Continue reading >> झ्याउ – हास्यव्यंग्य
Posted By -पानीफोटो- on Friday May 03, 2013 -हरिहर शर्मा- ‘बाहिरी सुन्दरता पनि के सुन्दरता, भित्री सुन्दरता पो सुन्दरता’, यसप्रकार जतिसुकै आदर्श छाँटेपनि बाहिरी सुन्दरतामा जो कोही मोहित हुने गर्छ । भित्री मन बुझ्ने काम दोस्रो प्राथमिकतामा पर्छ । यो बाध्यता पनि हो । किनकि भित्री मन बुझ्नु बाहिरी सुन्दरता हेर्नुजति सहज र सुलभ छैन । नजरमा आउने हरेकको क्षणभरमै आन्तरिक मोहक जाँच्ने काम गर्न गाह्रो छ । त्यसैले होला, आँखाले जे देख्यो बाहिरी पुष्टता, मनले त्यसै अनुसार परीक्षण गर्छ र दोस्रो पक्षमा आकर्षणको न्यूनतम खुराक विद्यमान रहे नरहेको मूल्याङ्कन गर्छ ।
सुन्दरताप्रतिको यस्तै मानवीय सोचाइ बुझेर होला, आफूलाई सजाएर राख्न कसैले कुनै कसर बाँकी राख्दैनन् । यस्तो बुझाइ जन्मिएपछि बच्चाले सास फेर्न जानेजत्तिकै स्वचालित छ । यो कुरा वेग्लै हो, सजिने होडमा कहिले कोही अगाडि रहन्छन् भने कहिले कोही पछाडि । यो एउटा पाटो भयो भने अर्कोतिर, सुन्दरता दृष्टिकोणमा निर्भर रहने सापेक्ष विषय हो । एकले गरेको लचकताको विश्लेषण अर्काका लागि अरुचिकर भद्दा बयान हुनसक्छ । कोही त्यही एउटैमा समाहित हुन चाहलान्, जहाँ बाँकी कसैको ध्यानसम्म गएको हुँदैन । Continue reading >> सुन्दरताको पोष्टमार्टम
Posted By -पानीफोटो- on Thursday May 02, 2013 -नरेन्द्र सुवेदी- लज शब्दलाई थोरैमात्र परिभाषित गर्दा, पैसा तिरी बस्न र खान पाउँने ठाउँ भन्ने बुझिन्छ । मैले सम्बोधन गरेको हनुमान ढोका लज भने अलि फरक छ । मेरो बुझाईको लज र यो हनुमान ढोका लज बीचमा कुनै पनि तालमेल छैन, सिवाय खान र बस्न पाउँनु । यो लज काठमाण्डौ बसन्तपुरको कालभैरवको अग्लो मूर्तिको ठिक पश्चिमपट्टी छ । कहिलेकाँही बाटो पर्दा एक पटक आफ्नो नजर यसतर्फ पनि लगाई दिनु होला ।
पुरानो राणाकालिन सेतो रंगको घरलाई हनुमान लज बनाइएको छ । लज धनीमानीको झै देखिन्छ । ढोकामा चौकिदारहरु प्रशस्त छन् । अर्थात यो हनुमानढोका प्रहरी कार्यालय हो । Continue reading >> हनुमानढोका लज – कँही छ यस्तो सुबिधा !
Posted By -paniphoto- on Tuesday April 30, 2013 स्वतन्त्र न्यायपालिका ठुलो कि ?
स्वतन्त्र पत्रकारिता ?
मलाई भ्रम भो मालिक
यसो शिर उठाएर हेर्छु
न्यायको हतौडा लिएर बसेका एक स्वतन्त्र देख्छु
यसो नजर घुमाउछु
टिशर्ट लाएर उभिएका अर्का स्वतन्त्र देख्छु
स्वतन्त्र र स्वतन्त्रको घच्चाघच्चीमा
मलाई भ्रम भो मालिक
स्वतन्त्र न्यायपालिका ठुलो कि ?
स्वतन्त्र पत्रकारिता ?
Continue reading >> मलाई भ्रम भो मालिक
Posted By -paniphoto- on Saturday April 27, 2013 -अञ्जान क्षितिज-
“आजकल स्वामीजीलाई सञ्चो छैन । मीठो मसिनो खानु हुँदैन । धेरै बेर बोल्नु पनि हुँदैन । यति सम्म की स्वामीजी स्नान गर्न पनि सक्नु हुन्न, हिड्डुल गर्न त परै जाओस आजकल त खाटमा बस्न पनि सक्नु हुन्न ।” सेविकाले कुटुम्वहरुलाई बताई । कुटुम्वहरु एकोहोरो पाराले टोहोलाई रहेका थिए ।
स्वामीजी, श्री पे्रमप्रणयचार्य ज्यू,प्रख्यात पंडित,लोकाचारमा बढी विश्वास गर्ने स्वामी श्री वैष्णवका अनुयायी आज अस्वस्थ्थ हुनुहुन्छ । चारजना छोरीका बाबु र एक पत्नीका धनी प्रेमप्रणयचार्य ज्यु एक प्रख्यात पुराण वाचक हुन । यति खेर उवा अस्वस्थ हुनुहुन्छ, पुराण वाचन गर्न सक्नु हुन्न, यजमानहरु चिन्तित छन ।
सेविका, बूढी कुमारी कन्या, राम्रो अनुहार नपरेकी, काली, असौदिली, बाबु आमाले उमेरमा नै केटो खोजेर घरजम बसाईदिन खोजेका थिए तर जति केटाहरु हेर्न आए पनि सेविकाले मन पराईन । यतिसम्म की नाम चलेका पंडित र ज्योतिसीका कुमार केटाहरु उसलाई मन परेन । बाबु आमा पनि विते तर अविवाहित चेली बुढी भै सके पछि दाजुभाईहरुले हेर्न छोडेपछि सेविका श्री पे्रमप्रणयचार्य ज्यू की चेली बनेकी हो अर्थात सेविका पनि श्री वैष्णव कै अनुयायी हो । आचरणमा बढी ध्यान दिन्छे सेविका किनकी “स्वामीजीलाई आचार भंग गरेको मन पर्दैन । यो त धर्म विपरीत हो, धर्म त्याग्नु त महा पाप हो ।”
Continue reading >> सेविका – कथा
|
|
|