|
|
Posted By -दिपध्वनी- on Saturday May 19, 2012
- डा. खगेन्द्रप्रसाद लुइटेल-
यसपाली म राजीखुसी मन्त्री नहुने टुङ्गोमा पुगें । यस्तो कमाउदार पोथी छोड्ने कुरो सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । आश्चर्य नमान्नुस् कुरा साँचो हो । मेरो जन्मकुण्डलीबारे अलिकति थाहा पाए’सि मेरा कुरामा तपाईंलाई पूरै विश्वास लाग्नेछ । म राणाकालको जमदार, अलिपछिको हल्दार । सात सालमा प्रजातन्त्र ल्याउन सक्रिय सेनानी । पन्ध्र सालमा चुनाव लडेको नेता । सत्र सालमा वक्तव्य दिई दीपावलीसमेत गरेको र समयको मागअनुसार जनताको सेवा गर्न त्यतै लागेको राष्ट्रसेवक । गाउँ फर्कका बेला व्यापक सामाजिक सेवा गरी सात पुस्ता तार्न पुग्ने कुम्ल्याएर सहर पसेको समाजसेवी । चुनावी नाटक मञ्चन गर्न बीचबीचमा सरकारी टिकटमा यताउति उडेको अभिनेता । अलिपछि त्यो पनि छोडेर प्रतिनिधि पठाई बुथ ढड्याकढुडुक पारी चुनाव जितेर पटकपटक मन्त्री भएको मान्छे !
खास कुरो के भने आफु परियो जन्मजातै मन्त्री हुने वर्गको मान्छे ! सरकारी जागिर खानेतिर कहिल्यै सोचिएन । सोच्नु पनि कसरी ? पढ्ने बेला गाउँघरका कुखुरा उडाउँदै ठिक्क भइहाल्यो । हामी कहाँ शैक्षिक योग्यता केही नचाहिने अनि परीक्षा अन्तर्वार्तासमेत केही नदिई सोझै बन्न पाइने, कहिलेकाही निवेदन हाल्न परे पनि विना परीक्षा तोकआदेशमै चल्ने एउटै मात्र पद, मन्त्री नै भएकाले मजस्ताले मन्त्री नभए के हुने त ? मन्त्री हुनलाई चाहिने खाटी योग्यता प्रभु रिझाउनु र विरोधी भिजाउनु मात्रै हो । त्यस कलामा मलाई उछिन्ने अहिलेसम्म कोही जन्मेकै छैन । मन्त्र विद्यामा मजस्तो चुपिचन्डाल कलाकारलाई मन्त्री हुन जुनसुकै पार्टी र व्यवस्था आए’नि फरक पर्दैन । इधरउधर गर्र्यो मन्त्री पक्का… !
Continue reading >> यसपाली म मन्त्री नहुने भएँ ! – व्यङ्ग्य
Posted By -दिपध्वनी- on Saturday May 19, 2012 भन्नेहरु कतिले गजललाई नेपाली साहित्यको बिधा नै होइन पनि भनेका छन् । अनि कतिपय नवगजलकारहरुले गजललाई फजल बनाए भन्ने आरोप पनि लगाउँछन् । तर हामी मान्दैनौं । हाम्रो विश्वास हो कि गजल नेपाली साहित्यको एउटा सुन्दर बिधा हो, नवगजलकारहरुको मनको भावना बहदा नै गजल अहिले यहाँसम्म आइपुगेको छ । र, यसले अझै उचाइ छुनु छ ।
तपाईहरुबाट पानीफोटोमा साप्ताहिक साहित्यका लागि भन्दै धेरै गजलहरु प्राप्त भएका छन् । यसैले तपाईहरुको रुची र अनुरोध अनुसार साप्ताहिक रुपमा गजलको नयाँ स्तम्भ नै सुरु गरिएको छ । यो यस स्तम्भको पहिलो अंक हो । यो स्तम्भमा तपाईबाट प्राप्त गजलहरु नै प्रकाशित गरिनेछ । कृपया आगामी स्तम्भका लागि आफ्ना गजलहरु paniphoto@gmail.com मा पठाउँनुहोला । यही स्तम्भका लागि भने तपाईले आफ्ना गजलहरु तल कमेन्टमा पोस्ट गरेपनि हुन्छ । कृपया गजल पठाउँदा अरुको गजललाई आफ्नो भनेर नपठाउँनुहोला । अरुको गजल भए गजलकारको नाम र स्रोत खुलाएर मात्र पठाउँनुहोला । यस अंकका गजलहरु पढ्न भित्र आउँनुहोस्
Continue reading >> गजलहरु – १
Posted By -दिपध्वनी- on Friday May 18, 2012 बैशाख २१ मा दलहरुबीच भएको सहमति अनुसार प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा जेठ ३ गते एमाले सहितको सहमतिको सरकार गठन भयो । यद्यपी दलहरुबीच सहमति नहुँदा मन्त्रालय बाँडफाँड भने रोकिएको थियो । आज दलहरु मन्त्रालयबीच सहमति भएअनुसार मन्त्रालय बाडफाँड यसरी भएको छ । तर अझै पनि उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र अन्य दुई मन्त्री अनिल झा र परशुराम खापुङलाई भने कुनै जिम्मेवारी दिइएको छैन ।
Continue reading >> मन्त्रालय बाँडफाँड यसरी भयो
Posted By -दिपध्वनी- on Friday May 18, 2012
बेकारमा भित्तो फोहोर गरेर ! आज पनि देशभरका विभिन्न स्थानमा गरि कम्तिमा पाँचवटा समूहको बन्द छ । एउटा मधेसको संगठनले भारतसँग सिमाना जोडिएका तराईका जिल्ला बन्द गराएको छ । त्यस्तै थारुहटको बर्दिया लगायत बन्द पनि छ । मधेसी जनअधिकार फोरम नेपालले बाँके बन्द गराएको छ । यतिले मात्र नपुगेर सरकारमै रहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक लगायतको समूहले पनि तराई बन्दको घोषणा गरेको रहेछ । त्यस्तै संविधानमा धर्म सापेक्ष राष्ट्र घोषणा हुनु पर्ने भन्दै राप्रपा नेपालले पनि नेपाल बन्दको घोषणा गरेको थियो, जुन आज नमज्जाले असफल भएको छ । बन्दबाट वाक्क भएका काठमाण्डौका जनताले भने आजको बन्द असफल गराएका छन् । अन्य स्थानका बन्दहरु असफल रहुन् । र, सबैले शिक्षा लिउन्, जुसुकै फासफुसेले बन्द भन्दैमा बन्द हुदैन है भनेर । Continue reading >> राप्रपा नेपालको बन्द असफल, सबैको यस्तै होस्
Posted By -दिपध्वनी- on Thursday May 17, 2012 क्षत्री, ब्राम्हण सहित ११ जातीय संगठनको संयुक्त संघर्ष समिति र सरकारबीच आज भएको वार्ता सफल भयो । जसले उनीहरुले घोषणा गरेको अनिश्चितकालिन आमहड्ताल फिर्ता मात्र भएन, नेपाल आदिवासी नै आदिवासीको मुलुक पनि हुने बनायो । सरकारसँग भएको सहमतिको दोस्रो बुँदामा लेखिए बमोजिम हुने भयो भने नेपालमा कुनै पनि जातजाती गैरआदिवासी नरहने देखिएको छ । अहिलेसम्म आदिवासी जनजातीको सूचिमा अन्यमा पर्दै गरेका क्षत्री, ब्राम्हण, दलित लगायतका सबै आदिवासीमा नै सूचिकृत हुने भएका छन् । Continue reading >> आदिवासीको मुलुक नेपाल, सबै जातजाती आदिवासी
Posted By -दिपध्वनी- on Thursday May 17, 2012
पत्रकार नक्कली कि सक्कली भन्दै परिचयपत्र जाँच गर्दै बन्दकर्ता हिजो गौशालामा दश/बार्र्हजनाको हुल निस्किएछ, पुत्ला बोकेर । सडकमा जलाउँनै लाग्दा पुलिसले लाठी ठोकेछ । ठ्याक्कै म गौशाला पुग्दा भागाभाग चल्दै थियो । म पुग्दा केही पुलिस र असरल्ल छोडिएको पुत्ला सडकमै थिए । आज बन्द भयो । बन्द नै भएपनि कामलाई के ले रोक्ने, गौशालाबाट बाइक चलाउँदै कोटेश्वरको बालकुमारी पुलसम्म पुगियो र भन्न सकिन्छ, बन्दको अवज्ञा गरियो । अवज्ञा गर्दै बालकुमारीसम्म पुग्दाका पनि आफ्नै अनुभव छन् । यो ब्लगमा हिजोको पुत्लादहन र आजको बन्दमा जे देखेँ त्यही लेख्दैछु । तपाईका अनुभव पनि भित्र कमेन्टमा लेख्न अनुरोध गर्दैछु । भित्र आउँनुस् Continue reading >> ‘धनजन जे होस् तर पुत्ला जल्नुहुन्न है’
Posted By -दिपध्वनी- on Wednesday May 16, 2012 बल्लतल्ल राज्य पुनर्संरचना, शासकिय स्वरुप लगायतका मुद्दाहरुमा दलहरुबीच सहमति कायम भएको छ । तर कायम भएको सहमतिले पनि सबैको इच्छा र मागहरु सम्बोधन भएको छैन । र, खुल्लामनले भन्ने हो भने हुन सक्दैन पनि थियो । होस् पनि कसरी, एउटै क्षेत्रलाई कसैले अखण्ड पार्नेमा आन्दोलन गर्दैछ, कसैले एउटा जात विशेषको नाममा हुनु पर्छ भनेर बन्द गर्दैछ, अर्को समूह त्यहीबेला गैरजातीय नामाकरण हुनु पर्छ भनेर आगो दन्काउँछ । एउटै क्षेत्र हाम्रो प्रदेशमा हुनुपर्छ भनेर तानातान पनि उत्तिकै छ । यस्तोमा कुनै एक समूह विशेषको मागमात्र सम्बोधन हुनै सक्दैन । स्थिती झन् भयावह बन्छ । दलहरुले प्रदेशको नामाकंन र सिमाकंन पछि गर्ने भनेर थाती राखेर भने चलाखी गरेकै हुन् ।
तर पनि समस्या सकिएको छैन । समस्याहरु सतहमा केहि मत्थर भए झै भने देखिएका छन् । खास गरि जातीय राज्य माग्नेहरुलाई नैतिक अफ्ठ्यारो परेको छ । संविधानसभा मार्फत नामाकरण नहुने भएपछि पनि फेरि त्यही जातीय नामाकरण गर् भन्दै उफ्रिनु त अराजक हुनु भन्दा अरु केही हैन । तर समस्या यतिमात्रै हैन, हरेक कुरामा खुट्टा हाल्ने प्रवृतिले नयाँ नयाँ समस्याहरु उत्पन्न भने हुन्छ नै । यस्तै एउटा लफडा उत्पन्न भएको देख्दैछु म, तपाईलाई कस्तो लाग्दैछ । फेसबुक र ट्विटरमार्फत समूह बनाउँन प्रयासरत छन् यस्ता समूहहरु ।
Continue reading >> लफडा गर्नेहरु भिड बटुल्दै छन्, प्रयोग नहुनुस् !
Posted By -paniphoto- on Wednesday May 16, 2012
नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाउँदै प्रम (फोटो सौजन्य: प्रम कार्यालय) संविधानसभाको चुनावपछि बाबुराम भट्टराई नेतृत्वको सरकार बाहेक अन्य तीनवटा सरकार बने । हरेक सरकार प्रमुखले सरकार बनेदेखि ढल्ने दिन बिहानसम्म पनि आफ्नै सरकार सहमतिको सरकार बन्छ भन्न चै छोडेका थिएनन् । दुर्भाग्य, सहमतिको सरकारको प्रमुख बन्ने सबैको सपना, सपनामै सिमित बन्यो । तर सँधै प्रथम हुने छवि बनाएका बाबुराम भट्टराईको सरकार भने अन्तत: सहमतिको सरकार बनेको छ । र, सहमतिको सरकार बनाउँने कुरामा पनि भट्टराई बोर्ड फर्स्ट नै भए । आज संविधानसभाको तेस्रो ठुलो दल एमालेसहित केहि साना दलहरु सरकारमा सामेल भएपछि भट्टराईको सरकार सहमतिको सरकार बनेको छ । अब कुन कुन दल छन् त सरकारमा ? Continue reading >> अन्तत: सहमतिको सरकार गठन भएरै छाड्यो !
Posted By -paniphoto- on Tuesday May 15, 2012
आज नेपालमा ११ वटा प्रदेशहरु तोकिनेछ भनेर सहमति भएको छ । ठ्याक्कै नभएपनि लगभग कुन-कुन जिल्ला एउटा प्रदेशमा पर्दारहेछन्, हेरौं न त ! Continue reading >> कुन-कुन जिल्लाको एउटा प्रदेश !
Posted By -paniphoto- on Tuesday May 15, 2012 नजिक रहेको भनिदै आएपनि दलहरु कहिलै मुख्य विवादित बिषयमा सहमतिमा पुगेनन् । तर अन्तत: दलहरुको आज बसेको बैठकले विवादित सबै बुँदाहरुमा सहमति जुटाएको छ । योसँगै राज्य पुनर्संरचना, शासकीय स्वरुप लगायतका विवादित बिषयमा दलहरु सहमतिमा पुगेका हुन् । सहमति अनुसार प्रदेशहरु ११ वटा हुनेछन् । तर प्रदेशको नाम राख्ने र सिमा तोक्ने काम भने पछि हुनेछ । प्रदेशको नाम त्यहीको निर्वाचित संसद चुन्नेछ भने सिमा छुट्याउँने काम भने आयोग मार्फत गरिनेछ ।
त्यस्तै दलबीच भएको सहमतिअनुसार सङ्घीय व्यवस्थापिका ३ सय ७१ सदस्यीय हुनेछ । जसमा १ सय ७१ जना जनताको प्रत्यक्ष मतबाट चुनिनेछन् । र बाँकी १ सय ४० जना समानुपातिकबाट आउँनेछन् । माथिल्लो सदन ६० सदस्यीय हुनेछ । आज भएको सहमतिबारे प्रचण्डको ब्रिफिङ भिडियोमा हेर्न भित्र आउँनुहोस्
Continue reading >> सहमति भो ! सहमति भो !! सहमति भो !!!
|
|